स्वास्थ्यसमाचार /स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स्वास्थ्यकर्मी कार्यरत गृह मन्त्रालय अन्र्तगत रहेको केन्द्रिय कारागार अस्पतालको सेवा विस्तार,परिष्कृत र प्रभावकारी बनाऊन अस्पतालको अन्तरमन्त्रालय समन्वय बैठकद्धारा भएको छ। पटक पटकको भेटघाट र निरन्तरको पहलले पहिलोपटक २०७९ फागुन २१ गते गृह र स्वास्थयका सचिवहरुको बैठक बसेको थियो । सचिवस्तरको बैठकले गठन गरेको कार्यदल समितीमा कारागार ब्यवस्थापन बिभागको महानिर्देशकको संयोजकत्वमा गृह र स्वास्थ्य मन्त्रालयका नीती,योजना तथा अनुगमनका महाशाखा प्रमुख,स्वास्थ्य सेवा बिभागको उपचारात्मक महाशाखाका निर्देशक र केन्द्रिय कारागार अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट सदस्य सचिव रहेका छन। स्वास्थ्यको एघारौ तह अर्थात सहसचिवको नेतृत्वमा रहेको अस्पतालमा दिनहु बढेका…
अस्पताल
रेसुङ्गा नगरपालिकाद्वारा गुल्मी अस्पतालमा सि-आम मेशिन मेसिन हस्तान्तरण
स्वास्थ्यसमाचार/ रेसुङ्गा नगरपालिकाले गुल्मी अस्पताललाई २८ लाख मूल्यको हाडजोर्नी शल्यक्रियाका लागि सि-आम मेशिन मेसिन उपलब्ध गराएको छ । नगरपालिकाले मंगलबार गुल्मी अस्पताल बिकास समिति अध्यक्षको रोहवरमा हाडजोर्नी बिशेषज्ञलाई उक्त मेसिन हस्तान्तरण गरेको हो । जिल्ला सदरमुकाममा रहेको गुल्मी अस्पतालमा हाडजोर्नी सेवालाई सहज बनाउनका लागि उक्त मेसिन हस्तान्तरण गरिएको रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले बताए । गुल्मी अस्पतालमा बिशेष डाक्टरको अभावका कारण हाडजोर्नी लगाएतका समस्या भएका बिरामीहरुका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता थियो । गुल्मी अस्पतालमा हाडजोर्नी बिशेषज्ञ आइसकेपछि डाक्टरलाई टिकाइ राख्न नगरपालिकाले तलब बराबरको सेवा सुविधा उपलब्ध गराएको छ ।…
जलनका विरामीहरुलाई आर्थिक सहयोग उपलब्ध गराउन सरकारसँग सांसद डा चन्द्र भण्डारीको माग
स्वास्थ्यसमाचार/नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले जलन पीडितलाई पनि सरकारले सहयोग गर्नुपर्ने बताएका छन् । क्यान्सर, मुटु र किड्नीका बिरामीलाई सरकारले उपचार खर्च दिइरहेको र त्यसमा जलन पीडितलाई पनि दिन आग्रह गरेका छन् । खाना पकाउने ग्याँसको जलेर घाइते भई भारत र नेपालमा उपचार गराएका सांसद भण्डारी पहिलोपटक बुधबार प्रतिनिधिसभा बैठकमा बोलेका हुन् । सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा भण्डारीले दुर्गम क्षेत्रका र आर्थिक अवस्था कमजोर भएका जलन पीडितको पक्षमा सरकारले निर्णय गर्नुपर्ने माग गरेका छन् । गत पुस ३ गते भण्डारी बस्दै आएको बुद्धनगरस्थित घरमा ग्यास सिलिण्डर…
स्वास्थ्यमा अस्तव्यस्त कर्मचारी ,पहाडमा दरबन्दी तराईमा काज, तलब खान सकस
