न्यूनतम सेवा मापदण्ड मुल्यांकनमा लुम्बिनी प्रादेशिक अस्पताल पहिलो

स्वास्थ्यसमाचार/बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा नेपालमै प्रथम भएको छ । सेकेन्डरी बी लेभल अस्पतालहरुको न्यूनतम सेवा मापदण्ड मूल्यांकनमा तेस्रो पटक प्रथम हुन सफल भएको स्वास्थ्य निर्देशनालय न्युनतम सेवा मापदण्ड मुल्यांकन समितिले जनाएको छ । न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा अस्पतालले यो वर्ष ८८ प्रतिशत अङ्क प्राप्त गरेको छ । अघिल्लो वर्ष ८० प्रतिशत अङ्क प्राप्त गरी पहिलो बनेको यस प्रादेशिक अस्पतालले यो वर्ष थप अंक प्राप्त गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुदर्शन थापाले वताउनु भयो । लुम्बिनी प्रदेश स्वास्थ निर्देशनालयले लुम्बिनी प्रादेशिक अस्पतालको सर्भेक्षण पश्चात मंगलबार र बुधबार…

मातृमृत्यु दरलाई न्युनिकरण गर्न लुम्बिनीमा बिस्तृत कार्ययोजना बनाईदै

स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशका स्वास्थ्य सचिब डा जनार्दन पन्थीले प्रदेशमा मातृमृत्यु न्युनिकरण गर्नको लागी बिस्तृत कार्ययोजना बनाएर अघि बढने बताउनु भयो। नेपाल भ्रमणमा रहेका बेलायतका विकास र अफ्रिका तथा राष्ट्रमण्डल विकास कार्यालयका मन्त्री एन्ड्र्यु मिचेललाई बुटबलमा स्वागत कार्यक्रम मा   डा पन्थीले लुम्बिनीमा १ लाख जिवित जन्ममा २ सय ७ जना आमाले ज्यान गुमाउने गरेको तथ्याकं छ यसलाई हामी न्युनिकरण गर्न कार्य योजना बनाएर अघि बढने बताउनु भएको हो। उहाँले भन्नु भयो लुम्बिनी प्रदेशमा मातृमृत्युर अरु प्रदेशमा भन्दा बढी छ । यसलाई हामीले नयाँ तरिकाले स्वास्थ्य संस्थामा मृत्युदर बढी भएको रेकड आएको…

बेलायतका विकास मन्त्री एन्ड्रयु मिचेल लुम्बिनी प्रादेशिक अस्पतालमा

स्वास्थ्यसमाचार/ बेलायतका विकास र अफ्रिका तथा राष्ट्रमण्डल विकास कार्यालयका मन्त्री एन्ड्रयु मिचेलले लुम्बिनी प्रादेशिक अस्पतालको भमण गर्नु भएको छ। उहाँलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी,बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय स्वास्थ्य सचिव डा जनार्दन पन्थी मेसु डा सुदर्शन थापा क्षेत्रीले स्वागत गर्नु भयो। लुम्बिनी प्रदेशमा मात्रृमृत्युदर उच्च रहेको आमा सुरक्षा कार्यक्रमको अबस्था अस्पतालमा सञ्चालनमा रहेको ओसीएमसी( लैगिंक हिंसा न्युनिकरण) लाई कमी गर्नको लागी थप लगानी बढाउने उदेश्यले मन्त्री एन्ड्रयु मिचेलको टोलीले अस्पतालको अवलोकन तथा जानकारी लिएको हो। लुम्बिनीको स्वास्थ्यको अबस्था बारे मुख्यमन्त्री चौधरी नगर प्रमुख पाण्डेयसँग भेटेर यहाँको स्वास्थ्य अवस्थाबारे जानकारी…

