स्वास्थ्यसमाचार /औषधि व्यवसायी संघ रूपन्देहीको अध्यक्षमा सुरज भट्टराई विजयी भएका छन् । प्रतिस्पर्धी जवाहरलाल न्यौपानेलाई पछि पार्दै भट्टराई विजयी भएका हुन्। कुल ४ सय ६३ मतमध्ये भट्टराईले ३ सय २९ मत प्राप्त गरेका छन भने प्रतिस्पर्धी जवाहरलाल न्यौपानेले १ सय २८ मत प्राप्त गरेका थिए । मतदानका क्रममा ६ भोट बदर भएको निर्वाचन समिति संयोजक प्रा.डा.कृष्ण भट्टराईले वताए। नयाँ नेतृत्वका लागि अन्य पदमा सहमति जुटे पनि अध्यक्षका लागि सहमति नहुँदा निर्वाचन भएको थियो । शनिबार प्राप्त मतपरिणम अनुसार संस्थापन समूहका भट्टराई भारी मतले विजयी भएका हुन् । त्यस्तै, कोषाध्यक्ष पदका…
समाचार
अर्थोडेन्टिक चिकित्सकहरुको अन्तराष्ट्रिय सम्मेलन रुपन्देहीमा सुरु
रुपन्देही २७ भाद्र ओठ तथा तालुको खुडेपना र डेन्टल सम्बन्धी काम गर्ने चिकित्सकहरुहको अन्र्तराष्ट्रिय सम्मेलन रुपन्देहीमा सुरु भएको छ । दुई दिन सम्म चल्ने सम्मेलनमा नेपाल लगायत विभिन्न देशका ओँठ तथा तालुको खुडेपाना र डेन्टल सम्बन्धी विद्याबारिधी गरेका चिकित्सकहरुको सहभागीता रहेको छ । तिलोत्तमा–१७ कोटिहवामा रहेको टाईगर प्यालेसमा आयोजना गरिएको सम्मेलन अर्थोडोनिक्स एण्ड डेन्टो फिसीकल अर्थोपेडीक एशोसीयसन अफ नेपाल(ओडान)ले आयोजना गरिएको हो । १० औं अन्तराष्ट्रिय सम्मेलन नाम दिएको सेमिनारमा अर्थोडेन्टिक तथा डेन्टोफिशियल अर्थोपेडिक्स चिकित्सकहरुले विशेष प्रस्तुतीकरण समेत गरेका छन् । अर्थोडोनिक्स एण्ड डेन्टो फिसीकल अर्थोपेडीक एशोसीयसन अफ नेपाल(ओडान)का केन्द्रीय…
गरीब जनताको स्वास्थ्य बीमा रकम राज्यले तिर्छः स्वास्थ्य मन्त्री यादव
रुपन्देही, २७ भादै । स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले स्वास्थ्य बीमा वापतको रकम गरीब जनताले तिर्न नसके राज्यले नै तिर्ने बताएका छन् । मन्त्री यादवले रुपन्देहीको मझगावा हेल्थपोष्टको भबनको उद्घाटन समारोहमा बोल्दै ७७ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू गरिने र स्वास्थ्य बीमाका रकम तिर्न नसक्ने गरीब जनताको पैसा राज्यले नै तिर्ने नीति सरकारको रहेको जानकारी दिएका हुन् । साथै मन्त्री यादबले ज्येष्ठ नागरिकहरुको स्वास्थ्य बीमा पनि छिट्टै सुरु हुने बताए । शहरी विकास तथा भवन निर्माण मन्त्रालयलको २ करोड २९ लाखको लगातमा उक्त भवनको निमार्ण सम्पन्न भएको हो ।…
औषधि व्यवसायी संघ रुपन्देहीमा नयाँ नेतृत्वको लागीे निर्बाचन हुने
