स्वास्थ्यसमाचार/रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले दुईबाट विधेयक पारित गरेको छ । हिउँदे सभाको १७ औं अधिवेशनबाट नगरपालिकाले प्राविधिक कर्मचारी व्यवस्थापन गर्न बनेको विधेयक र नगरको शिक्षा ऐन २०७४ लाई प्रथम संसोधन गर्न बनेको विधयकलाई पारित गरिएको हो । सोमवार भैरहवा स्थित महेन्द्र सभागृहमा भएको सभामा सभा अध्यक्ष एवं सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खाँले नगरको प्रगति विवरण सहित यि दुइवटा विधयक सभामा प्रस्तुत गरेका थिए । सभाले छलफल पछि विधयकलाई पारित गरेको हो । विधयक पारित भएसंगै सिद्धार्थनगरलाई प्राविधिक कर्मचारी करारमा राख्न वाटो खुलेको छ । विधायकमा करार तर्फ इन्जिनियरिङ्ग, कृषी,…
समाचार
नेपाल रेडक्रस सोसाइटी रुपन्देहीमा नयाँ नेतृत्व, सभापतिमा उपाध्याय
स्वास्थ्यसमाचार/नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखा सिद्धार्थनगरको ४९ औं जिल्ला सभाको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले आगामी दुईवर्षे कार्यकालका लागि रामचन्द्र उपाध्यायको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । निर्वाचन अधिकारी अनुप कुमार श्रेष्ठका अनुसार कार्यसमितिको महिला उपसभापतिमा रुपमाकुमारी हिराचन, उपसभापतिमा सुशील गुरुङ्ग, मन्त्रीमा टेकबहादुर थापा क्षेत्री, कोषाध्यक्षमा अर्जुनराज उपाध्याय, उप–मन्त्रीमा दिनेश पन्थी र उप–कोषाध्यक्षमा अलताफ हुसेन खाँ निर्वाचित भएका छन् । त्यस्तै महिला सदस्यमा सावित्री सोमरे थापा मगर, हिमा बेलबासे, महेन्द्र कुमार श्रेष्ठ, बेन बहादुर पौडेल क्षेत्री, संजीब शर्मा रेग्मी, कृष्ण प्रसाद भुसाल, सुहा बहादुर…
तिलोत्तमाका जनप्रतिनिधिसँग एचपीभी खोप सम्बन्धी अन्तरक्रिया
स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिकामा पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी (ह्युमन पापिलोमा भाइरस) खोप सम्बन्धी कार्यपालिका सदस्यहरुसँग विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणको अध्यक्षतामा भव्य रूपमा सम्पन्न भएको हो। कार्यक्रममा पाठेघरको मुखको क्यान्सर र त्यस विरुद्धको प्रभावकारी खोपका बारेमा गहिरो छलफल गरिएको थियो। नगर प्रमुख खाणले पाठेघरको मुखको क्यान्सर नेपालमा महिलाहरूको प्रमुख स्वास्थ्य चुनौती बनेको उल्लेख गर्दै यसका रोकथामका उपायहरूमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो। उहाँले नगरपालिकाभित्रका सम्पूर्ण लक्षित बालिकाहरूलाई एचपीभी खोप सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। नेपाल सरकारले यस वर्ष देशभर १६ लाख किशोरीहरूलाई एचपीभी खोप…
लुम्बिनी प्रादेशिक अस्पतालको फार्मेसी सेवा विस्तार, २४ घण्टे काउन्टर सहित नयाँ सेवाको शुभारम्भ
