स्वास्थ्य र शिक्षा सम्वृद्धि र सम्मुनतिको आधार: नगरप्रमुख पन्थी

स्वास्थ्यसमाचार/नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखा गुल्मीको ११ औं जिल्ला सभा  सम्पन्न भएको छ । बुधबार “हो, हामी क्षयरोग अन्त्य गछौं”, भन्ने मूल नाराका साथ ११ औं जिल्ला सभा सदरमुकाम तम्घासमा सम्पन्न भएको हो ।

नेपाल नेत्र ज्योति संघ जिल्ला आँखा उपचार तथा शल्यक्रिया केन्द्र तम्घासमा आयोजना गरिएको सभामा संस्थाका अध्यक्ष जगन्नाथ गौतमको अध्यक्षता तथा रेसुंगा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

सोही अवसरमा नगरप्रमुख पन्थीले स्वास्थ्य र शिक्षा नै सम्मुनति र समृद्धिको पहिलो आधार भएको बताउनुभएको छ । उहाँले स्वास्थ जस्तो सवेंदनशिल क्षेत्रमा गम्भीर बन्नुपर्ने भन्दै आफू निर्वाचित भएपछिको पहिलो कार्यपालिकाले निणर्य नै गरि स्वास्थ्यमा नविनत कार्यहरुको सुरुवात गरेको बताउनुभयो ।

गुल्मी अस्पतालमा विशेषज्ञ डाक्ट्ररद्वारा सेवा प्रवाह गरेको र छिट्टै जिल्लामा मृगौलाका रोगीहरुका लागि डायालासिस सेवा समेत सुभारम्भ गर्न लागिएको बताउनुभयो । नगरप्रमुख पन्थीले डायालासिस सेवा प्रवाहका लागि झण्डै एक करोड बराबरको डायलासिस मेसिन काठमाण्डौमा आएको र छिट्टै जिल्लामा ल्याएर उक्त सेवा प्रवाह गरिने समेत बताउनुभएको छ । शिक्षा र स्वास्थ मात्रै सुधार गर्न सकिए समृद्धि प्राप्त हुने नगरप्रमुख पन्थीको भनाई छ ।

सोही अवसरमा नेपाल नेत्र ज्योति संघ गुल्मीका सभापति शेरबहादुर थापाले नगरपालिकाले सामाजिक संघसंस्थाहरु सँग नेत्ररोग लगायतका थुप्रै कार्यहरुमा सहकार्य गरेको भन्दै धन्यवाद व्यक्त गर्नुभयो । स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख पशुपति आचार्यले क्षयरोगीहरुका विषयमा तथ्याङ्क प्रस्तुत गर्नुभएको थियो ।

निवर्तमान सचिव कृष्णप्रसाद पोखरेलले स्वास्थ कार्यालयसँग समन्वय गरी विभिन्न कार्यहरु गरेको स्मरण गराउँदै क्षयरोग पहिचान गरि स्वास्थ्य संस्थामा पुर्याउने कार्यमा थप लाग्न आवश्यक रहेको बताउनुभयो ।

नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखा, गुल्मीका उपसभापति धना भण्डारीले स्वागत मन्तव्यका माध्यमबाट संस्थाले जिल्लामा सञ्चारका माध्यमबाट क्षयरोग सम्बन्धी परीक्षण तथा उपचारमा सहयोग पुर्‍याउने उद्देश्य सहित विभिन्न समयमा पचारप्रसार गर्ने गरिएको बताउनुभयो ।

संस्थाका कोषाध्यक्ष कोपिला पोखरेलले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियोे । कार्यक्रमको सञ्चालन संस्थाका सचिव गुणानिधि शर्माले गर्नुभएको थियो । उहाँका अनुसार यस जिल्लाका पाँच वटा विद्यालयमा जुनियर नाटा गठन गरिएको छ ।

जिल्लामा विद्यार्थीहरुको माध्यमबाट क्षयरोग सम्बन्धी जनचेतना जगाई यसको नियन्त्रण गर्न विद्यार्थीहरुलाई नाटामा आवद्ध गरी सक्रिय बनाईएको शर्माले जानकारी दिनुभयो ।

सम्बन्धित शिर्षक :