स्वास्थ समाचार /स्वास्थ्य सेवाका न्यूनतम सेवा मापदण्ड पुरा गरेर गुल्मी अस्पताल लुम्बिनी प्रदेशमा तेस्रो भएको छ । गुल्मी अस्पतालको भौतिक संरचना अभावका बिचमा पनि सेवा प्रवाहमा सुधार ल्याएको छ । आर्थिक वर्ष ०७९/०८० सालको न्यूनतम सेवा मापदण्ड तथा सम्पादित कार्य प्रगतिको मूल्याङ्कनमा ८९ प्रतिशत अंक ल्याएर गुल्मी अस्पताल तेस्रो भएको हो । लुम्बिनी प्रदेशका १२ जिल्लाका अस्पतालहरु मध्येबाट गुल्मी अस्पतालमा भइरहेका स्वास्थ्य सेवाका न्यूनतम सेवा मापदण्ड पुरा गरेर प्रदेशमा तेस्रो हुन सफल भएको छ । अस्पतालको न्यूनतम सेवा मापदण्डको बारेमा २ दिनसम्म बर्दिया जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.सुवास पाण्डे सहितको…
अस्पताल
सिद्धार्थनगर सिटी हस्पिटल भैरहवामा बाल रोग विशेषज्ञ सेवा विस्तार
स्वास्थ्यसमाचार /भैरहवामा रहेको सिद्धार्थनगर सिटी अस्पतालको सेवा बिस्तार गर्दै बिरामीहरुलाई निरन्तर स्वास्थ्य सेवा दिइरहेकोछ ।अस्पतालले विभिन्न सेवा सुविधा निरन्तर रुपमा दिदै आएकोमा यही माघ ८ गते आईतबार देखि लामो अनुभव प्राप्त डाक्टर प्रत्युष ज्ञवाली पनि यस सिद्धार्थनगर सिटी हस्पिटलमा ओ.पि.डी तथा बाल रोग संग सम्बन्धित सम्पूर्ण सेवा प्रदान गर्ने उदेश्यका साथ सेवा नियुक्त हुनुभएकोछ । निःसन्तान दम्पतिका लागि IVF सेवा संचालन गर्दै आईरहेको यस सिद्धार्थनगर सिटी हस्पिटलमा सुरक्षित गर्भाधारण तथा सुरक्षित डेलिभरीका लागि बालरोग तथा महिला रोग सम्बन्धी सेवाको विशेष भुमिका रहेको हुदा बाल रोग, महिला तथा प्रसुति रोगका साथै…
प्यूठानकी तुलसा कुवेतको अस्पतालमा अलपत्र, उद्धार गरिदिन आग्रह
स्वास्थ्यसमाचार/ प्यूठानकी तुलसा जीसी ठूला सपना बोकेर २०७४ सालमा वैदेशिक रोजगारीको लागि कुवेत पुगिन् । घरको आर्थिक अवस्था उकास्दै जीवनयापनमा सहजता ल्याउन कुवेत पुगेकी उनी अहिले अलपत्र छिन् । स्वास्थ्यमा समस्या देखिएपछि अहिले उनी एक अस्पतालमा जीवन र मृत्युको दोसाँधमा रहेकी छिन् । ब्रेन ह्यामरेज भएपछि कुवेतको कुवेत अदान अस्पतालको पीआइसीयूमा उनको उपचार भइरहेको छ । घाँटीबाट पाइप लगाइएको छ भने उनको आधा ज्यान नचल्ने अवस्थामा छ । उनी २०७४ सालमा भारतबाट हाउसमेटका लागि कुवेत गइन् । दुई वर्षको भिषा लगाएर कुवेत पुगेकी उनी भनिएको घरमा काम गर्न निकै गाह्रो…
बुटवल बेलबासमा अक्सिजन सुविधासहितको स्वास्थ्य केन्द्र बन्ने
