रुपन्देहीमा परिमार्जन निषेधाज्ञा असार ७ गतेसम्म थप,मास्कको प्रयोग अनिवार्य

स्वास्थ्यसमाचार/रुपन्देहीमा जारी निषेधाज्ञा परिमार्जनसहित असार ७ गतेसम्मका लागि लम्बाइएको छ ।विगतका रहेका कतिपय प्रावधानहरुलाई केही खुकुलो बनाई निषेधाज्ञा एक हप्ताका लागि थप गरिएको हो ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले सोमबार एक आदेश जारी गर्दै बजार नियमित गर्न केही खुकुलो व्यस्था गरिएको जनाएका छन् ।नयाँ आदेश अनुसार बजारलाई सहज बनाउन माछा, मासु, तरकारी, फलपूmल, दुधजन्य सामग्री व्यवस्थापनका लागि विहान ५ बजे देखि ८ बजे सम्म पसलहरु खुल्ने भएका छन् ।

अन्य व्यवसाय भने विहान ११ बजे देखि साँझ ४ बजे सम्म खुल्ने छन् । व्यवसाय संचालन गर्दा जनस्वास्थ्यका मापदण्ड भने अनिवार्य पालना गर्नु पर्नेछ । जनस्वास्थ्यको सुरक्षा मापदण्ड पालनाका लागि सम्बन्धित उद्योग वार्णिज्य संघले स्वयमसेवक परिचालन गर्ने आदेशमा उल्लेख छ ।

भन्सार जाँचपास भएका मालसमान बोकेका साधन, पानी ग्यास र पेट्रोलियम पदार्थ बोकेका साधन संचालन हुनेछन् । तर सार्वजनिक तथा निजी सवारीसाधन संचालनमा भने रोक लागइएको छ ।अतिआवश्यकीय साधनका लागि जिल्ला प्रशासन कार्यालयले पासको व्यवस्था गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी जनक थापाले बताए । विवाहका लागि भने दुइवटासम्म साना गाडी संचालन गर्न पाइने भएको छ ।

सुरक्षा मापदण्डसहित बढीमा १० जनासम्मका लागि पास दिन सकिने व्यवस्था मिलाइएको छ । कोभिड–१९ परीक्षणको दरलाई थप व्यापक बनाउने आदेशमा उल्लेख छ ।सीमानाका, जिल्लाका भित्रकापालिका र अस्पतालहरुमा परीक्षणलाई तिव्रता दिइनेछ । त्यस्तै, नेपाल सरकारले तोकेबमोजिम सुरक्षा सहित खोप केन्द्रहरुमा खोपको व्यवस्थापन गर्ने आदेश भएको छ ।

जनअपेक्षालाई ध्यानमा राखी बैँक तथा वितीय संस्थाहरु संचालनमा आउने भएका छन् ।स्वास्थ्य मापदण्डसहित न्यूनतम जनशक्तिको प्रयोग गरी बैँक तथा वितीय संस्थाहरु संचालनमा ल्याउन सकिने आदेशमा भनिएको छ । एम्बुलेन्स सेवालाई थप प्रभावकारी र व्यवस्थित बनाइने भएको छ ।

जिल्लामा रहेका ८३ वटा एम्बुलेन्सलाई कोभिड मैत्री बनाउने, खाद्य बस्तु तथा आवश्यकीय बस्तुको कृतिम अभाव सृजना गरेमा कानून बमोजिम कारवाही गर्ने, अस्पतालमा रगत अभाव हुन नदिने जस्ता रणनीति समेत तय भएका छन् । मास्कको अनिवार्य प्रयोगलाई जोड दिइएको छ ।मास्को प्रयोग विना सार्वजनिक क्षेत्रमा आवतजावत गरेमा पटकैपिच्छे एक सयका दरले जरिवाना गर्ने समेत आदेशमा उल्लेख छ ।

सम्बन्धित शिर्षक :