स्वास्थ्यसमाचार/ रेडियोग्राफर र रेडियोग्राफी टेक्नोलोजिस्टले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावित ओएनएमविरुद्ध चरणबद्ध आन्दोलन सुरु गरेका छन् । आन्दोलनका क्रममा शुक्रवार लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत रेडियोग्राफर र रेडियोग्राफी टेक्नोलोजिस्टहरुले कालोपट्टी बाँधेर विरोध जनाएका थिए । नेपाल रेडियोलोजिकल सोसाइटी, लुम्बिनी प्रदेश संयोजक विजयध्वज बस्नेतका अनुसार बिहीबारदेखि सुरु गरेको कालोपट्टी बाँधेर विरोध जनाउने कार्यक्रम अनुसार प्रादेशिक अस्पतालमा शान्तिपूर्ण आन्दोलन गरिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावित ओएनएमविरुद्ध नेपाल रेडियोलोजिकल सोसाइटीको अगुवाइमा आन्दोलनको घोषणा गरिएको हो । प्रदेश संयोजक वस्नेतले देशका सबै जिल्लाका सरकारी, अर्धसरकारी र गैरसरकारी स्वास्थ्य संस्थामा कार्यरत रेडियोग्राफी कर्मचारीले आफ्नो…
समाचार
रुपन्देही ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’जिल्ला घोषणा
स्वास्थ्यसमाचार/ रुपन्देही जिल्लालाई पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरिएको छ । शुक्रवार भैरहवामा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम सारु मगरले पूर्ण खोप सुनिश्चितता दिगोपना जिल्ला घोषणा गर्नुभएको हो । रुपन्देही जिल्लाका विभिन्न उमेर समूहका ७४ हजार २ सय ५९ जना बालबालिकालाई पूर्ण खोप प्रदान गरिएको छ । रुपन्देहीका सबै बालबालिकाले पूर्ण खोप प्राप्त गरिसके पछि शुक्रबारदेखि जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको हो । घोषणा कार्यक्रममा वोल्दै स्वास्थ्यमन्त्री खेम सारु मगरले नागरिकलाई स्वस्थ बनाउन खोप अत्यन्तै महत्वपूर्ण रहेको बताउनु भयो । उहाँले स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन भइरहेको बताउदै…
फलको राजा आँप: स्वास्थ्यका लागि ८ चमत्कारी फाइदाहरू
स्वास्थ्यसमाचार/ फलको राजा भनेर चिनिने आँप गर्मी मौसममा पाइने फलफूल मध्ये एक हो । आँपमा प्रशस्त मात्रामा भिटामिन ए, भिटामिन सी का साथै कपर, जिंक, पोटाशियम, मिनरल्स पाइन्छ । यसको नियमित सेवन गर्नाले शरीरलाई निकै फाइदाजनक हुन्छ । आउनुस् हेरौं आँपका फाइदाहरु के के रहेछन् : १. आँपमा फाइबरका साथै भिटामिन सी पाइने हुनाले शरीरमा कोलेस्ट्रेरोलको लेवल कम गर्न मद्दत गर्छ । साथै मुटु सम्बन्धी समस्याबाट मुक्ति मिल्छ । २. आँपमा पाइने भिटामिन ए ले आँखा तेजिलो हुनुका साथै आँखा सम्बन्धी समस्याबाट छुटकारा पाउन सकिन्छ । ३. आँपको नियमित सेवनले…
तिलोत्तमामा स्तन र पाठेघर मुखको क्यान्सर पहिचानका लागि शिविर
स्वास्थ्यसमाचार / तिलोत्तमा नगरपालिकाले कुनै पनि रोग लागेर महिला तथा युवतीहरुको ज्यान जान नपरोस भन्ने कुरालाई आत्मसाथ गरि नगरका महिला तथा युवतीहरुको पाठेघर र स्तन क्यान्सरको जाँचलाई बृहत शिविर नै आयोजना गरी परिक्षण शुरु गरेको छ । नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा सेमराबजार स्वास्थ्य चौकीमा पाठेघरको र स्तन क्यान्सरको जाँच सम्बन्धीत बृहत स्वास्थ्य शिविरको एक कार्यक्रमका बिच तिलोत्तमाका नगर प्रमुख रामकृष्ण खाँणले उदघाटन गर्नु भयो । उदघाटन कार्यक्रममा बोल्दै नगर प्रमुख खाँणले तिलोत्तमामा कुनैपनि महिला स्तन क्यान्सर र पाठेघरको क्यान्सरबाट मृत्यु हुन नपरोस भन्ने उद्देश्यले नगरपालिकाले यो कार्यक्रम आयोजना गरेको बताउनु…
स्वास्थ्यमा लुम्बिनी प्रदेश सरकारको ४ अर्ब ९५ करोड बजेट
स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२्/ ८३ का लागि ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । जसमध्ये चालुतर्फ १२ अर्ब १ करोड ४७ लाख ८६ हजार अर्थात् ३० दशमलव ८८ प्रतिशत र पुँजीगततर्फ २३ अर्ब ४७ करोड १४ लाख ६५ हजार अर्थात् ६० दशमलव ३२ प्रतिशत विनियोजित छ । आइतबार लुम्बिनी प्रदेशसभाको छैठौं अधिवेशनको तेह्रौं बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले बजेट प्रस्तुत गर्नु भएको हो । वित्तीय हस्तान्तरणका लागि ३ अर्ब ४२ करोड ३७ लाख ४९ हजार अर्थात् ८ दशमलव ८० प्रतिशत…
