सबैका प्रिय डाक्टर :डा .शम्भु खनाल

कथा आजभन्दा दश वर्ष पुरानो हो । तर यो कथा अझैपनि बेलाबखत देख्न पाइन्छ । भोग्न पाइन्छ ।त्यो बेलाको सलामी पानीको कथा आज Whole body check up को आग्रहमा मा देख्न पाइन्छ हरेक दिन । दश वर्ष अगाडिको म : मनको अशान्ति अनुहारका कुनाकाप्चामा देखिने गरी मलिनता छाएको छ । बेखुसी ब्याप्त देखिन्छ । हिँडाइमा सुस्तपन छ । अनुहार मात्रै देखाउन हो कि भन्ने गरी टाउको र दुबै कुमलाई पछ्यौराले सजाएर कुर्सीमा बस्छिन् एक अन्दाजी ३० बर्षिय महिला । पटुकाले पूरै पेट बेरेको छ । श्वास नै फेर्न गाह्रो भए…

दलबल सहित हाजिर भए कपिलवस्तुका मेडिकल सुपरिटेण्डेन्ट डा. बन्जाडे

स्वास्थ्यसमाचार /गुल्मीबाट सरुवा भएका कपिलवस्तु अस्पतालमा मेडिकल सुपरिटेण्डेन्ट डा.किशोर बन्जाडे अस्पतालमा हाजिर भएका छन। उनी सामान्य कर्मचारी सरुवा भएको जस्तो तरिकाले चुनाव जितेर बिजयी जुसमा आएसरी अस्पतालमा आएका छन। उनी आएको  खुसीयाली मा स्थानिय उनका समर्थकहरुले पटका समेत पटकाएको स्थानीयले बताएका छन। डा.किशोर बन्जाडे ९ महिना अगाडी गुल्मी अस्पतालमा काजमा सरुवा भएका थिए । एमाले निकट मानिने बन्जाडेलाई सो क्षेत्रमा प्रदेश र संघमा काँग्रेसले चुनाव जितेपछि कांग्रेसको स्थानीय घोषण पत्रमा समेत बञ्जाडेले आपत्ती जनाएको कारण उनलाइ सरुवा गरिएको बताईएको छ। प्रदेशमा माओवादी एमालेको गठबन्धन सरकार आएपछि डा बन्जाडेको कपिलवस्तुमा काज…

भीम अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. गुप्ताद्वारा पदभार ग्रहण

स्वास्थ्यसमाचार/भैरहवास्थित भीम अस्पतालकी मेडिकल सुपरिटेण्डेण्ट (मेसु) डा. शकुन्तला गुप्ताले पदभार ग्रहण गरेकी छन् । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालबाट भीम अस्पतालमा सरुवा भएकी डा. गुप्ताले सोमबार पदभार ग्रहण गरेकी हुन् । सोमबार एक कार्यक्रमकाबीच उनलाई अस्पताल विकास समितिका अध्यक्ष डा. अनन्त कुमार शर्मा, अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीले स्वागत तथा सम्मान गरेका हुन् । सोही कार्यक्रममा परासीस्थित पृथ्वी चन्द अस्पतालमा सरुवा भएका भीम अस्पतालका मेसु डा. मोहम्मद नुरुल होदालाई विदाई गरिएको थियो ।कार्यक्रममा बोल्दै डा. गुप्ताले आफूले यसअघि भीम अस्पतालमा मेसुको जिम्मेवारी निर्वाह गरिसकेको र पुनः यहाँ आएको बताइन् ।…

एचआईभी संक्रमित बालबालिकालाई मासिक सहायता भत्ता

स्वास्थ्यसमाचार/बुटवल उपमहानगरपालिकाको एक विद्यालयमा अध्यनरत छिन् १७ बर्षिय कल्पना (नाम परिर्वतन) । उनको पढाईको स्तर पनि राम्रै छ । आफ्नो पिडा भुलेर पढाईमा निरन्तरता दिदै आएकी उनले लामो समय देखि एचआईभी संक्रमित छिन् । उनी एचआईभी संक्रमित हुनुको उनको कुनै पनि दोष छैन । यो विषयमा कहाँबाट कसरी एचआईभी संक्रमित भयो भन्ने विषयमा उनि पनि अनविज्ञ छिन् । उनी जस्तै पालीकाकै एक विद्यालयमा कक्षा ३ मा अध्ययनरत ७ बर्षका बालक किशोर(नामपरिर्वतन) पनि एचआईभी संक्रमित छिन् । उनी यो संक्रमणको कारण को हो, कसरी संक्रमित भए भन्ने विषयमा समेत अनविज्ञ छन्…

स्वास्थ्यकर्मी संघ र कर्मचारी युनियनद्वारा नयाँ मेसु ढकाललाई स्वागत

स्वास्थ्यसमाचार/निजामती  कर्मचारी युनियन र स्वास्थ्यकर्मी संघ रुपन्देही द्वारा लुम्बिनी प्रादेशिक अस्पतालका नब नियुक्त मेसु डा ईन्द्र ढकाललाई स्वागत गरिएको छ।  नेपाल स्वास्थ्यकर्मी संघ अस्पताल ईकाई समितिका अध्यक्ष भिम ज्ञवालीको अध्यक्षता डा ईन्द्र ढकालको प्रमुख आतिथ्यतामा भएको स्वागत कार्यक्रम सम्पन्न भएको हो। स्वागत कार्यक्रममा बोल्दै अतिथीहरुले अस्पतालमा आउनु भएको नयाँ मेसु डा ईन्द्र ढकाललाई काम गर्नको लाई आबश्यक साथ र सहयोग दिने वचनबद्धता ब्यक्त गर्नु भएको छ ।उहाले दुबै पक्षहरुको सहकार्य आबश्यक रहेको बताउनु भएको छ। कार्यक्रममा नेपाल स्वास्थ्यकर्मी संघका प्रदेश संयोजक नमनारायण बेलबासे,नेपाल निजामती कर्मचारी युनियन जिल्ला अध्यक्ष चक्रपाणि पाण्डे,…

