स्वास्थ्यसमाचार/ भैरहवास्थित भीम अस्पतालमा सिटी स्क्यान सेवा शुभारम्भ भएपछि बिरामीहरुलाई सहज र राहत भएको छ । २ करोड ७४ लाख ४० हजार रुपैयाँ लागतमा अस्पतालमा सिटी स्क्यान राखिएको थियो ।सेवा शुभारम्भ भएपछि हालसम्म २७ जना बढी बिरामीले सेवा लिएको भीम अस्पतालकी मेडिकल सुपरिटेण्डेण्ट (मेसु) डा. सकन्तुला गुप्ताले बताइन् । अस्पतालको सेवा विस्तारका क्रममा सिटी स्क्यान मेशिन थपिएपछि सेवाग्राहीबाट राम्रो प्रतिक्रिया आएको बताइन् ।लुम्बिनी प्रदेशसभा सदस्य तथा मन्त्री सन्तोष कुमार पाण्डेयको पहल र अग्रसरतामा अस्पतालमा सिटी स्क्यान मेशिन राखिएको डा. गुप्ताले बताइन् । ‘माननीय सन्तोष कुमार पाण्डेय लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार…
अस्पताल
अन्तराष्ट्रिय नर्सिङ दिवस:नर्सिङ पेशा मात्रै नभएर मानवीय सेवा गर्ने ठूलो अवसर
स्वास्थ्यसमाचार /अन्तराष्ट्रिय नर्सिङ दिवसको अवसरमा लुम्बिनी प्रादेशिक अस्पतालमा नर्सिङ पेशा अवसर चुनौति र समाधान विषयमा वक्तृत्व प्रतियोगिता सम्पन्न भएको छ। अन्तराष्ट्रिय नर्सिङ दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनीहरुले नर्स पेशा मात्रै नभएर मानवीय सेवा गर्ने ठूलो अवसर भएको बताए । नर्सिङ सम्भावना नै सम्भावना भएको पेशा रहेको बताउदै लुम्बिनीका नर्सहरुले विचलित नहुन आग्रह गरेका छन् । नर्स विना स्वास्थ्य उपचार असम्भव भएको बताउदै नर्सहरुले अब अस्पतालसंगै नर्सहरुको आवश्यकता सामुदायले समेत खोज्दा दायरा फराकिलो बनेको बताए । अहिले अस्पतालसंगै कलेज, सामुदायिक संस्थाहरुले समेत नर्स राख्न थालेको र रोजगारीको क्षेत्र बढ्दै गएको…
लुम्बिनी प्रदेशका स्वास्थ्य सचिब डा जनार्दन पन्थी द्धारा पदबहाली
स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशका स्वास्थ्य सचिब डा डाक्टर जनार्दन पन्थी स्वास्थ्यमन्त्रालय देउखुरीमा गएर गएर पदभार ग्रहण गरेका छन् । संघीय संघिय सरकारको बैशाख २० गते बसेकोे मन्त्री स्तरीय निर्णय वाट लुम्बिनी प्रदेशको स्वास्थ्य सचिबमा नियुक्त गर्ने निर्णय गरेको थियो। कार्यभार सम्हाल्दै सचिव पन्थीले विपतको व्यवस्थापनमा प्रदेशका सम्पूर्ण स्वास्थ्य संस्थालाई समयमै सजक अवस्थामा राख्ने निर्णय गरेका छन् । यसअघि स्वास्थ्य सचिव रहेका डा विकास देवकोटा बाह्रौँ तहमा बढुवा भई संघीय स्वास्थ्य मन्त्रालयमा गएपछि लुम्बिनीको स्वास्थ्य मन्त्रालय सचिव विहीन थियो । चैत्र २० गते बसेको लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश स्वास्थ्य निर्देशनालयमा निर्देशकको…
अर्घाखाँचीमा आगो निभाउने क्रममा जलेर घाइते ४ जनाको उपचारको क्रममा मृत्यु
