आफ्नो मायालुको लागि धूमपान त्याग्न डा ओममूर्ति अनिलको आग्रह

वरिष्ठ मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिलले ‘मेरो एउटा सानो त्याग, मायालुको लागि ठूलो उपहार’ भन्ने नाराका साथ धूमपान सेवनलाई निरुत्साहित गर्न चेतनामूलक अभियानको थालनी गर्नु भएको छ । विद्याकी अधिष्‍ठात्री देवी सरस्वतीको पूजा गरिने बसन्त पञ्चमी र प्रणय दिवस यस वर्ष फागुन २ गते परेको सन्दर्भ पारेर उक्त दिन ज्ञान र प्रेमलाई मिश्रण गर्दै धूमपान सेवन मुक्त समाज निर्माणका लागि अवसरका रूपमा उपयोग गरिएको डा अनिलले बताए । कुनै विशेष अवसरमा मानिसले केही चिज त्याग ग¥यो भने त्यो सफल हुने सम्भावना बढी हुन्छ । साथै अविस्मरणीय र महत्वपूर्ण पनि हुने…

एक वर्षमा २८ हजार प्रहरीले उपचार गराए लुम्बिनी प्रहरी अस्पतालमा

स्वास्थ्यसमाचार/नेपालगन्जमा रहेको लुम्बिनी प्रदेश प्रहरी अस्पतालले गएको एक वर्षमा २८ हजार ६८१ जना प्रहरी, प्रहरीका परिवार र पूर्व प्रहरीको उपचार गरेको छ । लुम्बिनी मात्र नभई कर्णाली र सुदूरपश्चिमका समेत प्रहरी र उनका परिवारका बिरामीलाई उपचार सेवा दिँदै आएको सो अस्पतालमा बिरामीको चाप बर्सेनि बढ्दै गएको सो अस्पतालले जनाएको छ । लुम्बिनी प्रदेश प्रहरी अस्पतालका निर्देशक तथा प्रहरी वरिष्ठ उपरीक्षक डाअमिनकुमार श्रेष्ठका अनुसार यो अस्पतालले पश्चिम नेपालका कर्णाली र लुम्बिनी प्रदेशका बिरामी प्रहरी कर्मचारीसँगै उनीहरूका परिवार र पूर्व प्रहरीलाई लामो समयदेखि उपचार सेवा प्रदान गर्दै आएको छ । उहाँले गत…

डा .रमेश सिंह भण्डारीको नेतृत्वमा नेपाली डाक्टरहरुको मात्र संलग्नतामा टिचिङमा कलेजो प्रत्यारोपण सफल

स्वास्थ्यसमाचार/विदेशी विशेषज्ञको सहयोग विना मुलुक कै विशेषज्ञहरूको प्रयासले नेपालमा पहिलो पटक सफल कलेजो प्रत्यारोपण भएको छ । त्रिवि शिक्षण अस्पतालको टोलीले आफ्नै क्षमतामा सफलता पूर्वक कलेजो प्रत्यारोपण गरेका हुन । उक्त कलेजो प्रत्यारोपण कर्ता ४१ वर्षीय पुरुष बिहीवार शिक्षण अस्पतालबाट डिसचार्ज समेत भएका छन् । नाताले श्रीमती रहेका ४० वर्षीय महिला दाता भने यस अघि नै १० दिनको अस्पताल बसाइ पछि डिसचार्ज भएका थिए । कलेजो प्रत्यारोपण शल्य चिकित्सक प्रा डा रमेश सिंह भण्डारीको नेतृत्वमा भएको उक्त प्रत्यारोपण २१ दिन अघि अर्थात् गत पुस २७ गते ६० जना नेपाली चिकित्सा…

