स्वास्थ्यमन्त्री द्वारा किशोर किशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन

स्वास्थ्यसमाचार/  स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले मानसिक अस्पताल, लगनखेलमा स्थापना गरिएको किशोर किशोरी मानसिक स्वास्थ्य इकाईको एक समारोहबीच बिहीबार उद्घाटन गरेका छन् । सिविन नेपाल र फोरुट नर्वेको सहकार्यमा मानसिक अस्पतालमा किशोर किशोरीका लागि छुट्टै मानसिक स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको इकाई १२ शैयाको छ । जसमध्ये ६ वटा शैया जनरल र ६ वटा शैया सेमी जनरल छन् । इकाईमा मनोचिकित्सक, नसिङ, विशेष शिक्षक, समाजिक कार्यकर्ता गरि ३० जना कर्मचारीले सेवा प्रदान गर्ने छन् । कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री बस्नेतले शिक्षा र स्वास्थ्यको उचित सुविधा प्राप्त गर्न नसक्दा…

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा बर्थिङ सेन्टर पिआइसियु सुरु

स्वास्थ्यसमाचार/  बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालले बर्थिङ सेन्टर र बाल सघन उपचार कक्ष(पिआईसियु) सेवा सुरु भएको छ। बिहीबार लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री राजु खनालले कक्षको उद्घाटन गर्नु भयो। परिवारका सदस्यहरू र विशेषज्ञ सहित बच्चा जन्माउने सुविधा सहितको बर्थिङ सेन्टर अस्पतालको ब्लक सी को पहिलो तल्ला र २८ दिन देखि १४ वर्ष सम्मका बालबालिकाको सघन उपचार गर्न अस्पतालको ब्लक सी तेस्रो तल्लाबाट यो सेवा प्रदान गरिरहेको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुदर्शन थापाले बताउनु भयो। उद्घाटन पश्चात् आयोजित कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले मन्त्रालयले प्रदेशका १३…

लुम्बिनीमा दादुरा–रुबेलाको खोप ११ लाख बढीलाई लगाइने

स्वास्थ्यसमाचार/सन् २०२६ सम्ममा नेपालबाट दादुरा रुबेला रोग निवारण गर्न नेपाल सरकारले प्रतिबद्धता जनाएपनि कोभिड–१९को महामारी र अन्य कारणहरुले गर्दा नेपालमा पछिल्लो समय बालबालिकाहरूमा दादुरा रुबेलाको महामारी देखिएको छ । कोभिड–१९ ले गर्दा नेपालमा दादुरा रुबेलाको खोप लगाउन छुटेका बालबालिकाहरुको संख्यामा बृद्धि भई २०७९/०८० मा दादुराको महामारी देखिएको स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशले जनाएको छ । लुम्बिनी प्रदेश पूर्ण खोप प्रदेश घोषण भएपनि २०७९ मंसिर ३ देखि २०८० पुष १५ गतेसम्म दादुरा रुबेलाको महामारीको रुपमा सबै भन्दा धेरै बिरामी बाँकेमा फेला परेको थियो । स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका अनुसार बाँकेमा ३ सय…

बेवारिसे शिशुको प्यूठान अस्पतालमा छैठी गरिदिए स्वास्थ्यकर्मीले

स्वास्थ्यसमाचार/प्यूठान अस्पतालमा कार्यरत चिकित्सकले फरक काम गरे । अस्पतालमा रहेकी नवजात शिशुको जन्मिएको ६ दिन पुगेको अवसरमा स्वास्थ्यकर्मीले उनको छैठी गरिदिए । बेवारिशे अवस्थामा माघ १७ गते प्यूठान नगरपालिका ४ जुम्रिमा भेटिएकी नवजात शिशु जन्मिएको छ दिन पुगेको अवसरमा प्यूठान अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूले उनको छैठी गरिदिएका हुन् । शिशुको जन्म भएको छ दिनमा उसको भबिष्य लेखिन्छ रे । सबै परिवारले हिन्दु संस्कार अनुसार शिशु जन्मिएको छ दिनका दिन छैठी गरिदिने परम्परा छ । यो शिशुको अहिले बाबु आमा जे भनेपनि यहाँका स्वास्थ्यकर्मी हामी नै हौ । त्यसैले परिवारको जिम्मेबारी सम्झिएर शिशुको छैठी गरिदिएको प्यूठान अस्पतालकी ओसीएम…

