रुपन्देहीमा क्षयरोगी नखुल्दा उपचारमा समस्या :स्वास्थ्य प्रमुख ढकाल

स्वास्थ्यसमाचार/रुपन्देही जिल्लाका १६ वटा पालिका मध्ये बुटवल उपमहानगरपालिकामा क्षयरोगबाट प्रभावित हरु को संख्या उच्च रहेको पाइएको छ ।

स्वथ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लामा कुल १ हजार ५९ जना क्षयरोगीहरु रहेकोमा बुटवल उपमहानगर पलिकामा सबैभन्दा बढि २ सय ५४ जना क्षयरोगी भेटिएका हुन ।

सरकारले सन् २०३० सम्ममा देशबाट नै क्षयरोग उन्मुलन गर्ने लक्ष्य लिएको भएपनि नयाँ भेटिने दर बढ्दै जाँदा लक्ष्यमा भेट्न मुस्कीले हुने देखिएको हो ।

चालु आर्थिक बर्षको चैत महिना सम्ममा रुपन्देहीमा नयाँ केस पत्ता लाग्नेहरुको संख्या समेत विस्तारै बढ्दै गएको हो । जसमा बुटवल उपमहानगरापलिकामा २ सय ५४ जना क्षयरोगी पत्ता लागेको छ भने तिलोत्तमा नगरपालिका १ ससय ५४ जना क्षयरोगी पत्ता लगेका हुन ।

यस्तै सिद्धार्थनगर नगरपालिकामा ८७ जना, सैनामैना नरपालिकामा ८३ जना देवदहमा ९५ जना क्षयरोगीका विरामी भेटिएका हुन ।  स्वाथ्य  प्रमुख ढकालका अनुसार जिल्लामा सबैभन्दा कम कोटहईमाई गाउँपालिकामा जम्मा २१ जना क्षयरोगीका विरामी भेटिएका वताए।

त्यसपछि सम्मरीमाईमा २७ जना, ओमसतियामा २६ जना, रोहीणीमा ३३ जना, मर्चवारीमा ३५ जना, सियारीमा ४० जना, गैडहवामा ३७ जना, कञ्जनमा ४७, शुद्धोधनमा २८ जना र ओमसतिया गाउँपालिकामा २६ जना लुम्बिनी सस्कृतिक नगरपालिकामा ६५ जना नयाँ पत्ता लागेका विरामी हुन ।

अघिल्लो आर्थिक बर्ष २०७८-७९ मा जिल्लमा कुल १ हजार १८ जना क्षयरोगका विरामी पत्ता लागेको यो आर्थिक बर्षको चैत महिना सम्ममा १ हजार ५९ जना विरामी पत्ता लागेका हुन । यो आर्थिक बर्षको अन्त्य सम्ममा यो संख्या अझ बढ्ने निश्चित देखिएको छ ।

जसमा बुटवल उपमहानगर पालिका गत बर्षमा २ सय ३५ जना भेटिएकोमा यो बर्ष २ सय ५४ जना भेटिएका हुन ।तिलोत्तममा गत बर्ष १ सय ४८ जना भेटिएकोमा यो बर्ष १ सय ५४ जना भेटिएका हुन । ढकालका अनुसार क्षयरोगको उपचार निःशुल्क हुने गरेता पनि अहिले पनि धेरै नै क्षयरोगीहरु उपचार भन्दा बाहिर रहने गरेको वताए ।

सेभ द चिल्डेन्स नेपाल बरिष्ठ कार्यक्रम व्यवस्थापक मिम बहादुर सिंहका अनुसार रुपन्देहीमा १ हजार ७०५ क्षयरोगी भेटिएको र जनचेतना शिक्षा र बिरामी आफै नखुल्दा समस्या भएको बताए।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले नियमित चेकजाँच र नियमित कार्यक्रम संचालन गर्ने गरेमा राज्यले क्षयरोग उन्मूलन गर्ने गरी लिएको नीतिमा सफल हुन सकिने बताए ।

स्वास्थ्य कार्यलय रुपन्देहीका क्षयरोग फोकल पर्शन हुमनाथ खनालको संञ्चालनमा भएको थियो।यस वर्ष ‘हो ,हामी क्षयरोग अन्त्य गर्छौं’ मूल नाराका साथ विश्व क्षयरोग दिवस मनाइएको छ ।