६२औँ नेपाल नर्सिङ दिवस : नेपालमा नर्सिङको छैन उचित सम्मान

स्वास्थ्यसमाचार/आज ६२औँ नेपाल नर्सिङ दिवस विभिन्न कार्यक्रम गरी स्वास्थ्यसँग सम्बन्धित संघ संगठनले मनाउँदै छन्।नर्सहरूको पेसागत सुरक्षा र हकहितका लागि भन्दै २०१८ साल माघ १५ मा नेपाल नर्सिङ संघको स्थापना भएको थियो। सोही संस्था खुलेको दिनलाई दिवसका रूपमा मनाउन थालिएको हो।नर्सिङ पेसालाई स्वास्थ्य सेवाको उत्कृष्ट र परोपकारी पेसाको रुपमा लिने गरिन्छ। जो कोही सामान्य देखि जटिल प्रकारका स्वास्थ्य सेवा लिएर अस्पताल पुग्ने वा भर्ना हुने बिरामीको लागि सबैभन्दा पहिला २४ सै घन्टा स्वास्थ्य सुरक्षा दिने नर्सहरु हुन्। नेपाल नर्सिङ काउन्सिलका अनुसार हाल नेपालमा ७८ हजार ९सय ४८ नर्स दर्ता छन्। यस्तै…

धुर्कोटमा १५ शय्याको आधारभूत अस्पताल बाट सेवा सुभारम्भ

स्वास्थ्यसमाचार/ धुर्काेट गाउँपालिकामा आधारभूत अस्पतालबाट चिकित्सकीय सेवा सुभारम्भ भएको छ । सेवाको एक कार्यक्रमका बिच लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले सुभारम्भ गर्नु भएको हो। सुभारम्भ कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री खनालले संबिधानमा सुनिश्चत गरेको आधारभुत स्वास्थ्य सेवा स्थानिय तहसम्म पुराउने लक्ष्य सहित सरकार अघि बढेको बताउनु भयो। उहाले अस्पतालहरूमा उपकरण, भौतिक पूर्वाधार र जनशक्तिको संयोजनबाट मात्रै स्तरिय उपचार सेवा प्रदान गर्न सकिने बताउनु भयो । आबश्यक जनशक्तिको लागी प्रदेश मन्त्रालयले आह्वान गरेको प्राविधिक जनशक्तिमा दर्खास्त दिन नै नआउँदा समस्या परेको बताउनु भयो । समय समयमा थप गरिएका सेवालाई निरन्तरता दिनुपर्नेमा जोड…

गुल्मी अस्पतालमा नियमित रूपमा हेमो डायलाइसिस सेवा सुरु

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले प्रदेश अन्तर्गतका सबै अस्पतालमा हेमोडायलाइसिस सेवा सुरू गरिने बताउनु भएको छ । गुल्मी अस्पतालमा हेमोडायलाइसिस सेवाको उद्घाटन गर्दै प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले यस वर्ष ६ वटा अस्पतालमा डायलाइसिस सेवा सुरू गरेको स्वास्थ्य मन्त्रालयले सबै अस्पतालको ओ एन एम गरेर थप सेवा बिस्तार गर्ने जानकारी दिनुभयो ।मन्त्री खनालले सम्बिधानले सुनिश्चत गरेको आधारभुत स्वास्थ्य सेवा तल्लो तह सम्म पुर्याउन मन्त्रालय प्रतिबद्ध भएर लागेको बताउनु भयो ।   अस्पतालहरूमा उपकरण, भौतिक पूर्वाधार र जनशक्तिको संयोजनबाट मात्रै स्तरिय उपचार सेवा प्रदान गर्न सकिने भन्दै मन्त्री खनालले अहिले…

९ महिने बालकमा इस्पाइनल मस्कुलर एट्रोफी, सहयोगका लागि अपील

स्वास्थ्यसमाचार /गएको बैशाखमा रुपन्देहीको तिलोत्तमामा जन्मिएका ९ महिने बालक सृजम विष्ट अहिले ‘स्पाईनल मस्कुलर एट्रोफी’ रोगसंग लडिरहेका छन् । तिलोत्तमा नगरपालिका वडा नं. ४ नयाँमिलका महेन्द्र विष्ट र सिर्जना भट्टराईको पहिलो सन्तानको रुपमा जन्मिएका सृजमलाई सुरुका दिनमा त्यस्तो कुनै समस्या देखिएको थिएन ।सृजम जति बढ्दैगए उनमा सन्चो नभएको लक्षण देखिन थाल्यो । ‘चार महिनाको हुँदा टाउको ठूलो भएजस्तो, सन्चो नभएजस्तो महसुस भयो ।’ ९ महिने बालककी आमा सिर्जनाले भन्नुभयो–‘चेकजाँचको लागि अस्पताल लगियो, डाक्टरको सिफारिसमा भिडियो एक्स–रे गरेर हेर्दा पानी जमेको देखियो ।’ सिर्जनाका अनुसार बच्चामा केही समस्या छ भन्ने भयो…

