स्वास्थ्यसमाचार/ प्रदेश पूर्वाधार विकास प्राधिकरण लुम्बिनीले आह्वान गरेको लुम्बिनी प्रदेश अस्पतालको नयाँ भवन निर्माणको ठेक्का प्रक्रिया यथास्थितीमा राख्न उच्च अदालतले आदेश दिएको छ । गत साउन २५ गते उच्च अदालत तुलसीपुरको बुटवल ईजलासले अल्पकालिन आदेश जारी गर्दै ठेक्का प्रक्रिया अगाडि नबढाउन आदेश दिएकोमा आज बसेको इजलासले यथास्थितीमा राख्न आदेश दिएको हो । उच्च अदालतबाट यथास्थितीमा राख्ने आदेश आएसँगै भवन निर्माणको ठेक्का प्रक्रिया दोस्रो पटक रोकिएको हो । निर्माण व्यवसायी बलिभद्र रानाले ठेक्का प्रक्रियामा ‘सेटिङ’ भएको हुन सक्ने भन्दै दायर गरेको मुद्दामा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सुनुवाई गर्दै ठेक्का प्रक्रिया…
अस्पताल
लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयद्धारा ५० जना कर्मचारीको सरुवा
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयद्धारा मातहतका कार्यालयमा कार्यरत ५० जना कर्मचारीको सरुवा गरेको छ। स्वास्थ्य मन्त्रालयले नियमित सरुवा अनुसार चिकित्सक अहेब अनमी स्टाफ नर्स आयुर्वेद लगायतका स्वास्थ्यका कर्मचारीको काजसरुवा/सरुवा गरिएको हो। काजसरुवा÷सरुवा भएका कर्मचारीको सूचि सार्वजनिक गरिएको छ। लुम्विनी प्रदेश, स्वास्थ्य मन्त्रालय अन्तर्गत कार्यरत स्वास्थ्य सेवाका विभिन्न सेवा,समुह,तहका कर्मचारीहरुको सरुवा तथा कामकाज विवरण सरुवा विवरण हेर्न यहाँ क्लिक गर्नूहोस्
सरकारी अस्पतालको सेवा प्रभावकारी बनाउन समितिको निर्देशन
स्वास्थ्यसमाचार / लुम्बिनी प्रदेश सभाको सामाजिक विकास समितिले सरकारी अस्पतालहरुको सेवा प्रवाह लाईथप सहज, ब्यवस्थित र प्रभावकारी बनाउन निर्देशन दिएको छ । शुक्रबार बसेको प्रदेशको स्वास्थ्य मन्त्रालयका सचिब डा.विकास देवकोटा लगायतका अधिकारीहरु सहितको बैठकले उक्त निर्देशन दिएको हो । बैठकले सरकारी अस्पतालहरुको सेवा प्रवाहलाई थप सहज र ब्यवस्थित बनाउन र कोभिड–१९ बाट मृत्यु भएका परिवारले प्राप्त गर्ने राहत रकम प्राप्त गर्न बाँकी रहेका परिवारलाई तत्काल राहत रकम उपलब्ध गराउन निर्देशन दिने निर्णय गरेको समितिका सचिब गिरीराज खनालले वताए । समितिका सभापति बाबुराम गौतमको सभापतित्वमा बसेको बैठकमा समितिका सदस्य समेत रहेका…
प्रजनन स्वास्थ्य र अधिकारमा पहुँच पुर्याउन प्रदेश सरकार प्रतिवद्ध :मन्त्री थारु
स्वास्थ्यसमाचार/ परिवार नियोजन, यौन तथा प्रजनन स्वास्थ्य र अधिकारमा सबैको पहुँच पुर्याउन लुम्बिनी प्रदेश सरकारले प्रतिवद्धता व्यक्त गरेको छ । साथै स्थानीय सरकारले पनि प्रदेश सरकार सगँ सहकार्य गरि अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् । नेपाल परिवार नियोजन संघ नेपालको आयोजना तथा जिल्ला शाखा दाङको समन्वयमा आज घोराहीमा आयोजित प्रदेश स्तरीय परिवार योजना, यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सम्बन्धि प्रदेश स्तरीय पैरवी कार्यशाला गोष्ठी समपन्न भएको छ । उक्त कार्यक्रममा प्रदेशका मन्त्रीदेखि स्थानीय सरकारका जनप्रतिनिधिहरुले प्रजनन स्वास्थ्य र अधिकारमा नागरिकको पहुँच पुर्याउने कुरामा जोड दिदै यसलाई सहजीकरण गर्ने…