प्रहरीलाई लैगिंक हिंसा र आत्महत्या रोकथाम सम्वन्धी अभिमुखीकरण

स्वास्थ्यसमाचार/ रुपन्देहीका प्रहरीलाई एकद्धारा संकट ब्यबस्थापन केन्द्र (ओसीएमसी) लैगिंक हिंसा र आत्महत्या रोकथाम सम्वन्धी अभिमुखीकरण गरिएको छ। लुम्बिनी प्रादेशिक अस्पताल बुटबलको एकद्धारा संकट ब्यबस्थापन केन्द्र (ओसीएमसी)ले रुपन्देहीका स्थायी अस्थाई प्रहरी पोष्ट बिट प्रहरी कार्यलय बाट गरि ५० जनालाई आत्महत्या रोकथाम लैगिंक हिंसा सम्बन्धन अभिमुखीकरण गरिएको हो। अस्पताल बुटबलका ओसीएमसीका नर्सिङ अधिकृत कान्ति पाण्डेका अनुसार प्रहरी कार्यलयमा हिंसा सम्बन्धी उजुरी आउने र तिनीहरुलाई कसरी निरुत्साहित गर्ने र आत्महत्या रोकथाम लैगिंक हिंसा रोक्नको लागी प्रहरीको भुमिका महत्वपुर्ण हुने भएकोले उहाँहरुलाई अभिमुखीकरण गरिएको बताउनु भयो। उहाले अपराध अनुसन्धान र महिला तथा बालबालिका सेवा…

सशस्त्र द्वन्दका घाइतेहरुको उपचार लुम्बिनी प्रादेशिक अस्पतालमा हुने

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश सरकारले सशस्त्र द्वन्दका घाइते तथा अपाङ्ग भएका ब्यक्तीहरुको उपचार सुरु गरेको छ । प्रदेश गृह मन्त्रालयका शाखा अधिकृत मेघराज सोनिका अनुसार उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलसँग समन्वय भएको छ । सशस्त्र द्वन्दका क्रममा घाईत तथा अपाङ्ग भएकाहरुको उपचारसम्बन्धी कार्यविधि २०८० तयार गरि उपचारको प्रक्रिया अघि बढाइएको उनको भनाई छ । घाईते तथा अपाङ्गता भएका व्यक्तिहरुले नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि, दुई प्रति फोटो, जिल्ला प्रशासन कार्यालयको सिफारिश ल्याएमा उपचार गर्न पाईने उनले बताए । घाइते तथा अपाङ्गता भएका ब्यक्तिको उपचारकालागि लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक बर्ष २०८०/०८१…

नसर्ने रोगहरूमा मुटु र क्यान्सरको प्रकोप बढिरहेको छ : डा देवकोटा

फेब्रुअरी ४ तारिखका दिन विश्व क्यान्सर सचेतना दिवस संसारभर मनाइन्छ। यो दिवस सन् २००० देखि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र युनियन फर इन्टरनेशनल क्यान्सर कन्ट्रोल(यू आईसीसी)को आह्वानमा मनाउन थालिएको हो।विश्व स्वास्थ्य संगठनले सन् २०२२ देखि २०२४ सम्मको नारा “क्लोज द केयर ग्याप” अर्थात ‘उपचारमा असमानता हटाऔं’ भन्ने तय गरेको थियो। नेपालले भने यस वर्ष नारालाई स्थानिय करण गर्दै “बढ्दैछ चुनौती क्यान्सरको, पहुँच बढाऔं स्याहारको” भन्ने बनाएको छ।विश्वका अधिकांश मुलुकको ६० प्रतिशत भन्दा बढी मृत्युको कारण नसर्ने रोगहरूले हुने गरेको तथ्याङ्क रहेको छ। नसर्ने रोगहरूमा मुटु र क्यान्सरको प्रकोप बढिरहेको छ।…