स्वास्थ्यसमाचार /नेपाल औषधि व्यवसायी संघ रुपन्देही शाखाको नेतृत्वको लागि भाद्र २८ गते निर्वाचन हुने भएको छ ।औषधि विक्रि वितरण गर्ने व्यवसायीहरुको साझा संस्थाका रुपमा रहेको संघको भदौं २८ गते निर्वाचन हुने भएको हो। अधिवेशनले संघको आगामी नेतृत्व चयन गर्ने छ । त्यसका लागि निर्वाचनको तयारी संघले सुरु भैसकेको छ । नयाँ नेतृत्व चयन गर्ने भएपछि औषधि व्यवसायीहरुलाई चुनावी माहोलले छोएको छ ।संघको आगामी नेतृत्व सर्वसम्मत बनाउनु पर्दछ भन्ने मान्यता आम औषधि व्यवसायीहरुमा रहेको भएपनि सबै पदमा सर्वसम्मत हुने अबस्था नदेखीएको ब्यबसयीको भनाई छ । संघको चुनावी मैदानमा वर्तमान कार्यसमितिका उपाध्यक्ष…
सिद्धार्थनगर भित्र डेंगु रोग नियन्त्रण गर्न सामुहिक पहल गर्ने
स्वास्थ्यसमाचार /सिद्धार्थनगर नरगपालिका क्षेत्रका विद्यालयका प्राचार्यहरुले नगरभित्र डेंगु रोग नियन्त्रण गर्न सामूहिक पहल गर्ने प्रतिबद्धता जनाएका छन् । मुलुकभरका ६२ जिल्ला अहिले डेंगु रोग फैलिएको छ । त्यसबाट ७ हजार बढी नागरिक संक्रमित भएका छन् । रुपन्देहीमा पनि डेढसयको हाराहारीमा डेंगु रोगी फेला परेका छन् । डेंगुको संक्रमण रोक्न सिद्धार्थनगरले बिहीबार नगरभित्रका सामुदायिक, संस्थागत र धार्मिक विद्यालयका प्रचार्यसँग छलफल गरी सबैलाई आआफ्नो क्षेत्रबाट प्रयास गर्न अनुरोध गरेको छ । नगर प्रमुह हरिप्रसाद अधिकारीले नगरभित्र डेंगुको संक्रमण देखिन थालेको भन्दै विद्यालयहरुले पहल गरे त्यसबाट बच्न सकिने जनाए । उनले विद्यार्थीलाई डेंगुको…
सैनामैना नगरपालिकाद्वारा डेँगु रोग नियन्त्रण गर्न अभिमुखीकरण
स्वास्थ्यसमाचार /देशभरि नै डेँगुको संक्रमण बढ्दै गएपछि सैनामैना नगरपालिका स्वास्थ्य शाखाले डेँगु रोग नियन्त्रण एवं रोकथाम गर्न सैनामैनाका स्वंयसेविकाहरु तथा सरोकारवाला निकायलाई एकदिने अभिमुखीकरण कार्यक्रम गरेको छ । देशका अधिकाशं क्षेत्रमा लामखुट्टेको टोकाइबाट मानिसको ज्यान समेत गएको र डेँगुको संक्रमणबाट धेरै मानिस बिरामी भएको खवर पत्रपत्रिकामा आएको भन्दै सैनामैना नगरपालिकाले यो अभियानलाई अघि सारेको हो । नगरपालिकाले मुर्गिया,कलौनी र सालझण्डी गरि ११ वटै वडाका स्वंयसेविका तथा सरोकारवाला निकायहरुलाई अभियानको बारेमा अभिमुखिकरण गरेको थियो । अभिमुखिकरण कार्यक्रममा बोल्दै सैनामैना नगरपालिका मेयर चित्र बहादुर कार्कीले लामखुट्टेको टोकाईबाट सर्ने सरुवा रोग डेँगु रोग…
नेपाल नेत्रज्योति संघ प्रदेश पाँचमा को सभापतिमा राणा
स्वास्थ्यसमाचार /नेपाल नेत्रज्योति संघ प्रदेश पाँचको सभापतिमा रुपन्देहीका सागरप्रताव राणा सर्वसम्मत चयन भएका छन् । संघको गुल्मीमा भएको प्रथम अधिवेशनले राणालाई सभापतिमा चयन गरेको हो । अधिबेशन ब्यवस्थापन समितिका सदस्य पदम पाण्डेका अनुसार उपसभापतिमा बाँके शाखाका रमेशबहादुर शाह निर्वाचित भएका छन् । सचिवमा रुपेन्देही शाखाका राजेन्द्रप्रसाद पन्थी , कोषाध्यक्ष दाङ शाखाका लिला शाह निर्वाचित भएका छन् । अधिवेशनले सदस्यहरुमा नवलपरासीबाट मञ्जु कँडेल, पाल्पाबाट चकोरमान शाक्य,गुल्मीबाट शेरबहादुर थापा, वर्दियाबाट लोकमणि आचार्य, अर्घाखाँचीबाट नेत्रप्रसाद भुसाल, प्युठानबाट डाक्टर आनन्दकुमार श्रेष्ठ र कपिलवस्तुबाट राजेशकुमार उपाध्याय सहित ९ सदस्य प्रदेश कार्य समिति गठन गरेको छ…