स्वास्थ्य मन्त्री थारुद्धारा प्रोटेवल अल्ट्रसाउण्ड मेसिन हस्तान्तरण
स्वास्थ्यसमाचार / प्रदेशका ग्रामीण क्षेत्रका महिलाहरुले आफ्नो गर्भावस्थाको बारेको जानकारी नपाएकै कारण अकालमै ज्यान गुमाउनु पर्ने बाध्यतालाई मध्यनजर गर्दै प्रदेश सरकारले पालिका स्तरमा अल्ट्रासाउण्ड कार्यक्रम लागू गरेको छ । मङ्गलवार गढवा गाउँपालिकाको गढवा स्वास्थ्य चौकिले आयोजना गरेको एकिकृत स्वास्थ्य तथा सरसफाई कार्यक्रमअन्तर्गत ग्रामीण अल्ट्रासाउण्ड उद्धघाटन कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री ईन्द्रजीत थारुले बाल मृत्यु दर र मातृ मृत्यु दर घटाउन र अनिवार्य स्वास्थ्य सेवाको रुपमा रहेको सुरक्षित मातृत्व कार्यक्रमलाई लुम्बिनी प्रदेशमा प्रभावकारी बनाउनका लागि ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम लागू गरिएको बताए । उनले यो प्रविधिको प्रयोग गरेर ग्रामीण क्षेत्रका गर्भवती…
लुम्बिनी प्रादेशिक अस्पताल संयुक्त ट्रेड युनियन कर्मचारीद्धारा संघीय निजामती सेवा ऐन जारी गर्न माग
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा कार्यरत संयुक्त ट्रेड युनियन आवद्ध स्वास्थ्यकर्मीहरुले निजामती ऐन छिटो ल्याउनुपर्ने माग गरेको छ। लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत कर्मचारीहरुले कर्मचारी मैत्री संघीय निजामती सेवा ऐन छिटो जारी दवाव दिने उदेस्यले कालोपट्टी बाँधेर बिरोध जनाएका हुन। नेपाल निजामती कर्मचारी संगठन लुम्बिनी प्रादेशीक अस्पताल प्रारम्भिक कमिटीकी अध्यक्ष सिता खनालले निजामती सेवा ऐनविहीन अवस्थामा मुलुकको स्थानीय संरचना क्रियाशील रहेकाले जतिसक्दो छिटो ऐन ल्याउनुपर्ने वताईन । नेपाल स्वास्थ्यकर्मि संघ लुम्बिनी प्रादेशिक अस्पताल इकाई कमिटीका अध्यक्ष भिम प्रसाद ज्ञवालीले कर्मचारी मैत्री संघीय निजामती सेवा ऐन छिटो जारी गर्नु पर्ने बताए।उनले सरकारले…
लुम्बिनीका ५ जिल्लामा ५ देखि १२ वर्ष मुनिका बालबालिकालाई आजबाट फाइजर खोप
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशका गुल्मी, पाल्पा, प्युठान, रोल्पा, रुकुम पूर्व सरकारले आजबाट ५ देखि १२ वर्षसम्मका बालबालिकालाई कोभिड–१९ विरुद्धको फाइजर खोप लगाईने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दोस्रो चरणमा ५० जिल्लाका बालबालिकालाई आजबाट फाइजरको पहिलो मात्रा दिन लागिएको हो। मन्त्रालयका अनुसार भदौ २७ गतेदेखि असोज १ गतेसम्म कोभिड–१९ विरुद्धको फाइजर खोपको दोस्रो मात्रा दिइनेछ। बालबालिकालाई दिइने फाइजर खोप सुरक्षित भएकाले ढुक्कसँग आफ्ना बालबालिकालाई लगाउन मन्त्रालयले आग्रह गरेको छ। यसअघि २७ जिल्लाका बालबालिकालाई सरकारले फाइजर खोप दिएको थियो।