लुम्बिनी प्रादेशिक अस्पतालको लागी १ अर्ब बजेट बिनियोजन
प्रदेश गौरवको आयोजनाको रूपमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल निर्माणको लागि रु १ अर्ब विनियोजन भएको छ ।
प्यूठानको विजुवारमा ग्यास्ट्रो सेन्टर बुटवलको निःशुल्क पेट रोग शिविर
स्वास्थ्यसमाचार / ग्यास्ट्रो सेन्टर बुटबलले प्यूठानको विजुवारमा पेट रोगसम्बन्धी बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ। शिविरमा ग्यास्ट्रो सेन्टर बुटवलका वरिष्ठ पेट, कलेजो, आन्द्रा तथा प्यान्क्रियाज रोग विशेषज्ञ डा. मोहन भुसाल सहित अन्य चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको टोलीले १५० भन्दा बढी बिरामीहरूको स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरेको थियो। शिविरमा १८ जना बिरामीलाई ईन्डोस्कोपी सेवा समेत प्रदान गरिएको डा. भुसालले जानकारी दिनुभयो।उहाँका अनुसार समाजप्रतिको उत्तरदायित्वअनुसार दुर्गम क्षेत्रमा सेवा पुर्याउने उद्देश्यले यस्तो शिविर सञ्चालन गरिएको हो। डा. भुसालले यस्ता शिविर अन्य जिल्लामा पनि सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो। दुर्गम बस्तीमा विशेषज्ञ…
लुम्बिनी मन्त्रीपरिषद् बैठक: बजेट वक्तव्य प्रस्तुत गर्न स्वीकृति प्रदान स्वास्थ्यमा कस्तो आउला बजेट?
स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट वक्तव्य सहित छ वटा महत्वपूर्ण प्रस्तावहरू स्वीकृत गरेको छ। राप्ती उपत्यकाको देउखुरीमा आइतबार मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सम्पन्न बैठकले प्रदेश सभामा पेस गरिने विधेयक, मापदण्ड र सूचित आदेशहरूलाई अनुमोदन गरेको हो। बैठकले आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्य सहितको राजस्व र व्ययको अनुमान स्वीकृत गर्दै प्रदेश सभामा पेस गर्ने निर्णय पनि गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिए। बैठकले प्रदेश निजामती सेवा (पहिलो संशोधन) नियमावली, २०८२ू लाई स्वीकृति दिएको छ। यस नियमावलीले…
नेपाल फार्मेसी संघ लुम्बिनीको अध्यक्षमा तिवारी ,महासचिवमा खत्री
स्वास्थ्यसमाचार/ नेपाल फार्मेसी संघ लुम्बिनी प्रदेशको आठौँ साधरण सभा तथा दोश्रो अधिबेशन कपिलवस्तुको चन्द्रौटामा सम्पन्न भयो । नेपाल फार्मेसी संघका केन्द्रिय अध्यक्ष युवराज भुसालको प्रमुख आतिथ्यतामा भएको अधिवेशनले खेमराज तिवारीको अध्यक्षतामा १० जनाको नयाँ प्रदेश समिति निबिरोध चयन गरेको छ । जस्को उपाध्यक्ष सुभेन्द्र प्रसाद यादब, सुलभ अधिकारी सुवेक्षा गौतम महासचिवमा उदय बहादुर खत्री कोषाध्यक्ष ओजस्वी रजथल र सचिवमा महेश रानाभाट र सुनिल द्धबेदी रहनु भएको छ । भने सदस्यहरुमा सुजाता डाँगी र बिमल घर्तिमगर रहनु भएको संघका अध्यक्ष खेमराज तिवारीले बताउनु भयो । अधिवेशनको उद्घाटन गर्दै नेपाल फार्मेसी संघका…
रूरूक्षेत्र गाउँपालिकाद्वारा महिला स्वास्थ्य स्वयंसेविकाका लागि पेन्सन योजना सुरु
स्वास्थ्यसमाचार/गुल्मीको रूरूक्षेत्र गाउँपालिकाले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको पेन्सन योजना कार्यक्रम अगाडि बढाएको छ । गाउँपालिका र नागरिक लगानी कोषबीच सम्झौता कार्यक्रम सम्पन्न भएसँगै कार्यक्रम कार्यान्वयनमा गएको हो ।गाउँपालिकाले ७७ जना महिला स्वास्थ्य स्वयंसेविकालाई पेन्सन योजना सुविधामा समेटेको अध्यक्ष यदु ज्ञवालीले जानकारी दिनुभयो । गाउँपालिकाका अध्यक्ष ज्ञवाली र नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीबीच पेन्सन सम्झौता कार्यक्रममा हस्ताक्षर भएको छ ।यसरी महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको पेन्सन योजना सम्झौता गर्ने रूरूक्षेत्र गाउँपालिका नेपालमै पहिलो पालिकाका रुपमा रहेको गाउँपालिकाले जनाएको छ । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मिनादेवी गौतम, कोषका उपनिर्देशक नारायणप्रसाद घिमिरे, बुटवल…