स्वास्थ्यसमाचार/ बुटवलमा अक्सिजन सुविधासहितको स्वास्थ्य केन्द्र बन्ने भएको छ । बुटवल उपमहानगरपालिका वडा नं १३ बेलबासमा १६ शैयाको अक्सिजन सुविधासहितको स्वास्थ्य केन्द्रको आइतबार शिलान्याश गरिएको छ । आइतबार बेलबासस्थित वडा कार्यालय परिसरमा बन्ने स्वास्थ्य केन्द्र भवनको बुटवलका नगरप्रमुख खेलराज पाण्डेयले शिलान्याश गर्नुभयो । भवनको शिलान्याश गर्दै उहाँले तिनाउ नदीदेखि पश्चिमको भेगको समान विकास र समान सुविधाका लागि बेलबासमा स्वास्थ्य केन्द्र निर्माण गर्न लागिएको बताउनुभयो । उहाँले यो स्वास्थ्य केन्द्रमा तिनाउ नदी पश्चिमका बासिन्दाले लाभ लिनसक्ने बताउँदै त्यसका लागि बुटवल उपमहानगरले सुविधा र जनशक्ति विस्तार गर्दै जाने बताउनुभयो । ‘तिनाउभन्दा पश्चिमको…
यस्तो छ स्वास्थ्यमा सरकारको साझा न्यूनतम कार्यक्रम
स्वास्थ्यसमाचार/ सत्ता साझेदार दलहरूले बनाएको कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पारित गरेको छ। अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा बसेको बैठकले कार्यक्रमलाई अन्तिम रूप दिएको राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले बताए। न्यूनतम साझा कार्यक्रम सुशासन र विकासका कुरामा केन्द्रित रहेको उनको दाबी थियो। कार्यक्रममा प्रत्येक क्षेत्रलाई समेट्ने प्रयास गरिएको र जनतामा सेवा डेलिभरीको कुरालाई प्राथमिकता दिइएको उनले दाबी गरे। न्यूनतम साझा कार्यक्रममा स्वास्थ्यका ८ विषय समावेश छ। निरोगी नेपालस् स्वस्थ नागरिकु शिर्षकमा स्वास्थ्यका विषयहरु रहेका छन्। जसअन्तर्गत आधारभूत स्वास्थ्यदेखि बिमासम्मका विषयहरु रहेका छन्। यी हुन् ८ विषय निरोगी नेपालको अवधारणा…
बाँकेमा महामारीको रुप लिदै दादुरा :एक बालकको मृत्यु, दर्जनौ विरामी
बाँके । बाँकेमा दादुराले महामारीको रुप लिदै गरेकोमा स्वास्थ्यकर्मिहरु चिन्चित बनेका छन । दादुराकै कारण ३१ महिने बालकको बुधवार मृत्यु भएसगै दर्जनौ दादुराको विरामी रहेका बालबालिका जोखिममा रहेको स्वास्थ्यकर्मिहरुले बताएका छन । दादुराले विरामी भएका नेपालगञ्ज उपमहानगरपालिका(५ का ३१ महिने बालकको बुधवार मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठले बताउनु भयो । उहाँकाअनुसार सिकिस्त रहेका ति बालकको थप उपचारका लागी अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो । बाँकेमा पछिल्लो पटक दादुरा महामारीको रुपमा फैलिरहेको पाइएको छ । केहि दिनपहिले सम्म नेपालगञ्ज उपमहानगरपालिका(५,७ र ८ मा मात्र देखिएको…
वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. शक्ति बस्नेत सम्मानित
स्वास्थ्यसमाचार/ सिद्धबाबा हस्पिटलका वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. शक्ति बस्नेत सम्मानित भएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममाझ मदन भण्डारी स्पोर्टस एकेडेमीले डा. बस्नेतलाई सम्मानित गरेको हो । एकेडेमीको १४ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा एकेडेमीका संरक्षकसमेत रहेका प्रमुख अतिथी नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई सम्मानपत्रसहित सम्मानित गरेका थिए । मदन भण्डारी स्पोर्टस एकेडेमीले ‘सबैका लागि खेल’ भन्ने नाराका साथ आफ्नो स्थापना दिवस मनाएको हो । कार्यक्रममा विशिष्ट अतिथीका रुपमा मदन भण्डारी फाउण्डेसनकी अध्यक्ष उषा किरण भण्डारी रहेकी थिइन् । साथै, उक्त कार्यक्रममा खेलाडी,…