क्षयरोगको सङ्क्रमणः

क्षयरोगका जीवाणु स्वस्थ व्यक्तिको शरीरमा प्रवेश गरेपछि सङ्क्रमित व्यक्तिको प्रतिरोधात्मक क्षमता हेरिकन केही महिनादेखि एक वर्षसम्ममा यो रोगका लक्षण देखापर्न थाल्छन् । तर सामान्यतया ६ महिनादेखि एक वर्षसम्मको समयलाई झ्याली समयको रूपमा लिने गरिन्छ । यो रोगका जीवाणुहरूले उत्पादन गर्ने एक प्रकारको विषको कारणले शरीरका कोषहरूको क्षय हुनजान्छ । फलतः रोगका लक्षण देखिन थाल्छन् ।

क्षयरोगको लक्षण

-क्षयरोग लागेको सुरुवाती अवस्थामा थोरै काम गर्दा पनि थकान महसुस हुने गर्छ, कमजोरी महसुस हुन थाल्छ । मानिसहरूले यस्ता लक्षणलाई गम्भीरतापूर्वक लिँदैनन्, जसकारण विस्तारै क्षयरोगको व्याक्टेरियाले संक्रमण भई गम्भीर समस्या निम्त्याउँछ ।

-रुघाखोकी लाग्नु, ज्वरो आउनु क्षयरोगको प्रारम्भिक लक्षण हो । सामान्यतया यस्ता समस्या पाँच दिनभित्रमा ठिक पनि हुन्छन् । तर, लगातार रुघाखोकी लागिरह्यो, ज्वरो कम भएन, दुई हप्तासम्म पनि खोकी रहिरह्यो भने तुरुन्तै चिकित्सककहाँ जानुपर्छ । यो क्षयरोगको संकेत पनि हुनसक्छ ।

-क्षयरोग लागेमा विरामीलाई राती धेरै पसिना आउँछ । मुख सुक्ने गर्छ । खान मन लाग्दैन र तौल अचानक कम हुन थाल्छ ।

-क्षयरोगको संक्रमण भएमा मानिसको खकारमा रगत देखिन्छ । सास लिनसमेत समस्या हुने गर्छ । यस्ता लक्षण देखिए तुरुन्तै चिकित्सकसँग सम्पर्क गर्नुपर्छ ।

-क्षयरोगको संक्रमण जोसुकैलाई हुनसक्छ । कमजोर रोग प्रतिरोधात्मक क्षमता भएका मानिसलाई यसले चाँडै असर गर्ने हुँदा घरपरिवारमा कसैलाई क्षयरोग लागेको छ भने परिवारका अन्य सदस्यले पनि कम्तीमा एक पटक खकारको जाँच गर्नुपर्छ ।

क्षयरोगको रोगका परीक्षण के हो र?

-फोक्सोको क्षयरोग निदान गर्ने सरल र भरपर्दो उपाय भनेको खकार परीक्षण हो । नियमित दुई हप्ताभन्दा बढी समय खोकी लागेमा अनिवार्य रूमा खकार परीक्षण गर्नुपर्छ ।

-त्यस्तै क्षयरोग निदानको लागि एक्स–रे, मण्टुटेष्ट पनि सहायक माध्यम हुन् । रोगको पहिचान गर्न गाह्रो भएमा जिन एक्सपर्ट प्रविधिबाट परीक्षण गराउनु पर्छ । फोक्सोबाहेक अन्य भागमा लाग्ने क्षयरोग निदानको लागि एफएनएसी, बायोप्सी, कल्चर टेष्ट आदि परीक्षण गर्न सकिन्छ ।

क्षयरोगको रोगका उपचार के हो ?

आराम गर्ने, पोषणयुक्त खाना खाने, मद्यपान र धूमपान नगर्ने, हरियो सागपात, फलफूल, माछा–मासु प्रशस्त खाने, पोषिलो तरल खानाहरू सेवन गर्ने गर्नुपर्दछ । लाक्षणिक उपचार जस्तोः खोकीको लागि औषधि, ज्वरो र दुखाइको लागि औषधिलगायत लक्षणअनुसार उपचार गर्दै लैजानु पर्दछ ।

प्रमुख उपचारमा एन्टी ट्युबरकुलर उपचार एटीटी डट्स विधिद्वारा गर्ने सुविधा स्वास्थ्य संस्थामा निःशुल्क उपलब्ध छन् । यी सबै उपचार तालिमप्राप्त स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा गर्नु पर्दछ । पूर्ण उपचार नै क्षयरोगको सही उपचार पनि हो ।

सम्बन्धित शिर्षक :