गुल्मी अस्पतालबाट आर्थिक बर्षमा ८६ हजारले लिए स्वास्थ्य सेवा

स्वास्थ्यसमाचार/तम्घासस्थित गुल्मी अस्पतालबाट आर्थिक वर्ष २०८०/२०८१ को अवधिमा करिब ८६ हजार नागरिकले स्वास्थ्य उपचार सेवा लिएका छन्।

गुल्मी अस्पताल तम्घासले दिएको जानकारी अनुसार अस्पतालले आर्थिक वर्ष २०८०/२०८१ को अवधिमा ८५ हजार ६ सय ८० जनाले विभिन्न स्वास्थ्य उपचार सेवा लिएका हुन।

एक वर्षको अवधि ७४ हजार ८ सय ७९ ले ओपिडी सेवा र १० हजार ८ सय १ जनाले आकस्मिक सेवा,एक हजार ८ सय ६७ जनाले बेड भर्ना सेवा,८ सय ८४ जनाले सामाजिक स्वास्थ्य सेवा र ज्येष्ठ नागरिक स्वास्थ्य सेवा अन्तर्गत ५ सय ७६ जनाले लिएको गुल्मी अस्पतालका निमित्त प्रमुख राजन केसीले वताउनु भयो।

यसैगरी एक आर्थिक वर्षमा अस्पतालमा हाडजोर्नी विशेषज्ञ सेवा सुरु भएपछी दुई हजार १ सय ३८ जना विरामीको जटिल र मध्यम प्रकृतिका हाडजोर्नी तथा प्रसूति लगायतका शल्यक्रिया गरिएको छ भने यसै अवधिमा दैनिक ६ सय १९ जनाले प्रयोगशाला परीक्षण सेवा,२४ भिडियो एक्स-रे, १५ इसिजी र ५९ जनाले एक्स-रे सेवा लिएको डाक्टर केसीले बताउनुभयो।

सम्बन्धित शिर्षक :