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा स्वास्थ्य बीमा कार्यक्रम अन्तरगत उपचार गराउन आउने सेवाग्राहीहरुको लागि डेडिकेटेड फार्मेसी स्थापना गरिएको छ । अस्पतालमा भीड व्यवस्थापन तथा सेवालाई सहज बनाउन थप गरिएको फार्मेसीले सहयोग गर्ने अपेक्षा गरिएको छ ।फार्मेसी सेवाको समुद्घाटन गर्दै अस्पताल बिकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले गुणस्तरीय स्वास्थ्यले सेवासँगै सबैको पहुँच योग्य बनाउने लक्ष्य रहेको उल्लेख गरे । सरकारले लागू गरेको बीमा कार्यक्रम सेवाग्राहीका लागि प्रभावकारी भएपनि स्वास्थ्य संस्थाहरुलाई समयमा भुक्तानी नहुँदा कार्यान्वयनको चुनौती रहेको उल्लेख गरे ।लुम्बिनी प्रादेशिक अस्पतालमा समेत सरकाले २२ करोड बढी बीमा कार्यक्रमको रकम भुक्तानी नगर्दा समस्या…
स्वास्थ्य मन्त्रालयको टोलीद्वारा बुटवलमा एचपीभी खोप अभियानको अनुगमन
स्वास्थ्यसमाचार/बुटवल–१२ स्थित नया गाउँ माध्यमिक विद्यालयमा आयोजित (एचपीभी) विरुद्धको राष्ट्रिय खोप अभियानको अनुगमन तथा निरीक्षण सम्पन्न भएको छ। स्वास्थ्य आपतकालीन तथा प्रकोप व्यवस्थापन इकाई (HEDMU) तथा स्वास्थ्य आपतकालीन सञ्चालन केन्द्र (HEOC) का प्रवक्ता तथा प्रमुख डा. प्रकाश बुढाथोकीको नेतृत्वमा उक्त अनुगमन भएको हो। ११ देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई लक्षित गर्दै सञ्चालन गरिएको खोप अभियानको प्रभावकारिता सुनिश्चित गर्न अनुगमन टोलीले बुटवलका विभिन्न केन्द्रहरूमा निरीक्षण गरेको थियो। खोप अभियानले किशोरीहरूलाई एचपीभी संक्रमणबाट सुरक्षित बनाउने उद्देश्य लिएको छ, जुन पाठेघरको क्यान्सर जस्ता गम्भीर रोगहरूको प्रमुख कारण मानिन्छ। डा. बुढाथोकीले खोप कार्यक्रमको…
पश्चिम नवलपरासीको पृथ्वीचन्द्र अस्पतालमा आइसीयू सेवा सञ्चालन
स्वास्थ्यसमाचार/ रामग्राम नगरपालिका-५ बुद्धचोकस्थित पृथ्वीचन्द्र अस्पतालमा सघन उपचार सेवा (आइसियू) सञ्चालनमा आएको छ। लुम्बिनी प्रदेश सरकारले रू १३ करोड ६६ लाखको लागतमा निर्माण गरेको ५० शय्याको अस्पतालमा यो सेवा शुरू भएको हो। यसअघि आइसीयू सेवा नहुँदा बिरामीलाई भैरहवा, बुटवल, भरतपुर पठाउनुपर्ने बाध्यता थियो। अब भने नयाँ भवनमा जनरल तथा आर्थोपेडिक सेवा पनि सुरू गर्ने तयारी गरिएको अस्पतालका सूचना अधिकारी गोविन्द ज्ञवालीले जानकारी दिए। अस्पतालमा आइसियूसँगै जनरल सर्जन, एनेस्थेसिया, स्त्रीरोग, डेण्टल सर्जन, ल्याब र नर्सिङ सेवाका विशेषज्ञहरू पठाइएको छ। साथै, केही दिनअघि आँखा विशेषज्ञ पनि आएकाले आँखासम्बन्धी सेवा विस्तारको तयारी भइरहेको…
निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई समान निर्वाह भत्ता दिने निर्णय
स्वास्थ्यसमाचार/प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा शुक्रबार भएको चिकित्सा शिक्षा आयोगको १६ औँ बैठकले निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई सरकारी सरह (आठौँ तह) को निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको आयोगको बैठकमा यसबीचमा सम्बन्ध पक्षसँग भएका छलफल र प्राप्त प्रतिवेदन समेतका आधारमा आवासीय चिकित्सकको समान सुविधा (मासिक ४८ हजार सात सय रुपियाँ) कायम गर्नुपर्ने निर्णय भएको को हो । अन्य विषयमा थप छलफल गरी छिट्टै आयोगको बैठकबाट निर्णय लिने निष्कर्ष निकालिएको छ । बैठकले सम्बन्धित कलेजमा दुई वर्ष अध्ययन र…
