अर्घाखाँची र बुटवलमा एकैदिन १३५ युनिट रगत संकलन

रक्तदाता समाज रुपन्देहीको गाउँ केन्द्रित रक्तदान अर्घाखाँचीमा सम्पन्न

गोकर्ण प्रकास ज्ञवाली,

स्वास्थ्यसमाचार  /नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीले कोरोना कहरबीच ९९औं मासिक नियमित रक्तदान कार्यक्रम शनिवार बुटवलस्थित ब्लड बैंकमा सम्पन्न गरेको छ ।

कार्यक्रम नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका सदस्य हरि प्रसाद ज्ञवालीको संयोजकत्व, लिंघा रुपन्देही सम्पर्क समाजको सहआयोजना र डल्ले बुटवल रेष्टुरेन्टको प्रायोजनमा संचालन गरिएकोमा ६५ युनिट रगत संकलन गर्न सफल भएको संयोजक ज्ञवालीले बताए ।

ज्ञवालीले यस अघि आफ्नै संयोजकत्वमा मंसिर २७ गते बुटवल ब्लड बैंकमा १३५ युनिट र पुष २० गते भिम अस्पताल भैरहवामा ४५ युनिट रगत संकलन गर्न सफल भएको पनि बताए ।

त्यस्तै समाजको गाउँ केन्द्रित रक्तदान कार्यक्रम हिजो नै अर्घाखाँचीमा पनि सम्पन्न भएको छ । नेपाल विद्यार्थी संघ अर्घाखाँचीको सहकार्यमा समाजले ७० युनिट रगत संकलन गर्न सफल भएको छ । ९० प्रतिसत रक्तदाताले पहिलो पटक रक्तदान गरेको आयोजकले दाबी गरेका छन् |

उक्त कार्यक्रम नेविसंघ अर्घाखाँचीका सभापति भरतमणि भट््टराईको संयोजकत्व र रक्तदाता समाज रुपन्देही अध्यक्ष कृष्ण चौहान क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
हिजो दुवै ठाउँको गरी एकै दिनमा कुल १३५ युनिट रगत संकलन गर्न सफल भएको बुटवल संयोजक ज्ञवालीले बताए ।

सम्बन्धित शिर्षक :