स्वास्थ्यसमाचार/ स्थानीय तहका जनप्रतिनिधिले स्वास्थ्य क्षेत्रमा आफूखुशी दरबन्दी दिएर कर्मचारी राख्दा तराईका जिल्लामा तलब खुवाउन समस्या परेको छ ।स्वास्थ्य सेवामा रहेका कर्मचारीहरु अधिकांशले पहुँचको भरमा तराईको सुगम क्षेत्रका पालिकामा दरबन्दी मिलाएका छन् । जसले गर्दा एकातिर पहाडी क्षेत्रमा दरबन्दीअनुसार स्वास्थ्यकर्मी छैनन् भने अर्कोतिर तराईका पालिकामा आवश्यकभन्दा बढी कर्मचारी रहेका छन् । यहि कारण विभागीय मन्त्रालयले समयमा तलब व्यवस्थापन गर्न सकेको छैन ।स्थानीय निकायका जनप्रतिनिधिले आफूखुशी दरबन्दी दिने र स्वास्थ्य मन्त्रालयले आवश्यकताको आधारमा काममा खटाउने भन्दा पनि पहुँचको भरमा अनावश्यक कर्मचारी थोपर्दा तलब खुवाउन समस्या भएको स्वास्थ्यकर्मीको भनाई छ। ‘जनप्रतिनिधिले आफ्नो…
बुटवलको एकवर्षे उपलब्धि : दुई अस्पताल निर्माण, र सडक मर्मत
स्वास्थ्यसमाचार/बुटवल उपमहानगरपालिकाले एक वर्षको उपलब्धि सार्वजनिक गरेको छ । २०७९ वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका खेलराज पाण्डे मेयर र नेकपा एमालेकी सावित्रादेवी अर्याल उपमेयर निर्वाचित भएका थिए । उनीहरुले जेठ ९ गते कार्यप्रारम्भ गरेको एक वर्ष पुगेको अवसरमा ४९ बुँदे प्रगति सार्वजनिक गरेका हुन् योजनाहरुको शिलान्यास तथा उद्घाटन, फुटपाथ तथा रिक्सा व्यवस्थापन, सुकुम्बासीहरुको तथ्याङ्क संकलन, बेरोजगारहरुको तथ्याङ्क संकलन लगायतका बुँदाहरुलाई एकवर्षे कार्यकालको उपलब्धिमा समावेश गरिएको छ । बुटवल उपमहानगरपालिका–१३ र १७ मा निर्माण भएको १५र१५ बेडको अस्पताल आगामी साउनदेखि सञ्चालनमा ल्याउने मेयर पाण्डेले प्रतिवद्धता जनाएका छन्…
तिलोत्तमाका स्वास्थ्यकर्मीले छ महिनादेखि पाएनन् तलबभत्ता
स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीले छ महिनायता तलबभत्ता पाएका छैनन् । मंसिरको तलबभत्ता बुझे पनि त्यसयता नपाएको भन्दै स्वास्थ्यकर्मी ज्ञापन पत्र देखी कार्यलयमा कालो पट्टी बाँधेर काम सुरु गरेका छन। स्वास्थ्यकर्मीहरुले नगरउपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापनपत्र बुझाएका हुन् । तिलोत्तमा नगरपालिकामा ४५ जना स्वास्थ्यकर्मीको दरबन्दी रहेकोमा अहिले ७८ जना कार्यरत छन् । दरबन्दी भन्दा बढी स्वास्थ्यकर्मी कार्यरत भएपछि संघीय सरकारले दरबन्दी अनुसारको मात्रै तलव पठाएको छ । त्यसमा पनि गत आर्थिक वर्षमा वृद्धि भएको १५ प्रतिशत तलव नपठाएको तिलोत्तमा–४ स्थित आधारभूत स्वास्थ्य केन्द्रका प्रमुख इश्वरी पौडेलले बताए । तत्कालीन स्वास्थ्यमन्त्री…
लुम्बिनी प्रादेशिक अस्पतालको विकासका लागि नीजी क्षेत्रको हातेमालो गर्न तयार
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पतालको विकासका लागि नीजी क्षेत्र हातेमालो गर्न तयार रहेको बताएका छन् । प्रादेशिक अस्पताल बुटवलले आयोजना गरेको नीजी क्षेत्रका व्यवसायी तथा संघ संस्थाका प्रतिनिधहरु संगको छलफल कार्यक्रममा बोल्दै नीजी क्षेत्रका व्यवसायीक संघ संस्थाका प्रमुख तथा प्रतिनिधिले अस्पतालको सेवा सुधार सहित भौतिक पुर्वाधार लगायतका विषयमा सहकार्य गर्न तयार रहेको बताएका हुन । नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य उज्जवल प्रसाद कसजुले विगतका दिनहरुमा पनि बुटवल उद्योग बाणिज्य संघले प्रशुती गृह निर्माण सहितका विभिन्न भौतिक पुर्वाधार निर्माणमा काम गरेको भन्दै आगामी दिनमा भौतिक, नैतिक सहकार्यका लागि बुटवल उद्योग बाणिज्य…
