स्वास्थ्यसमाचार/तिलोत्तमा नगरपालिकामा एच पि भी खोप अभियानको उद्घाटन गरिएको छ । तिलोत्तमा १० मा अवस्थित जनहित माध्यमिक विद्यालयबाट बिहिबार खोपको उद्घाटन गरिएको हो । तिलोत्तमाका ७० वटा विद्यालयमा यो खोप संचालन गरिएको छ । स्वास्थ्य मन्त्रालयले १० देखि १४ वर्षसम्मका किशोरी लक्षित खोप अभियान संचालन गरे अनुरुप तिलोत्तमामा पनि कक्षा ६ देखि १० कक्षासम्मका करिव ८ हजार ६ सय ३२ किशोरी लाभान्वित हुने तिलोत्तमा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ज्ञानप्रसाद पौडेलले बताउनुभयो । कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँडले विश्वमा नसर्ने रोगको प्रकोपका कारण लाखौ मानिस प्रभावित भएको भन्दै रोकथामका लागि…
समाचार
गुल्मी जिल्ला अस्पतालमा विद्युतीय चिकित्सा अभिलेख प्रणाली सुरु
स्वास्थ्यसमाचार /गुल्मी अस्पताल तम्घासमा विद्युतिय चिकित्सा अभिलेख प्रणाली सुरु भएको छ । लुम्बिनी प्रदेशमै पहिलो पटक गुल्मी अस्पताल तम्घासमा विद्युतिय चिकित्सा अभिलेख प्रणाली सुरु भएको हो । यो प्रणाली सुरु गर्नेमा गुल्मी अस्पताल देशभरीमै नवौं अस्पताल हो । विश्व स्वास्थ्य संगठन नेपालको सहयोगमा गुल्मी अस्पतालमा विद्युतिय चिकित्सा अभिलेख प्रणाली सुरु गरिएको हो । कार्यक्रमका अवसरमा न्यूनतम सेवा मापदण्ड कार्यक्रम कार्यान्वयन अन्तरगत अनुगमन, मुल्यांकन तथा समीक्षा र नसर्ने रोगहरुको पहिचानका लागि एक महिने अभियान समेत सुरु गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री खेम बहादुर सारुले प्रदेश सरकार…
लुम्बिनीमा सुरक्षित गर्भपतन गराउने बढ्दै, २० वर्ष मुनिका १० प्रतिशत
स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशमा गर्भपतन गराउनेको संख्या बढेको छ । स्वास्थ्य निर्देशनालय लुम्बिनीको तथ्याङ्क अनुसार गर्भपतन गराउने मध्ये २० वर्ष मुनिका करिव १० प्रतिशत रहेका छन् । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी ऐन, २०७५ को भाग ४ को दफा १५ ले गर्भवती महिलाको अवस्थाअनुसार १२ हप्तादेखि २८ हप्तासम्मको गर्भपतन गराउन सकिने व्यवस्था भएसँगै सुरक्षित गर्भपतन गराउने बढ्दै गइरहेको स्वास्थ्य निर्देशनालय ले जनाएको छ । लुम्बिनी प्रदेशमा गत आर्थिक वर्षमा १९ हजार ८ सय २० जनाले सुरक्षित रुपमा गर्भपतन गराएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा लुम्बिनी प्रदेशका…
रेसुङ्गा नगरपालिकामा विद्यार्थीहरूको निःशुल्क मुटुरोग परीक्षण सुरू
स्वास्थ्यसमाचार/नेपाल हृदय रोग निवारण प्रतिष्ठान गुल्मीले रेसुङ्गा नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विधालयका १५ वर्ष उमेर समूहका विद्यार्थीहरुको आजदेखि निःशुल्क बाथ र मुटुरोग परीक्षण सुरु गरेको छ। रेसुंगा नगरपालिका भित्रका रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्यनरत १५ वर्ष उमेर समुहका आठ हजार विद्यार्थीको मंगलबारदेखि निःशुल्क बाथ मुटुरोग परीक्षण सुरु गरिएको हो। रेसुंगा नगरपालिका वडा नं.१ मा रहेको महेन्द्र माध्यमिक विद्यालयमा आयोजित कार्यक्रमको शुभारम्भ रेसुंगा नगरपालिकाका प्रमुख खिल ध्वज पन्थीले गर्नुभएको हो।नगरप्रमुख पन्थीले पछिल्लो समय स्वास्थ्यको क्षेत्रमा नसर्ने रोगहरु प्रमुख चुनौती बनिरहकोले यसतर्फ सबै सचेत रहनुपर्ने पर्ने कुरामा जोड दिनुभयो। बिभिन्न…
रुपन्देहीमा पहिलो चरणमा ९१ प्रतिशतले लगाए एच.पि.भी खोप
स्वास्थ्यसमाचार /रुपन्देहीमा पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भी खोप अभियानको पहिलो चरणमा ९१ प्रतिशत खोप लगाएका छन् । माघ २२ देखि ३० गते सम्म रुपन्देहीका ८ पालिकामा सञ्चालन गरिएको एच.पि.भी खोप ३० हजार ९ सय २९ लक्ष्य रहेकोमा २८ हजार ९८ जनाले खोप लगाएका छन ।स्वास्थ्य कार्यलय रुपन्देहीका निमित्त प्रमुख चिन्तामणि ज्ञवालीका अनुसार पहिलो चरणमा ८ पालिकामा ९१ प्रतिशतले खोप लगाएको बताउनु भयो । पहिलो चरणका पालिकाहरु बुटबल उपमहानगर सैनामैना नगरपालिका, सिद्धार्थनगरका ,कञ्चन गैडहवा शुद्धोधन मायादेवी र सियारी गाउँपालिका रहेका थिए । रुपन्देही जिल्लामा रहेका ५८ हजार ८ सय ९८ जना…
गुल्मीमा आत्महत्याको दर वृद्धि, मानसिक स्वास्थ्यमा विशेष ध्यान दिन आग्रह
