सामाजिक विकास मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा चौधरी को विदाई

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश सामाजीक बिकास मन्त्रालयबाट सेवा निवृत हुुनु भएका सामाजिक विकास मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा उमाशंकर प्रसाद चौधरी को विदाई गरिएको छ ।

विदाईकार्यक्रममा बोलदै सामाजिक विकास मन्त्री सुदर्शन वराल ले डा चौधरीले मन्त्रालय स्थापनादेखि हाल सम्म कर्तव्यनिष्ट भई गर्नु भएको कार्य अनुकरणीय भएको बताउनुहुदै निवृत जीवन सफल र सुखमय बनोस भनी शुभकामना व्यक्त गरे ।

लुम्विनी प्रदेश सभा सदस्य पुरनमान वज्राचार्य ले स्वास्थ्य सेवामा डा चौधरीले पु¥याएको योगदान प्रसंसनीय भएको वताए । मन्त्रालयका सचिव माहादेव पन्थ, स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोद कुमार गिरी, सामाजिक विकास महाशाखा प्रमुख सारदा वेल्वासे लगायतले मन्तव्य व्यक्त गरे ।

सेवा निवृत हुनु भएका डा.चौधरीले काम गर्ने दौरानमा आफूवाट कसैलाई केही अफ्ट्यारो भए जिम्मेवारी दायित्व पुरा गर्दा भएको हो भनी विर्सिदिन आग्रह गरे । डा चौधरी वि सं २०४० चैत्र १७ गते कविराज पदमा स्थायी नियुक्ती भई विभिन्न पदमा वढुवा हुदै मिति २०७५२/२६ देखि २०७७/०८र०३ गते सम्म मन्त्रालयमा वरिष्ठ स्वास्थ्य प्रशासक पदमा रही सेवा पुराएका थिए ।

सम्बन्धित शिर्षक :