पाल्पामा दुर्घटना रोक्न ‘सडक स्वास्थ्य सहायता कक्ष’ स्थापना गरिने

स्वास्थ्यसमाचार/ सडकमा हुने बढ्दो सवारी दुर्घटनालाई मध्यनजर गर्दै पाल्पामा ‘सडक स्वास्थ्य सहायता कक्ष’ स्थापना गरिने भएको छ । चालक, सहचालक र यात्रुको शारिरिक अस्वास्थताका कारण समेत दुर्घटना बढ्ने भएकाले लुम्बिनी प्रदेश सरकारको सहयोगमा पाल्पाका विभिन्न क्षेत्रमा सडक स्वास्थ्य सहायता कक्ष स्थापना गरिने भएको हो ।दिनानुदिन सवारीसाधन दुर्घटना बढ्न थालेपछि सरोकारवाला निकायले दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सचेतना अभियानका रुपमा स्वास्थ्य सहायता कक्ष सञ्चालन गर्न लागेका हुन् । अभियान अन्तर्गत सवारी चालकदेखि यात्रुसम्मको स्वास्थ्य परीक्षण गरिनुको साथै सचेतना जगाईने छ । सडक दुर्घटनाबाट धेरै यात्रुले अकालमा ज्यान गुमाउनुका साथै घाइते भई अंगभंग…

लुम्बिनी प्रादेशिक अस्पतालका मेसुको निर्देशन : सेवाग्राहीको गुनासो गर्ने ठाउँ नराख्नुस्

स्वास्थ्यसमाचार/लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपेरिटेन्डेन डा. सुदर्शन थापाले सेवाग्राहीको गुनासो आउने वातावरण सिर्जना गर्न नहुने बताउनु भएको छ। । सेवालाई जनमैत्री बनाउँदै अस्पतालाई नमूनाको रुपमा बिकास गर्ने लक्ष्य अनुसार अघि बढ्न अस्पताल परिवारलाई आग्रह गर्नु भयो । अस्पताल र सेवाग्राहीसँगको अन्तरसम्बन्ध तथा सहज सञ्चारका लागि विहिबार आयोजना गरिएको अन्तरव्यैत्तिक सञ्चार बारे सहजिकरण गर्दै मेसु थापाले गुनासो आउने ठाउँ नराखी काम गर्न निर्देशन दिनु भयो । अस्पतालमा कुनै पनि चिकित्सक, स्वाथ्यकर्मी तथा कर्मचारीले गल्ती गरेको भेटिएमा छुट नदिने चेतावनीसहित उनले सेवामा केन्द्रित रहन निर्देशन दिनुभयो । अस्पतालका प्रत्येक चिकित्सक, स्वास्थ्यकर्मी…

गुल्मी अस्पतालमा नसर्ने रोगका लागि पेनप्लस क्लिनिक सञ्चालनमा

स्वास्थ्यसमाचार/गुल्मी अस्पतालमा सेवा लिन आउने सेवाग्राहीको सहजताका लागि नसर्ने रोगका लागि छुट्टै पेनप्लस क्लिनिक सञ्चालनमा ल्याएको छ ।सदरमुकामस्थित गुल्मी अस्पतालमा आउने गम्भीर तथा कडा नसर्ने रोगका बिरामीहरूका लागि उक्त सेवा संचालनमा ल्याएको हो। बालबालिका र किशोर किशोरीका लागि लक्षित गरेर सञ्चालनमा ल्याइएको हो । यस सेवाबाट स्थानीय तहमा पनि नसर्ने रोग सम्बन्धि अन्तरक्रिया भइरहेको छ । अस्पतालमा पुग्ने बिरामीहरुले नसर्ने रोगको बारेमा जानकारी नहुँदा धेरै अन्योलमा पर्ने र यो सेवाले बिरामीहरुलाई सहयोग पुग्ने कार्यक्रम अधिकृत रेनुका थामीले जानकारी दिनुभयो । यहाँ आउने दीर्घरोगी नसर्ने रोगका बिरामीहरुलाई छुट्टै पेनप्लस क्लिनिक स्थापना…