म पेसाले चिकित्सक हो २०७७ साल श्रावण २५,२६ गते बुटबलको एक अस्पतालमा एकजना बिमारी हेरेको थिए । उनको पिसीआर पोजेटिभ भन्ने थाहा पाएपछि ३० गते आफ्नो पिसीआर गराए र ३२ गते पोजेटिभ आयो भन्ने लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा राजेन्द्र खनालवाट फोन खबर आयो।
हुनत आफुलाइ २६ गते देखि self isolation बसेको थिए।मलाई टण्सिल बढेको ,घाँटी सुख्खा भएको र निल्दा घाटि दुख्नु सुरुभयो। सिटामोल को असर छँदासम्म दुखाइ र ज्वरो कम पछि पुन ज्वरो आउने क्रम जारी रह्यो ।अब ज्वरो १०० देखी १०१ को बिचमा नाडी १२०र ,भाद्र ३ गते तापक्रम १०१ ,खानामा अरुची ,र घाँटी खसखस खोकी सुरु भयो,पखाला कडा लाग्यो खाएको औषधी गोली जस्ताको तस्तै पखाला बाट गयो ।
सायद amoxycilline को ईफेक्ट थियो कि, भाद्र ४ गते allergy सुरुभयो, र भाद्र ५ गते ज्वरो १०२ ,अक्सिजन सेचुरेसन ९४ देखी ९८ ,पल्स ११०र मि, र चिकित्सक को सल्लाह बमोजिम x- ray chest गर्ने भनेको मेसिन बिग्रिएको ,त्यसैले अतctct- chest गर्ने कुरा भयो र त्यो गर्दा फोक्सोमा दुबै तिर निमोनिया देखिएकाले जतिसक्दो छिटो काठमाडौ जानेसल्लाह पाए।
कोरोनाको माहामरीको असामान्य अबस्थामा एम्बुलेन्स को खोजीमा संपूर्ण मित्रहरूको पहलमा रात्री १ बजे पाइयो र बुटबलबाट काठमान्डौको यात्रा सुरु भयो हिडदा बाटोमा मुग्लिन नजिकै पहिरोेले जाम बल्ल तल्ल बिहान ११ बजे HAMS अस्पताल पुगियो ।
काठमान्डौको अन्य अस्पतालमा बेड छैन भन्ने जवाफ पाएकोले र त्यहाँका चिकित्सक ले भर्ना गर्ने सल्लाह अनुसार भर्ना भै उपचार सुरु भयो ।अब संपूर्ण खाना,उपचार,अस्पतालमै बाहिरी संसार देखि पुर्ण संबन्ध बिच्छेद भयो ।काठमान्डौमा पहिलो एक्सरे मा दुबै तिर निमोनिया अर्को दिन सामान्य र ८ गते ज्वरो बन्द र खोकी कम,चिकित्सक हरुसंग उपचार बारे जानकारी लिए ।
र ९ गते एक्सरे नर्मल आयो, १० गते पिसीआर निगेटिभ ११ गते निगेटिभ भएको ले डिस्चार्ज भए ।नियमित जाँच्दा सबै सामान्य अब पुर्ण स्वास्थ को अबस्था रहेको छु।यी माथि उल्लेख गरिएका कोरोनाका लक्षण सबैलाई मिल्नपर्छ भन्ने होइन त्यस्तो भएमा पनि नआत्तिनुहोस।मैले आफै भोगेको कुरा अबगत गराउछु हरेक २०देखी २५ मिनेटमा तातोपानी ,दिनमा ३देखी ४ पटक सुप र फल,खाना खान नछाड्ने ,दैनिक योग र सक्दो ब्यायाम गर्ने,राम्रो मात्रै सोच्ने गर्नु पर्दछ।
म सुगर प्रेसर,कोलिष्ट्रोल को औषधी खानेले त सजिलोसँग पराजित गरें सबैले जितिन्छ।यो हाउगुजी बनाउने काम कसैले नगरौं,सतर्कता अपनाउनु ,सामाजिक दुरि बनाउने,मास्कको प्रयोग गर्ने साबुनपानीले राम्रो संग हात धुने गरौं ।बिनाकारण नघुमौं,लगातारको बन्द साध्य होइन जीवन थप कष्टकर नबनाउ अन्तमा उपचारमा संलग्न सबै चिकित्सक स्वास्थ्यकर्मी ,ब्यबस्थापन गर्नुहुने,सबै मेरा ईष्टमित्र स्वास्थ्य लाभको कामना गर्नुहुने संपुर्णमा हार्दिक धन्यवाद ब्यक्त गर्दछु ।
अन्त्यमा हरेक पलपलको ख्याल ,खाना,ओखती सबैकुरा मार्ग निर्देश गर्ने छोरी डा. एलिना,छोरा आशिष र श्रीमती पुतला सबैलाई धन्यवाद । पुर्व मेसु लुम्बिनी प्रादेशिक अस्पताल।
प्रतिकया दिनुहोस्