लुम्बिनी प्रादेशिक अस्पतालमा ६३ वर्षीय बिरामीमा सफलतापूर्वक थाई पेसमेकर प्रत्यारोपण
स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा ६३ वर्षीय पुरुषको सफलतापूर्वक थाई पेसमेकर प्रत्यारोपण गरिएको छ। डा. रोशन घिमिरेका अनुसार, यो प्रक्रिया बुटवलमा पहिलो पटक नभए पनि सबैभन्दा जटिल थियो। पेसमेकरले राम्रोसँग काम गरिरहेको र बिरामीको अवस्था सामान्य रहेको वताउनु भयो । डा. घिमिरेले यस सफलतामा आफ्नो योगदानका लागि आदरणीय गुरुहरू लाई सम्झनुभएको छ। साथै, सहयोगका लागि अस्पतालका मेसु डा. इन्द्र ढकाल, क्याथल्याबका सहयोगी हातहरू, शल्यक्रियामा सहभागी डाक्टरहरू र सहयोगी हातहरूलाई विशेष धन्यवाद व्यक्त गर्नुभएको छ। लुम्बिनी प्रादेशिक अस्पतालले यसअघि पनि मुटु सम्बन्धी उपचारमा महत्वपूर्ण प्रगति गर्दै आएको छ। अस्पतालमा मुटुको उपचारका…
जनस्वास्थ्य अधिकृत आर्चाय बने निजामती कर्मचारी संगठन लुम्बिनीको अध्यक्ष
स्वास्थ्यसमाचार/जनस्वास्थ्य अधिकृत नेत्रप्रसाद आचार्य नेपाल निजामती कर्मचारी संगठन लुम्बिनी प्रदेश अध्यक्षमा निर्बाचिन हुनु भएको छ । बुटवलमा सम्पन्न दोस्रो अधिवेशनले बुटवलका नेत्रप्रसाद आचार्यको नेतृत्वमा २१ सदस्यीय लुम्बिनी प्रदेशको नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको संगठनका निवर्तमान अध्यक्ष खगराज उपाध्यायले जानकारी दिनुभयो । प्रदेश समितिको उपाध्यक्षमा टुक बहादुर रोका र नन्दा कुमारी नेपाली, महासचिव भिमलाल ज्ञवाली, सचिवमा जयराम खड्का, शिवराज न्यौपाने र मोहनसिंह सुनार, कोषाध्यक्षमा श्रीराम पाण्डे रहनु भएको छ । यस्तै गरी सदस्यहरुमा जंगबहादुर नेपाली, गुप्त बहादुर पुन, अनिल कुमार शर्मा, ठगिश्वर पोखरेल, विष्णुप्रसाद बस्याल, हरिप्रसाद पन्थी, नारायण थापा, विमला पौडेल,…
नवलपरासीमा एचपीभी खोप एकैसाथ विभिन्न विद्यालयबाट शुभारम्भ
स्वास्थ्यसमाचार/नवलपरासीमा पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भि खोप जिल्लाका विभिन्न विद्यालयबाट एकैसाथ शुभारम्भ गरिएको छ। जिल्लाका सातै पालिकाका विभिन्न विद्यालयहरूबाट खोप सुरु गरिएको हो। जिल्लाका २०० विद्यालयमा २०१ खोप केन्द्र निर्माण गरी खोप सुरुवात गरिएको बताइएको छ। एचपीभी खोप सञ्चालनका लागि २०५ जना खोप स्वास्थ्य कार्यकर्ता र ३०८ जना स्वयंसेवक परिचालन गरिएको स्वास्थ्य कार्यालय नवलपरासीले जनाएको छ। स्वास्थ्य कार्यालयले रामग्राम १२ स्थित सरस्वती माध्यमिक विद्यालय कसियाबाट जिल्लाभर खोप सञ्चालन गरिएको जानकारी दिएको हो। जिल्ला समन्वय समितिका प्रमुख एवं खोप समन्वय समितिका संयोजक भगौती यादव रूदलको अध्यक्षता र लुम्बिनी प्रदेशका सांसद बैजनाथ…