न्यू होराइजनद्वारा विशेषज्ञता हासिल गरेका डक्टरहरूलाई सम्मान

स्वास्थ्यसमाचार/न्यू होराइजन मावि, बुटवलले विद्यालयमा अध्ययन गरी मेडिकल क्षेत्रमा विशेषज्ञता हाँसिल गरेका डाक्टरहरुलाई सम्मान गरेको छ । ४४ जना बुटवल क्षेत्रमा कार्यरत एमडी डाक्टरमध्ये ३३ जना र गत वर्षको एसईईमा उत्तीर्ण भई एमविविएस, बीएस्सी नर्सिङमा नाम निकाल्न सफल गरी करिब ५० जनालाई सम्मान गरेको हो । उनीहरूलाई लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री भोजप्रसाद श्रेष्ठले डाक्टरहरुलाई सम्मान गरेका हुन् । सो अवसरमा बोल्दै पूर्वमन्त्री श्रेष्ठले होराइजन राष्ट्रको गौरव रहेको बताउँदै यसले शिक्षाको क्षेत्रमा ठूलो योगदान पु¥याएको बताए । अबको सम्मानित चिकित्सक जस्तै अब उत्पादन हुने होराइजनका विद्यार्थीहरुले देशमै केही गरेर देखाउनुपर्नेमा…

निर्माणाधीन पृथ्वीचन्द्र अस्पताल अन्तिम चरणमा

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–५ बुद्धचोकमा निर्माणाधीन पृथ्वीचन्द्र अस्पताल अन्तिम चरणमा पुगेको छ।लुम्बिनी प्रदेश सरकारको ‘एक जिल्ला, एक अस्पताल’ नीतिअनुसार निर्माण भइरहेको उक्त अस्पतालको हालसम्म भौतिक प्रगति ९५ प्रतिशत रहेको जनाइएको छ। पचास शय्याको उक्त अस्पताल निर्माणका लागि विसं २०७८ असार १४ गते श्यामसुन्दर एण्ड एन्डी जिबी कन्स्ट्रक्सनसँग रु १३ करोड ६६ लाखमा ठेक्का सम्झौता भएको थियो। गत असार ३ गतेसम्म निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएकामा कोभिडका कारण जनशक्ति तथा बालुवा र गिटीको अभावलगायत कारणले काम नसकिएपछि म्याद थप गरिएको निर्माण कम्पनीका इञ्जिनियर अरविन्द मण्डलले बताए। उनका अनुसार फागुन मसान्तसम्म उक्त…

अस्पतालको ११४ औं वार्षिकोत्सव फुटबल र भलिबल प्रतियोगिता

स्वास्थ्यसमाचार/लुम्बिनी प्रादेशिक अस्पतालले विविध अतिरिक्त क्रियाकलापसहित ११४ औं वार्षिकोत्सव मनाउने भएको छ । अस्पतालमा वार्षिकोत्सव कार्यक्रम अन्तरगत फुटबल र भलिबल प्रतियोगिता सम्पन्न भएको छ। अस्पतालका विभिन्न विभागमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूबीच मैत्रीपूर्ण फुटबल र भलिबल प्रतियोगीता भएको छ। खेलकुद संयोजक डा. रमेश अर्यालका अनुसार विभिन्न विभागका गरी ५ समूहले प्रतिष्पर्धा गरेको बताउनु भयो । बुटवल उपमहानगरपालिका–१२ रामनगरस्थित नेपाली सेनाको गणुदल गणको खेलमैदानमा खेल भएको थियो । खेलमा भलिबल तर्फ अस्पताल प्रशासन टीम प्रथम भएको छ भने दोश्रो ल्यावको टीम भएको छ। त्यस्तै भलिबलमा महिला तर्फ दिक्षा रिजालको टीम प्रथम…