कांग्रेस नेता प्रदीप गिरिको निधन आजै अन्येष्टि गरिने
स्वास्थ्यसमाचार/ नेपाली कांग्रेसका सांसद प्रदीप गिरिको निधन भएको छ। ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत गिरिको शनिबार राति निधन भएको हो। भारतमा क्यान्सरको उपचार गराएर आएपछि पुनः स्वास्थ्यमा समस्या देखा परेकाले उनी अस्पताल भर्ना भएका थिए। उनमा पछिल्लोपटक गम्भीर निमोनिया पनि देखा परेको थियो। उनी पार्टीभित्र बौद्धिक छवि भएका नेताका रुपमा चिनिन्थे। उनी समाजवादी चिन्तक र गान्धीवादी नेताका रुपमा सम्मानित थिए। २०१७ सालदेखि राजनीति सुरु गरेका गिरि २०५१ र २०७४ मा सिरहाबाट सांसद निर्वाचित भएका थिए।गिरिको अन्तिम श्रद्धाञ्जलीको समय र स्थान पनि पार्टीले तोकेको छ। तोकिए अनुसार २०७९ साल भाद्र ५ गते,…
कांग्रेस नेता गिरीको स्वास्थ्य अवस्था जटिल भेन्टिलेटरमा उपचार हुँदै
स्वास्थ्यसमाचार/ स्वास्थ्यमा समस्या भएपछि अस्पताल भर्ना गरिएका कांग्रेस नेता प्रदीप गिरीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ। गत साउनदेखि मेडीसीटी अस्पतालमा उपचाररत छन्। उनको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि बिहीबारदेखि भेन्टिलेटरमा राखेर उपचार गरिँदैछ। पछिल्लो समय उनको अवस्था ज्यादै नाजुक रहेको बताइएको छ।उनी बोल्न र सुन्न नसक्ने अवस्थामा छन्। उनको स्वास्थ्य अवस्थाबारे बुझ्न गएका कांग्रेसका नेताहरु निराश भएर फर्किएका छन्। शुक्रबार कांग्रेस नेता विमलेन्द्र निधि र रामहरि खतिवडा उनलाई भेट्न अस्पताल पुगेका थिए। तर, त्यहाँ गरिको जटिल अवस्था देखेपछि निराश भएर फर्किएका छन्। भेटपछि सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै नेता निधिले…
तिलोत्तमा डेंगु रोग नियन्त्रण तथा रोकथामका सम्बन्धमा अभिमुखीकरण
स्वास्थ्यसमाचार/तिलोत्तमा डेंगु रोग नियन्त्रण तथा रोकथामका सम्बन्धमा अभिमुखीकरण कार्यक्रम गरिएको छ। तिलोत्तमामा पछिल्लो समय डेंगुको संक्रमण बढ्दै गएपछि जोखिम कम गर्न र सावधानी अपनाउनका लागि समुदायमा पुगेर सचेतना जगाउने, उदेश्यका साथ अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो। नगरप्रमुख, उपप्रमुख र वडाअध्यक्ष नगरपालिका भित्रका स्वास्थ्यकर्मि सरोकारवाहरु लाई लामखुट्टेको बासस्थानको खोजी गरी सम्भावित स्थानमा अभियान गर्ने उदेश्यले अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको तिलोत्तमा नगरपालिका स्वास्थ्य संयोजक मोती पौडेलले बताए। उनले आईतबारदेखी लामखुट्टेको बासस्थान सरसफाइ र लार्भा नष्ट गर्ने अभियान चलाइने बताए। तिलोत्तमाका वडा नं १,२,३,४,६ र ७मा जोखीम क्षेत्र भएकाले आईतबार वडा जनप्रतिनिधि स्वास्थ्यकर्मी…