स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेश सरकारले मानसिक स्वास्थ्य तथा मनाेसामाजिक रणनीतिक कार्ययाेजना पारित गरेर कार्यान्वयन गर्ने भएको छ । स्वास्थ्य मन्त्रालयमा शुक्रबार प्रादेशिक मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनैतिक कार्ययोजना निर्माण निर्देशक समितिको बैठकमा स्वास्थ्य मन्त्री खेमबहादुर सारुले रणनीतिक याेजना पारित गरेर कार्यान्वयन गरिने जानकारी दिए ।
स्वीट्जरल्यान्डका राजदुत डानियल मेउल्ली मोन्टेलोनेको प्रमुख आतिथ्यतामा बसेकाे बैठकमा मानसिक स्वास्थ तथा मनाेसामाजिक समस्यालाई समाधान गर्नेगरी प्रदेश सरकारले बनाएकाे रणनीतिक याेजना कार्यान्वयन गरिने जानकारी दिइएको छ ।
हाल स्वीस सरकारको सहयोगमा बर्दिया जिल्लाको ४ वटा पालिकामा द्वन्द्व प्रभावितहरुलाइ लक्षित गरेर मनोसामाजिक परामर्श र समुदायको समावेशीकरण परियोजना सञ्चालन गरिएको छ ।
याे परियाेजनालाइ प्रदेशका अन्य जिल्लामा विस्तार गर्न समेत आग्रह गरिएको छ । सीएमसी नेपालसंगकाे साझेदारीमा गएको वर्ष सम्म एक हजार तिनसय ८ जना व्यक्तिहरुलाई उपचार र पूनर्स्थापनामा योगदान गरिएकाे छ ।
१३ जना द्वन्द्व प्रभावित सदस्यलाई मानसिक स्वास्थ्य परामर्श र स्वयंसेवक सेवकका रुपमा तालिम दिएको थियो । मन्त्री सारुले अव प्रादेशिक मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनैतिक कार्ययोजना निर्माण अन्तिम चरणमा रहेको, प्रदेश सरकारबाट निर्णय गरेर १२ वटा जिल्लाका १०९ पालिकामा मानसिक स्वास्थ्य उपचार सेवा प्रदान गर्न स्विस सरकार र विकास साझेदार संस्थाहरू संग सहकार्य गरिने बताउनु भयाे ।

 
				
					 
			 
                             
                             
                            
प्रतिकया दिनुहोस्