नेपालमा क्यान्सर उपचारमा ‘कार–टी सेल थेरापी’को प्रयोगशाला परीक्षण सफल भएको दाबी

स्वास्थ्यसमाचार/ सेन्टर फर रिजेनरेटिभ मेडिसिन नेपालले  काठमाडौंमा एक पत्रकार सम्मेलन आयोजना गर्दै संयुक्त राज्य अमेरिकाको फूड एन्ड ड्रग एडमिनिस्ट्रेशनबाट प्रमाणित सीडी-१९ कारको प्रयोगशालामा कार-टी सेलको सफलतापूर्वक परीक्षण गरेको जनाएको हो। रिजेनरेटिभ मेडिसिनको सीडी१९ कार-टी सेल स्वीस औषधि निर्माता नोभार्टिस र गिलियाडको कार-टी सेल जत्तिकै प्रभावकारी देखिएको अमेरिकाको एस्ट्राजेनेका फार्मास्युटिकल्सको अन्कोलोजी विभागमा कार्यरत डा सञ्जीवन गौतमले बताए। गौतमका अनुसार अति उच्च प्रविधियुक्त यो उपचार विधिको सफल प्रयोगशाला परीक्षण नेपालमा पहिलो पटक भएको हो। डा गौतमका अनुसार कार-टी सेल एक विशेष उपचार पद्धति हो जुन रक्त क्यान्सरका बिरामीहरूमा निकै प्रभावकारी देखिएको छ।…

जाडो मौसममा देखिने स्वास्थ्य समस्या र समाधानका उपाय डा.पच्या

स्वास्थ्यसमाचार/काठमाडौँ उपत्यका सहित देशभर निकै चिसो अर्थात जाडो बढिरहेको छ । जाडो महिनामा प्राय स्वासप्रश्वास सम्वन्धी रोगहरु बढी देखिन्छ । तर, यहाँ बुझ्नु पर्ने कुरा यो छ कि चिसो मौसम अर्थात जाडो आफै रोग लाग्ने महिना होइन । बरु यो मौसम रोगहरु लगाउने जीवाणु तथा विषाणुहरु सक्रिय हुन अनुकुल हुन्छ । त्यसैले रोगहरु बढी देखिने हो । जाडोमा स्वासप्रस्वासका समस्या लिएर आउने समूहमा प्रायः जेष्ठ नागरिक र बच्चाहरु पर्ने गर्दछन् । त्यसको एउटा कारण चै उनीहरुको रोग संग लड्न सक्ने प्रतिरक्षा प्रणाली कमजोर हुनु हो । यो मौसममा शरीरको घाँटी…

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरोलोजी सेवा प्रभावकारी बन्दै

स्वास्थ्यसमाचार/राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरोलोजी सेवा सुरु भएसँगै सेवा पनि प्रभावकारी बन्दै गएको छ ।प्रतिष्ठानका कामु निर्देशक डा रमेश कडेलले ओपिडिबाट १ हजार ६ सय ५४ जना बिरामीले परामर्शसहितको स्वास्थ्य सेवा लिएको जानकारी दिनुभयो । गएको साउनदेखि माघको तेस्रो हप्तासम्म सो संख्यामा युरोलोजी सेवा लिएका हुन ।युरोलोजी सेवा जिल्लामा नहुदा बिरामीहरु सामान्यदेखि बिशिष्टकृत सेवा लिन जिल्ला बाहिर जानुपर्ने बाध्यता यसअघि भएपनि प्रतिष्ठानमा उक्त सेवा विस्तार भएपछि अहिले त्यो समस्याको समाधान भएको छ । युरोलोजिष्ट सर्जन डा प्रबोध रेग्मीको नेतृत्वमा चिकित्सक र स्वास्थ्यकर्मीले सो सेवा दिइरहेको कामु निर्देशक डा कडेलले बताउनुभयो…