स्वास्थ्यसमाचार /अर्घाखाँचीमा आगो निभाउने क्रममा जलेर घाइते भएका ४ जनाको उपचारको क्रममा मृत्यु भएको छ। मंगलबार दिउँसो भुमिकास्थान नगरपालिका–२ तिरतिरे खोला गाउँका पदम वेल्वासेको घरमा सल्किएको आगो निभाउने क्रममा घाइते भएका चार जनाको उपचारको क्रममा मृत्यु भएको हो ।घाइते माध्ये २ जनाको पाल्पाको मिसन अस्पतालबाट काठमाडौैं ल्याउँदै गर्दा बाटोमा र २ जनाको कीर्तिपुर अस्पतालमा निधन भएको हो । मृत्यु हुनेमा ७२ वर्षीय पिताम्बर बेल्बासे, ५५ वर्षीय पदम बेल्बासेको गएराति १० बजे निधन भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ। ५२ वर्षीय घनश्याम वेल्वासे र ३६ वर्षीय माधव वेल्वासेको कीर्तिपुर अस्पतालमा…
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा जनार्दन पन्थी
स्वास्थ्यसमाचार/ सरकारले लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयको सचिवमा डा डा जनार्दन पन्थी लाई सरुवा गरेको गरेको छ। सरकारले डा विनोदकुमार गिरीको जिम्मेवारी फेर्दै पन्थीलाई पठाउने निर्णय गरेको हो। डा बिकास देबकोटाको १२ तहमा बढुवा भएपछि खाली रहेको लुम्बिनीको स्वास्थ्य सचिबमा लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य निर्देशक डा विनोदकुमार गिरीलाई सचिबको जिम्मेबारी दिएको थियो । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले लुम्बिनी र बागमती प्रदेशको स्वास्थ्य सचिव सहित ४४ जना सहसचिवहरुको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको छ । सरकारले एकै पटक ४४ जना सहसचिवको पदस्थापन सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले…
लुम्बिनी प्रदेशमा नियमिति खोपबाट १२ हजार बालवालिका वञ्चित
स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका १२ जिल्लामा नियमिति खोपबाट १२ हजार बालवालिका वञ्चित भएका छन । जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीले राष्ट्रिय खोप कार्यक्रम अन्र्तरगत स्वास्थ्य संस्था तथा पालिका स्तरीय सूक्ष्मयोजना तर्जुमा तथा सरसफाई प्रवर्द्धन सम्बन्धी ३दिने कार्यक्रम उक्त कुरा बताईएको हो। जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीको आयोजनामा सुरु भएको कार्यक्रममा कोटहीमाई,मर्चबारी र सम्मरीमाई गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हेल्थपोष्ट ईन्र्चाजहरु गरि ३० जनाकोे कार्यक्रममा सहभागीता रहेको छ। सम्मरीमाई गाउँपालिकाका स्वास्थ्य शाखा मुन्सी प्रसाद माझीको अध्यक्षता गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत झबिलाल भट्राईको प्रमुख आतिथ्य जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका खोप अधिकृत चिन्तामणी ज्ञाबलीको संञ्चालन खोप अधिकृत भेषराज शर्माको…
रोहिणी–२ मा स्वास्थ्य चौकी भवन शिलान्यास
स्वास्थ्यसमाचार/रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर २ मा स्वास्थ्य चौकी भवन बन्ने भएको छ । रोहिणी–२ स्थित खरबिन्द टोलमा निर्माण हुने स्वास्थ्य चौकी भवनको आइतबार रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले शिलान्यास गरेका हुन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री प्रसाद गौतमले स्वास्थ्य चौकी भवन निर्माणका लागि रु. १ करोडको संघीय बजेट रहेको र त्यसमा पालिकाले अलिकति योगदानमा गरौं भनेर रु. १ करोड २५ लाखको ईस्टिमेट तयार गरिएको बताए । उनले भने, ‘रु. ८५ लाखमा ठेक्का सम्झौता भएको छि । असार मसान्तसम्म रु. ८५ लाखको काम हुनेछ । डीपीआर तयार गरेका…
