स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशमा क्षयरोग अर्थात टीबीका विरामीहरू पत्ता लगाउनको लागि खकार ढुवानी सेवाको प्रभावकारीता देखिएको छ । प्रदेशका गाउँ गाउँमा रहेका संभावित क्षयरोगका मानिसहरु आफै सहज रूपमा निदान केन्द्र अर्थात प्रयोगशाला सम्म पुग्न सक्ने अवस्था अहिले पनि छैन र सवै स्वास्थ्य संस्थाहरुमा क्षयरोगको गुणस्तर जाँचको सुविधा उपलब्ध छैन । विश्व स्वास्थ्य संगठनका अनुसार उपलब्ध भए सम्म क्षयरोगको संभावित विरामीहरुको जाँच जिन एक्सपर्ट मेसिनमा गर्न सिफारिश गरेको छ जसबाट खकारमा क्याफ्टेरियाको मात्रा तुलनात्मक रुपमा कम भए पनि क्षयरोगको निदान गर्दछ । क्षयरोगको औषधी (Rifampicin ) को पनि प्रतिरोध (Resistant) छ की छैन…
क्षयरोग
क्षयरोग तथ्याङ्क व्यवस्थापनमा मिमको लुम्बिनी ‘ट्रिक’ नेपालभर
स्वास्थ्यसमाचार/रुपन्देही कुनै बेला रुपन्देही सहित प्रदेशमा क्षयरोग(टिबी)का विरामीहरुको अवस्था के छ ? उनीहरुको तथ्याङ्क के हो, भन्ने विषयमा एकिन तथ्यांक थिएन । जसको कारण अन्दाजको भरमा सरकारी तथा गैरसरकारी निकायले काम गर्दै आएका थिए । जव लुम्बिनी प्रदेश सहित कर्णली र सुदुरपश्चिम क्षेत्रमा समेत हेर्ने गरी सेभ द चिल्डेनको तर्फबाट बरिष्ठ कार्यक्रम व्यवस्थापक मिम बहादुर सिंहको आगमन भयो तर उनले प्रदेशका तथ्याङ्क व्यवस्थापनमा नेपालकै नमुना अभ्यासको सुरुवात गरको छन् ।तथ्यांक व्यवस्थापनको लागी डाटा म्यानेजमेन्ट कमिटी गठन गरी उनले सबै पालिकाका सबै निकायमा यसको पहुँच विस्तार गरेका छन् । जसको कारण…
शुद्धाेधनमा क्षयरोग सम्बन्धि कार्यक्रमको समिक्षा तथा गोष्ठी
स्वास्थ्यसमाचार/ रुपन्देहीको शुद्दोधन गाउँपालिकामा क्षयरोग सम्बन्धि कार्यक्रमको स्थानीय तह सगको समिक्षा तथा योजना तर्जुमा गोष्ठी बुधबार एक कार्यक्रमका बीच सम्पन्न भयो। शुद्दोधन गाउँपालिकाको आयोजना तथा लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय र KIDS को सहयोगमा उक्त गोष्ठी सम्पन्न भएको हो। गोष्ठीमा शुद्दोधन गाउँपालिकाको क्षयरोगी विरामीहरुको अवस्था एवं क्षयरोग निवारण सम्बन्धि हालसम्म गरिएको प्रगति विवरणको समिक्षा तथा आगामी दिनमा क्षयरोगीको संख्या घटाउने वारेमा प्रशिक्षण गरिएको थियो । कार्यक्रममा गाउँपालिकाका सम्पूर्ण वडाका स्वास्थ्य शाखा प्रमुखहरु ,जनप्रतिनिधिहरु लगायतको सहभागिता रहेकोे थियो । शुद्दोधन गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पोख्रेलको अध्यक्षतामा सम्पन्न समिक्षा…
स्वास्थ्य र शिक्षा सम्वृद्धि र सम्मुनतिको आधार: नगरप्रमुख पन्थी
स्वास्थ्यसमाचार/नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखा गुल्मीको ११ औं जिल्ला सभा सम्पन्न भएको छ । बुधबार “हो, हामी क्षयरोग अन्त्य गछौं”, भन्ने मूल नाराका साथ ११ औं जिल्ला सभा सदरमुकाम तम्घासमा सम्पन्न भएको हो । नेपाल नेत्र ज्योति संघ जिल्ला आँखा उपचार तथा शल्यक्रिया केन्द्र तम्घासमा आयोजना गरिएको सभामा संस्थाका अध्यक्ष जगन्नाथ गौतमको अध्यक्षता तथा रेसुंगा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । सोही अवसरमा नगरप्रमुख पन्थीले स्वास्थ्य र शिक्षा नै सम्मुनति र समृद्धिको पहिलो आधार भएको बताउनुभएको छ । उहाँले स्वास्थ जस्तो सवेंदनशिल क्षेत्रमा गम्भीर बन्नुपर्ने…
पाल्पामा ३सय २४ क्षयरोगी, ६महिनाको अबधिमा १५ जनाको मृत्यु
स्वास्थ्यसमाचार/ पाल्पामा ३सय २४ जना क्षयरोगी फेला परेका छन। २४ मार्चमा मनाईने बिश्व क्षयरोग दिबस स्वास्थ्य कार्यालय पाल्पाले गरको अन्तरक्रियामा जिल्लामा ३सय२४ जना क्षयरोगी रहेको र आर्थिक बर्षको ६ महिनामा १५ जनाको मृत्यु भएको बताईएको छ। “हो । क्षयरोग अन्त्य गर्छौं ।” भन्ने मूल नाराका साथ आज बिश्व भरि नै बिश्व क्षयरोग दिबस मनाइदै छ । कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समितीका प्रमुख टंकनाथ खनालले क्षयरोगकै कारण अझै पनि रोगीहरुले समस्या भोग्नु परेको बताउनुभयो । उहाँले जनचेतना बृद्धिका लागी सबै नागरिक सम्म रोगको बिषयमा जानकारी, लक्षण तथा निदानका उपायहरु पुर्याउनु…
रुपन्देहीमा क्षयरोगी नखुल्दा उपचारमा समस्या :स्वास्थ्य प्रमुख ढकाल
स्वास्थ्यसमाचार/रुपन्देही जिल्लाका १६ वटा पालिका मध्ये बुटवल उपमहानगरपालिकामा क्षयरोगबाट प्रभावित हरु को संख्या उच्च रहेको पाइएको छ । स्वथ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लामा कुल १ हजार ५९ जना क्षयरोगीहरु रहेकोमा बुटवल उपमहानगर पलिकामा सबैभन्दा बढि २ सय ५४ जना क्षयरोगी भेटिएका हुन । सरकारले सन् २०३० सम्ममा देशबाट नै क्षयरोग उन्मुलन गर्ने लक्ष्य लिएको भएपनि नयाँ भेटिने दर बढ्दै जाँदा लक्ष्यमा भेट्न मुस्कीले हुने देखिएको हो । चालु आर्थिक बर्षको चैत महिना सम्ममा रुपन्देहीमा नयाँ केस पत्ता लाग्नेहरुको संख्या समेत विस्तारै बढ्दै गएको हो । जसमा बुटवल उपमहानगरापलिकामा २ सय…
