भोटेकोशी बाढीका ३४ शव लुम्बिनी अस्पतालमा, २८ नवलपरासी पठाइए

स्वास्थ्यसमाचार/भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु भएका ३४ जनाको शव लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएकोमा एक जनाको सनाखत गरी आफन्तलाई बुझाइएको छ।

अस्पतालका प्रमुख प्रशासकीय अधिकृत प्रेम गौतमका अनुसार सनाखत हुन नसकेका २८ वटा शव तथा केही शवका अंगहरू सोमबार राति इलाका प्रहरी कार्यालयमार्फत नवलपरासी पठाइएको छ। अहिले पाँचवटा शव अस्पतालको मर्चरीमा राखिएका छन्।

मर्चरीमा शव राख्ने क्षमता सीमित भएपछि अस्पतालले फलामका बाकस बनाएर शवलाई सुरक्षित रूपमा व्यवस्थापन गरेको थियो। शवको पहिचान तथा आवश्यक प्रक्रिया पूरा गर्ने काम भइरहेको गौतमले बताए।

सम्बन्धित शिर्षक :