रेसुङ्गा नगरपालिकाको सहयोगमा हाडजोर्नी विशेषज्ञ सेवा सुरु
स्वास्थ्यसमाचार/ रेसुङ्गा नगरपालिकाको सहयोगमा गुल्मी अस्पतालमा हाडजोर्नी विशेषज्ञ सेवा सुरु गरिएको छ । हाडजोर्नी विशेषज्ञ सेवा उपलब्ध गराए बापत् रेसुङ्गा नगरपालिकाले गुल्मी अस्पतालका हाडजोर्नी विशेषज्ञ डाक्टरलाई सरकारले सो तहमा तोकेको तलब स्केल बराबरको प्रोत्साहन भत्ता उपलब्ध गराउने भएको हो । हाडजोर्नी विशेषज्ञ सेवा उपलब्ध गराउन आवश्यक पर्ने सि–आम मेसिन नगरपालिकाले उपलब्ध गराउने रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले जानकारी दिनुभयो । अहिले मेसिन खरिदका लागि टेण्डर आव्हान समेत गरिएको छ । जिल्लामै हाडजोर्नी सेवा सुरु भएकाले गुल्मी र यो सुविधा नभएका अन्य जिल्लाका नागरिकले पनि विशेषज्ञ सुविधा लिने भएको नगर प्रमुख…
युनिभर्सल मेडिकल कलेजमा पाठेघरबाट निकालियो १२ किलोको ट्युमर
स्वास्थ्यसमाचार /युनिर्भसल मेडिकल कलेज , भैरहवामा पाठेघरको शल्यक्रिया गरि १२ किलोको ट्युमर निकालिएको छ । वाग्लुङ्ग जिल्ला तमानखोला गाउँपालिका वडा नं ३, तमान स्थायी घर भएका वर्ष ४० कीे पुर्णिमा रसाइली लामो समयदेखि पेट दुख्ने, फुल्लिदै जाने, कुनै पनि काम गर्न ग्राहृो हुने समस्याबाट ग्रसित भए पछि उपचारको क्रममा विभिन्न जाँचहरु पश्चात् शल्यक्रिया गरि उक्त ट्युमर निकालिएको र हाल विरामीको अवस्था सामान्य रहेको छ । उक्त शल्यक्रिया महिला तथा प्रसुती रोग विशेषज्ञ प्रा डा बेखालक्ष्मी मानन्धर, डा.मनोज लम्साल, डा तारा के.सी डा.हसिना बानो, शल्यक्रिया रोग विशेषज्ञ डा.राजेश पौडेल र एनेस्थेसिया…
लुम्बिनी प्रादेशिक अस्पतालदेखि ब्लड बैंक सम्म गाडी रोक्न निषेध
स्वास्थ्यसमाचार/ बुटवलको अस्पताल लाईन क्षेत्रमा गाडी रोक्न नपाइने भएको छ । बुटवल उपमहानगरपालिकामा सरोकारवालाहरुसहित बसेको बैठकले लुम्बिनी प्रादेशिक अस्पतालदेखि ब्लड बैंक चोकसम्मको क्षेत्रमा पार्किङ गर्न र गाडी रोक्न नपाउने निर्णय गरेको हो । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयको अध्यक्षतामा बसेको बैठकले बुटवल नगरलाई सफा र सुन्दर बनाउन तथा भीडभाड कम गर्दै ट्राफिक व्यवस्थापन गर्न बुटवलका व्यस्त चोक तथा अत्यावश्यक सेवा क्षेत्र आसपासमा भीड कम गर्ने गरी व्यवस्थापन गर्ने निर्णय गरेको हो । बैठकले बुटवलका मुख्य सडकहरुको पार्किङ व्यवस्थापन गर्ने, राजमार्ग क्षेत्रमा रहेका टिकट काउण्टरहरु एकीकृत गरी बसपार्कभित्रै व्यवस्थापन गर्ने, लामो…