सिकलसेल र थालेसिमिया लाई स्वास्थ्य बीमामा समावेश गरौ :मन्त्री केसी

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका सहरी विकासमन्त्री कृष्णा केसी ‘नमुना’ ले सिकलसेल एनिमिया र थालेसिमिया रोगको निदान र उपचारलाई स्वास्थ्य बीमामा समावेश गर्न अनुरोध गर्नुभएको छ । बाँके निर्वाचन क्षेत्र नं१ (१)१  बाट निर्वाचित मन्त्री केसीले बुधवार स्वास्थ्य बीमा वोर्ड काठमाडौं पुगेर वोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलामार्फत् यस्तो अनुरोध गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । वोर्डका कार्यकारी निर्देशक डा बसौलासमक्ष मन्त्री केसीले हजारौं सिकलसेल एनिमिया र थालेसिमियाका बिरामीको निदान र उपचार स्वास्थ्य बीमाको सुबिधा थैलीमा समावेश नगरिदा यस रोगका बिरामीले औषधी खरिद गर्नुपर्ने भएको भन्दै स्वास्थ्य बीमाले प्रदान गर्ने निःशुल्क औषधीको सुबिधा…

स्थापनाको ११४ बर्षमा लुम्बिनी प्रादेशिक अस्पतालमा क्याथ ल्याब सुरु

स्वास्थ्यसमाचार/लुम्बिनी प्रादेशिक अस्पताल स्थापनाको ११४ बर्षमा क्याथ ल्याब सेवा सुरु भएको छ । सेवा आजबाट सुरु भएको अस्पताल बुटबलले जनाएको छ।अस्पतालले सुरु गरेको यो सेवा संगै सर्वसाधारणको पहुँचको अस्पतालको रुपमा चिनिँदै आएको लुम्विनी प्रादेशिक अस्पतालमा मुटुका बिरामीहरुलाई राहत हुने भएको छ। एनजीओग्राम सेवा मान्छेको मुटुमा भएको ‘ब्लकएज’ परीक्षण गर्ने विधि हो ।सो सेवा सञ्चालनमा आएपछि लुम्बिनी प्रदेश र आसपासका जनता उपचारका लागि राजधानीसम्म धाउनुपर्ने बाध्यता हटेको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुदर्शन थापाले आज एकै दिन २ जना बिरामीको एन्जियोग्राम गरेको वताउनु भयो। आज पहिलो दिन अस्पतालले गुल्मीका ७५…

कपिलवस्तु दुर्घटनाका ३ मृतकको सनाखत, ३० जना उपचाररत (घाइतेको विवरणसहित)

स्वास्थ्यसमाचार/पूर्व पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही खोलामा बुधवार मध्यरातमा भएको बस दुर्घटनाका मृतकमध्ये ७ जना पुरुष र ३ जना महिला छन्। यीमध्ये तीन जनाको मात्र सनाखत भएको छ। कपिलवस्तु प्रहरीका अनुसार नाम थर वतन नखुलेको वर्ष अ २५/२६ को पुरुष व्यक्ति ०५ः२५ बजे आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटाले मृत घोषणा गरेको छ।यसैगरी नाम थर वतन नखुलेको वर्ष अं.२५/२६ कै पुरुष व्यक्ति ०५ः२५ बजे आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटाले मृत घोषणा गरेको छ। अर्का एक मृतकको रौतहट जिल्ला पहुराही नपा ३ बस्ने वर्ष ४६ को नारायण ब। भण्डारीलाई रहेको र…

कपिलवस्तुमा बस दुर्घटना १० जनाको मृत्यु, ३० घाइते बुटबल र कपिलबस्तुमा उपचार हुदै

स्वास्थ्यसमाचार/पूर्व पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही खोलामा मध्यरातमा भएको बस दुर्घटनामा १० जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक अनिश भण्डारीले दिएको जानकारी अनुसार बुधबार राति १ बजे भएको बस दुर्घटनामा मृतकको संख्या १० जना पुगेको छ । महेन्द्रनगरबाट काठमाडौंतर्फ जाँदै गरेको उक्त बस सुरही खोलामा खस्दा १० जनाको मृत्यु भएको हो। प्रहरीकाअनुसार ३२ जना घाइतेमध्ये ८ जनाको अवस्था गम्भिर छ । सुदुर पश्चिमको सुनौलो महाकाली यातायातले सञ्चालन गरेको सु–प–प्र–०२–००१ ख ००९८ नम्बरको बस बाटोबाट २ सय मिटर तल खसेको हो। चन्द्रौटा देखि…