लामखुटे खोजर नष्ट अभियानमा बुटबल १५का जनप्रतिनिधि
स्वास्थ्यसमाचार /बुटबल उपमहानगरपालिका वडा नं १५का जनप्रतिनिधि स्थानिय स्वास्थ्य कर्मिका र स्वयसंबिकाहरुको सक्रियतामा डेंगु लाग्ने लामखुटे खोज र नष्ट अभियान सुरु गरेका छन । वडा अध्यक्ष डम्बर बहादुर भन्डारीको नेतृत्वमा अभियान सुरु गरिएको थियो । अभियानमा प्रतेक डेंगु लाग्ने लामखुटे बस्ने बासस्थानको खोजी टायर भएका स्थान,पानी जम्ने ठाउ लगायतका ठाउमा गएर खोज र नष्ट गरिएको थियो। टोल टोलमा जनप्रतिनिधि पुगेर अबस्था बच्ने उपाय लगायका बिषयमा जानकारी गराईएको सेमलार स्वास्थ्य चौकीका सिअहेब अधिकृत युबराज भन्डारीले बताए ।यसै गरि वडा नं १४ र १६ मा पनि डेंगु लाग्ने लामखुटे खोज र नष्ट…
डेंगु प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मिको समायोजन तत्काल कार्यान्वयन नहुने
स्वास्थ्यसमाचार /डेंगु प्रभावित क्षेत्रमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको समायोजन तत्कालका लागि कार्यान्वयन नहुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सचिवस्तरीय निर्णय गर्दै तत्कालका लागि पत्र पाइसकेको भए पनि यथास्थानमा रहेर काम गर्न निर्देशन दिएको छ । मन्त्रालयले अर्को आदेश नहुँदासम्म यथास्थानमा रहेर कामकाज गर्न गराउन निर्देशन दिएको हो । मन्त्रालयले डेंगु प्रकोप फैलिएका क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई तत्कालका लागि प्रसूति विदा, अध्ययन विदा र किरिया विदा बाहेक अन्य विदा स्वीकृत नगर्न नगराउन समेत मातहतका निकायलाई निर्देशन दिएको छ ।
प्रदेश ५ मा डेंगु महामारीको रुपमा नफैलिएको सरकारी पक्षले दावी
स्वास्थ्य समाचार/रुपन्देहीमा डेंगु संक्रमितको संख्या बढ्दो क्रममा रहेपनि डेंगु नियन्त्रमा रहेको स्वास्थ्य क्षेत्रका सरोकारवालाहरुले बताएका छन् । डेंगु सामान्य खालको भाईरल भएको र महामारीको रुपमा फैलिएको भन्न नमिल्ने उनीहरुले बताए । रिपोर्टर्स क्लवले बुटवलमा आयोजना गरेको साक्षात्कारमा बोल्ने सरकारी र नीजि क्षेत्रका अगुवाहरुले डेंगु नियन्त्रणका लागि सबैमा सचेतना जगाउनु पर्नेमा जोड दिए । साउनको दोस्रो सातादेखि देखा परेको डेंगु रुपन्देहीसहित तराईका जिल्लामा बढी देखिएको बताए । सोही कार्यक्रममा बोल्दै प्रदेश नम्बर पांच सामाजिक विकास मन्त्रालयका निमित्त सचिव थानेश्वर ज्ञवालीले डेंगुबाट मानिसहरु संक्रमित भएपनि महामारी भन्न नमिल्ने बताए । खोज र…