अन्तर्राष्ट्रिय ब्रेन ट्युमर दिवस : वीरमा ब्रेन ट्युमरको निःशुल्क शल्यक्रिया

काठमाडौं/ वीर अस्पतालले आजदेखि ब्रेन ट्युमरको बिरामीको निःशुल्क शल्यक्रिया सुरु गरेको छ । अन्तर्राष्ट्रिय ब्रेन ट्युमर दिवसका अवसर पारेर ब्रेन ट्युमरको निःशुल्क शल्यक्रिया सुरु गरेको अस्पतालको राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका अध्यक्ष प्राडा राजीव झाले जानकारी दिए । उनका अनुसार आजदेखि असार १६ गतेसम्म अस्पतालमा आउने ब्रेन ट्युमरको बिरामीको निःशुल्क शल्यक्रिया गरिनेछ । बाहिरी अस्पतालमा शल्यक्रिया गर्दा कम्तीमा एक देखि तीन लाख रुपैयाँसम्म पर्छ । शरीरका कोशीकाहरू असामान्य ढङ्गबाट बढ्दै गएको अवस्थामा ब्रेन ट्युमरको समस्या हुने उनले जानकारी दिए । ‘मानिसको उमेर बढ्दै जाँदा शरीरका अङ्गहरू कमजोर हुने क्रमसँगै ब्रेन ट्युमरको…

भिम अस्पताल भैरहवाको मेडिकल सुपरिटेन्डेन्ट पून डा. शकुन्तला गुप्ता

स्वास्थ्यसमाचार /भैरहवाको भिम अस्पतालमा पुन डा. शकुन्तला गुप्ता आउनु भएको छ। लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले डा गुप्तालाई भिम अस्पतालको मेसुमा नियुक्त गरेको हो । उहा लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत रहनु भएको थियो । गुप्ता गत बर्ष सोही अस्पतालमा मेसु रहनु भएको थियो । अघिल्लो सरकारले गुप्तालाई मेसुबाट हटाई अस्पतालमा नयाँ मेसु ल्याएको थियो। अस्पतालमा पदबहाली गर्नु भएको छ । उहाँलाई बिकास समितिका अध्यक्ष अस्पतालका कर्मचारी लगायतले स्वागत गरेका थिए । उक्त अबसरमा बोल्दै डा गुप्ताले आफुले पहिले सुधार गरेको र अब पनि आफुले पहिले सुरु गरेका कामहरुलाई निरन्तरता…

फार्मेसी नै नपढी अनधिकृत औषधि विक्री गर्ने दुईजना पक्राउ

स्वास्थ्यसमाचार/ फार्मेसी मा बसेर अनधिकृत रुपमा औषधि विक्री गर्ने दुईजनालाई जिल्ला अनुगमन समितिले नियन्त्रणमा लिएको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–३, रानागाउँबाट बिहीबार संयुक्त जिल्ला अनुगमन समितिले दुईजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा आयशा फार्मेसी मा बसेर औषधि विक्रीवितरण गरिरहेका दीपु केवट र विनायक फार्मेसी मा बसेर औषधी विक्री गर्दै आएका रामहरि आचार्य छन् । दीपुले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित कुनै पनि विषय अध्ययन नगरेको र आचार्यले कमर्श पढेर पनि औषधि विक्री गरिरहेको पाइएपछि नियन्त्रणमा लिइएको जिल्ला अनुगमन समिति, रुपन्देहीका संयोजक समेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले जानकारी दिए…

आयुर्वेद विभागको महानिर्देशकमा डा. केसी र ईडिसिडीमा डा. घिमिरे

स्वास्थ्यसमाचार/आयुर्वेद विभागको महानिर्देशकको जिम्मेवारी डा। प्रदिप केसीलाई र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुखमा डा। यदुचन्द्र घिमिरेलाई दिइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप यादवले बुधबार मन्त्री स्तरीय निर्णय गर्दै खालि रहेको विभागको महानिर्देशकमा डा। केसीलाई र ईडिसिडीमा डा। घिमिरेलाई नियुक्ति गरेका हुन्। त्यसैगरी भरतपुर अस्पतालको निमित्त मेसुको जिम्मेवारी डा कृष्ण प्रसाद पौडेललाई दिइएको छ। कोशी अस्पतालको मेसुमा रविनराज सिंह र चन्द्र भाल झालाई नारायणी अस्पताल सरुवा गरिएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालमा किताब बेच्दै बैज्ञानिक महावीर पुन

स्वास्थ्यसमाचार/ राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन लुम्बिनी प्रादेशिक अस्पतालमा किताब बेच्न पुगेका छन । उनलाई अस्पतालमा स्वागत गरेका छन। भने उनको किताब किन्न अस्पतालका चिकित्सक नर्स तथा अन्य कर्मचारीको भिड रहेको थियो। किताब बेच्न देश दौडाहमा रहेको पुन आज लुम्बिनी प्रादेशिक अस्पतालमा पुगेका हुन। आफ्नै सपना, सम्झना र अविरल जीवन यात्रा समेटिएको ‘महावीर पुन’ पुस्तक लिएर गत उनी काठमाडौंबाट निस्केका थिए्। उनी रुपन्देहीका तथा देशका धेरै जिल्लाका बस्ती बस्तीमा किताब बेचेका छन । ‘किताब बजारमा आएको त असोजमै हो, तर यसरी देश दौडाहामा हिँडेको चाहिँ लामो समय भएको उहाले…