लुम्बिनी प्रदेशको स्वास्थ्यमन्त्री बने राजु खनाल
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशको स्वास्थ्यमन्त्री राजु खनाल नियुक्त भएका छन । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज नेपाली कांग्रेसका राजु खनाललाई स्वास्थ्यमन्त्रीमा नियुक्त गरेका हुन् । खनाल गत ४ मंसिरमा सम्पन्न प्रदेश सभा सदस्य निर्वाचनमा दाङ –२ (१) बाट निर्वाचित भएका थिए । त्यस्तै, मुख्यमन्त्री चौधरीले रुपन्देहीबाट निर्वाचित जनमतका चन्द्र केश गुप्तालाई सामाजिक विकास र बाँकेबाट निर्वाचित जसपाका भण्डारीलाल अहिरलाई कृषि तथा भूमि व्यवस्थामन्त्रीमा नियुक्त गरेका छन् । नवनियुक्त मन्त्रीकोे बुटवलस्थित प्रदेश प्रमुख कार्यालयमा शपथ ग्रहण गराइएका छ।
एचआइभी चुनौती, बाधा तथा अधिकार उल्लंघन सम्वन्धि प्रदेश स्तरिय गोष्ठी सम्पन्न
एचआईभीस्वास्थ्यसमाचार/लक्षित समूहद्वारा अनुभव गरिएका चुनौती, बाधा तथा अधिकार उल्लंघन सम्वन्धित प्रमाणमा आधारित वकालत विषयक प्रदेश स्तरिय कार्यगोष्ठी सम्पन्न भएको छ। आशा ज्योति सेवा समुहको आयोजना सेभ द चिल्ड्रेन,ग्लोबल फन्ड को आर्थिक सहयोग तथा एनपीएन लुम्बिनीको समन्यनमा कार्यक्रम भएको हो। उक्त प्रदेश स्तरिय कार्यगोष्ठीमा बोल्दै एनपीएन लुम्बिनीका प्रदेश संयोजक अर्जुन ज्ञाबलीले कार्यक्रमको बारे जानकारी गराउदै लुम्बिनी प्रदेशले स्वास्थ्य निति बनाउदा समेत एचआई नसमेटेको बताउनु भयो। उहाँले लुम्बिनी प्रादेशिक अस्पतालमा एआरटी सेन्टर र सवगृह एकै ठाउँमा भएकोले अनेत्र ब्यबस्थापन गर्नु पर्ने बताउनु भयो। संस्थाले संक्रमितिको उपचार तथा अन्य शिक्षा पोषणमा पनि यस…
लुम्बिनी प्रादेशिक अस्पतालको विकास हातेमालो गर्न आवश्यक
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पतालको सर्वशुलभ र गुणस्तरिय सेवा प्रवाह तथा विकास सन्दर्भमा छलफल तथा अन्तरक्रिया गरिएको छ । बुटवलमा आयोजना गरिएको कार्यक्रममा विभिन्न दलका नेता तथा सरोकारवाला व्याक्तिहरुले यस क्षेत्रको गहनाको रुपमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालको गुरुयोजना अनुसार विकास हुनुपर्ने कुरामा जोड दिएका थिए । अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले जिल्ला अध्यक्ष तेजेन्द्र केसीले बोल्दै अस्पतालको अविलम्ब गुरुयोजना अनुसारको भवन निर्माण अगाडी बढाउनुपर्ने वताउनु भयो। यस्तै कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष निर्मल जिसीले अस्पताल सबैको साझा सम्पत्ती भएको कारण यसको श्रीवृद्धिमा सबै जना…