पाल्पामा ३सय २४ क्षयरोगी, ६महिनाको अबधिमा १५ जनाको मृत्यु

स्वास्थ्यसमाचार/ पाल्पामा ३सय २४ जना क्षयरोगी फेला परेका छन। २४ मार्चमा मनाईने बिश्व क्षयरोग दिबस स्वास्थ्य कार्यालय पाल्पाले गरको अन्तरक्रियामा जिल्लामा ३सय२४ जना क्षयरोगी रहेको र आर्थिक बर्षको ६ महिनामा १५ जनाको मृत्यु भएको बताईएको छ।

“हो । क्षयरोग अन्त्य गर्छौं ।” भन्ने मूल नाराका साथ आज बिश्व भरि नै बिश्व क्षयरोग दिबस मनाइदै छ । कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समितीका प्रमुख टंकनाथ खनालले क्षयरोगकै कारण अझै पनि रोगीहरुले समस्या भोग्नु परेको बताउनुभयो । उहाँले जनचेतना बृद्धिका लागी सबै नागरिक सम्म रोगको बिषयमा जानकारी, लक्षण तथा निदानका उपायहरु पुर्याउनु पर्ने धारणा राख्नुभयो ।

कार्यक्रमका बिशिष्ठ अतिथी प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले अन्य कार्यक्रम गर्नु भन्दा पत्रकारहरु बीच अन्तरक्रिया गर्दा जिल्लाका अठाई लाख जनता संग सूचना पुग्ने बताउनुभयो । प्रजिअ बास्तोलाले कार्यक्रमले आफुलाइ पनि क्षयरोगको बिषयमा धेरै जानकारी मिलेको धारणा राख्नुभयो ।

नेपाल पत्रकार महासंघका अध्यक्ष क्षयरोगका बिषयमा पत्रकारहरुले समेत धेरै कुरा जान्ने अवसर मिलेको बताउनुभयो । कार्यक्रममा स्वास्थ्य कार्यालयका क्षयकुष्ठ रोग अधिकृत बिश्वनाथ न्यौपानेले प्रस्तुतीकरण गर्नुभएको थियो ।

यहाँले पाल्पामा क्षयरोग सर्ने रोग भएकाले फोक्सोको क्षयरोग जटिल हुने बताउदै नियमित ६ देखी ९ महिनासम्म औषधी सेवन गरे रोग पूर्ण रुपमा निको हुने बताउनुभयो ।

जिल्लामा पछिल्लो छ महिनामा १५ जना क्षयरोगीको मृत्यु भएको बताउनु भयो । त्यस मध्ये रैनादेबी छहराका मात्र ५ जना रहेको क्षयकुष्ठ अधिकृत न्यौपानेले बताउनुभयो ।जिल्लामा हाल ३२४ जना क्षयरोगी रहेका छन् ।

जसमध्ये निस्दी गाउँपालिका र पूर्बखोला गाउँपालिकामा रोगीको संख्या अधिक रहेको पाइएको जिल्ला स्वास्थ्य कार्यलय पाल्पाका प्रमुख डा राजेन्द्र गिरीले बताउनु भयो। उहाले बिरामी उपचार गर्न नआउदा समस्या भएको बताउनु भयो ।

पहिले पाल्पा क्षयरोग उपचार गराउन गुल्मी अर्घाखाची वाग्लुड लगायका जिल्लाबाट आउने गरेको बताईन्छ।

सम्बन्धित शिर्षक :