स्वास्थ्यमन्त्री को पहिलो निर्णय :स्वास्थ्य उपचार विशेष कार्यक्रम सञ्चालन गर्ने
स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य उपचार विशेष कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेका छन् । बिहीबार पदभार ग्रहणपछि मन्त्री बस्नेतले नियमित सेवाका अलावा कोरोना, डेंगु लगायतका सरुवा रोग फैलिन नदिन प्रदेश र स्थानीय तहका साथै दातृ निकायको समन्वयमा स्वास्थ्य उपचार विशेष कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेका हुन् । साथै उनले स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउने र अस्पतालहरुमा उपचार सेवा र उपलब्ध साधन स्रोतको अधिकतम उपयोग भए नभएको अनुगमन गर्न अतिरिक्त स्वास्थ्य सचिवको नेतृत्वमा अनुगमन समिति बनाउने निर्णय पनि गरेका छन् । पदभार ग्रहणसँगै नवनियुक्त स्वास्थ्यमन्त्री बस्नेतको यस्तो छ पहिलो…
पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा विद्यालय, नर्स’ कार्यक्रम सुरु
स्वास्थ्यसमाचार/ पाल्पाको रैनादेवी छहरा गाउँपालिकाले ‘एक मध्यमिक विद्यालय, एक नर्स’ कार्यक्रम सुरु गरेको छ । विद्यालयमा बालबालिकाको नियमित उपस्थिति र स्वास्थ्य परीक्षणका लागि गाउँपालिकाले आन्तरिक स्रोतबाट करारमा नर्स नियुक्ति गरेको हो । गाउँपालिकाले वडा-४ स्थित भैरव नवदिप माध्यमिक विद्यालयबाट गत भदौ महिनादेखी यो कार्यक्रमको सुरुवात गरेको छ । स्टाफ नर्स श्रृष्टि कार्कीलाई नर्स शिक्षकको रुपमा जिम्मेवारी दिइएको विद्यालयले जनाएको छ । विद्यालयमा नर्स शिक्षक राखेपछि नियमित पठन-पाठनमा धेरै सुधार आएको विद्यालयका प्रधानाध्यापक झलकबहादुर रायमाझीले बताउनुभयो । ‘पहिले दिनमा ५/७ जना बिरामी भई राख्थे, अभिभावकलाई बोलाएर घर पठाउनुपथ्यो’, उहाँले भन्नुभयो, ‘तर अहिले विद्यालयमै उपचार…
मेडिकल सुपरिटेन्डेन्ट डा.राजेन्द्र आफै ओपिडी बस्छन गुल्मी अस्पतालमा
स्वास्थ्यसमाचार/गुल्मी अस्पतालमा अस्पताल प्रमुख (मेसु) आफै बहिरसंग बिभाग (ओपिडी)मा बसेर बिरामी जाँच्न थालेका छन् । गत महिना अस्पताल प्रमुखको रुपमा सरुवा भएर आएका डा. राजेन्द्र जिसी ओपिडी बसेर बिरामी जाँच्न थालेका हुन् । पहिला पहिला अस्पताल प्रमुख (मेसु)लाई भेट्न प्रशासनिक कार्यकक्षमा मात्र बस्ने र ओपिडी नबस्ने भएकोले गुल्मीबासीका लागि यो अचम्मको विषय बनेको छ । ‘गुल्मी अस्पतालमा यस अघि मेसु भेट्न प्रशासनतिर खोज्दै जानुपथ्र्यो, अहिले मजाले बसेर बिरामी जाँचेको देख्न पाउँदा खुसी लागेको छ’, नेपाली काँग्रेस गुल्मीका सहसचिव धर्मराज पाण्डेले भने, ‘प्रशासनिक काम पनि भ्याएर मेसु आफैले बिरामी जाँच गर्नु…