लुम्बिनी इन्टरनल मेडिसिन सोसाइटीको क्षयरोग अन्तका लागि “प्रतिबद्धता”

स्वास्थ्यसमाचार/लुम्बिनी इन्टरनल मेडिसियन सोसाईटी को प्रथम अधिवेशनद्वारा क्षयरोग अन्तका लागि एउटा प्रतिबद्धता जनाएको छ ।

बुटवलमा सम्पन्न LIMS को प्रथम अधिवेशनको पहिलो भागमा राष्टिय क्षयरोग कार्यक्रम सम्बन्धी भएको CME शेशनका प्रमुख वक्ताहरूको रूपमा राष्टिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा. प्रज्वल श्रेष्ठ र सेभ द चिल्ड्रेनका बरिष्ठ प्राविधिक सल्लाहकार डा. आशिष श्रेष्ठले क्षयरोग कार्यक्रमको रणनैतिक लक्ष्य, प्रिभ्यालेन्स सर्भेको को वारेमा बोल्नु भएको थियो।

उहाले नेपालमा बार्षिक अनुमानित क्षयरोगका विरामी संख्या (६९हजार देखी  १लाख १७ हजार सम्म), त्यो अनुसार नेपालले गरेको प्रगती तथा चुनौती, क्षयरोग निदान र केश व्यवस्थापनमा भएका नयाँ पहलहरू तथा सिफारिसहरू का साथै क्षयरोगको केश व्यवस्थापनमा आउने विभिन्न जटिलताहरूको व्यवस्थापनको बारेमा जानकारी गराउनु भयो।

जम्मा क्षयरोगको भार मध्य लुम्विनी प्रदेशमा २६ प्रतिशत क्षयरोग भार रहको र क्षयरोगको Missing केशलाई समयमै निदान गरि उपचारमा ल्याउनमा गरेको प्रतिबद्धतामा राष्टिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा. प्रज्वल श्रेष्ठले LIMS को अग्रसरताको लागि केन्द्रको तर्फबाट सहकार्यको अपेक्षा राख्नुभयो ।

समयमै क्षयरोगका विरामीहरूको निदान र उपचारको लागि चिकित्सकहरूको पहल उल्लेखनीय भएको उल्लेख गर्दै सेभ द चिल्ड्रेनका बरिष्ट कार्यक्रम व्यवस्थापक मिम बहादुर सिंहले प्रिभ्यालेन्स सर्भेको अनुसार लुम्बिनी प्रदेशमा करिव १२,५०० बार्षिक क्षयरोग विरामी प्रक्षेपण गरिएको र आ.ब. ०७९/८०मा ७,७०६ क्षयरोगका विरामीहरू क्षयरोग कार्यक्रममा दर्ता भएका छन् भने अझै करिव ४६ प्रतिशत केश पत्ता लगाउनमा अगामी दिनहरूमा LIMSको सहकार्यले महत्वपुर्ण भुमिका खेल्ने सिंहले बताउनु भयो ।

लुम्बिनी इन्टरनल मेडिसियन सोसाइटीका अध्यक्ष डा. बिष्णु पौडेलले हामी हाम्रो तर्फबाट आज भएको प्रतिबद्धता कार्यान्वयन गर्ने र हाम्रो प्रदेशमा क्षयरोग अन्त गर्नमा हाम्रो पुर्ण सहयोग रहने कुरा बताउनु भयो ।

 

सम्बन्धित शिर्षक :