स्वास्थ्यसमाचार/पछिल्लो समयमा गुल्मीमा आत्महत्याको दर बढ्दै गएपछि इस्मा गाउँपालिकामा आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम संचालन गरिएको छ। इस्मा गाउँपालिकाको वडा नम्बर ५,इस्मा रजस्थलको आयोजना र जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण खत्री र जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालको सहजीकरणमा स्थानीयलाई आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिएको थियो। सचेतना कार्यक्रममा जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण खत्रीले सकारात्मक सोचसँग सम्बन्धि कुराहरुको बारेमा जानकारी गराउनुभयो।सकारात्मक सोचाइले मानिसले गर्ने हरेक कार्यमा सफलता मिल्ने भन्दै उहाँले सबैले मानसिक स्वास्थ्यलाई विशेष ख्याल गर्न आग्रह गर्नुभयो। समाजलाई सकारात्मक…
१२ सय शैयाको लुम्बिनी प्रादेशिक अस्पताल: ५ महिना १३ प्रतिशत काम
स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पतालको १२ सय शैयाको १० तले नयाँभवन निर्माणको काम ५ महिनामा १३ प्रतिशत भएको छ । ६ अर्ब १८ करोड रुपैयाँ लागतमा बन्न लागेको यो अस्पतालभवन प्रदेश सरकारको पहिलो ठूलो पूर्वाधार हो ।तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलको पालामा प्रदेश सरकारको गौरवको आयोजनाका रुपमा अघि बढाइएको अस्पताल भवनको शिलान्यास गत भदौ १५ गते भएको थियो । ठेक्का प्रक्रिया विवादास्पद भएपछि दुईपटक रद्द गरिएकोथियो । भवन निर्माण मापदण्डको ‘स्पेसिफिकेसन’मै आशंका भएपछियसअघिका दुवै टेन्डर रद्द गरिएको थियो । तेस्रोपटक आह्वान भएको टेण्डर स्वीकृत भई गत पुस २६ गतेठेक्का सम्झौता भएको थियो…
स्वास्थ्य मन्त्रालयले एक करोड मानिसको निःशुल्क रोग परीक्षण गर्ने
स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नसर्ने रोग पहिचान र समयमै उपचारका लागि भन्दै फागुन १ गतेबाट एकमहिने निःशुल्क परीक्षण अभियान थाल्ने भएको छ। यस अभियानमा करिब एक करोड मानिसहरूको निस्शुल्क रोग परीक्षण गर्ने लक्ष्य मन्त्रालयले लिएको छ। नेपालमा एक करोड ४० लाख ९० हजार नागरिक ३० वर्ष माथिका छन्। यही उमेर समूहका नागरिकलाई समेट्ने लक्ष्य मन्त्रालयको छ। अभियानका क्रममा ३० वर्ष माथिका सबै नागरिकलाई स्थानीय स्वास्थ्य संस्थाहरुमा मधुमेह, उच्च रक्तचाप, मिर्गौलासम्बन्धी रोग तथा शरिरको उचाइ र तौलको अनुपात पहिचान गर्ने मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले बताए। यो सेवा निःशुल्क हुने पनि उनले…
स्वास्थ्य मन्त्रालय लुम्बिनीको नर्सिङ महाशाखा प्रमुखमा केसी
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गत नर्सिङ तथा परिवार कल्याण महाशाखाको प्रमुखमा वरिष्ठ नर्सिङ प्रशासक ईश्वरी केसीलाई ल्याईएको छ। केसी यसअघि भेरी अस्पताल, नेपालगञ्जमा कार्यरत थिइन्। नवनियुक्त प्रमुख केसीलाई आज एक विशेष कार्यक्रमबीच स्वागत गरिएको छ। उक्त कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम सारु, स्वास्थ्य सचिव डा. वासुदेव उपाध्याय, स्वास्थ्य शिक्षा प्रशासक नोदनारायण चौधरी लगायतका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। यस अघि नर्सिङ तथा परिवार कल्याण महाशाखा रिक्त रहेको थियो। केसीको नेतृत्वमा महाशाखाले स्वास्थ्य सेवाको अभिवृद्धि गर्न महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।
पाठेघर मुखको क्यान्सर विरुद्ध १० लाख किशोरीले लगाए एचपिभी खोप
स्वास्थ्यसमाचार/प्रधानमन्त्री केपी शर्मा ओलीले पाठेघरको मुखको क्यान्सरविरूद्धको एचपिभी १० लाखभन्दा बढी किशोरीले खोप लगाउन सफल भएकोमा सबै निकायलाई धन्यवाद व्यक्त गर्नुभएको छ । आज सामाजिक सञ्जालमा लेख्दै उहाँले खोप लगाउन यस अभियानमा संलग्न हुनुभएका व्यवस्थापक, स्वास्थ्यकर्मी, स्वयंसेवक, शिक्षक, अभिभावक तथा सरकारी तथा गैरसरकारी सबै निकायलाई धन्यवाद दिनुभएको हो । “माघ २२ गतेदेखि सुरू भएको देशव्यापी एचपिभी खोप अभियान उत्साहका साथ सञ्चालन भइरहेको छ । हालसम्म १० लाख किशोरीले यो खोप लिइसकेका छन् । अभियान फागुन ६ गतेसम्म चल्ने छ”, प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेख्नुभएको छ । स्वास्थ्य सेवा विभागका बाल…