लुम्बिनीमा संविधान दिवस: नि:शुल्क स्वास्थ्य परिक्षण र रक्तदान

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेश सरकारले संविधान दिवसकाे अवसरमा रक्तदान र नि:शुल्क स्वास्थ्य परिक्षण शिबिर सम्पन्न गरेकाे छ । स्वास्थ्य मन्त्रालयले राजधानी परिसर क्षेत्रमा नि:शुल्क स्वास्थ्य शिबिर सम्पन्न गरेकाे हाे । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, भाैतीक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, स्वास्थ्य मन्त्री खेमबहादुर सारु मगर लगायत मुल समाराेहमा सहभागी अतिथि लगायत स्थानीयले स्वास्थ्य परिक्षण गरेकाे स्वास्थ्यमन्त्रीका स्वकीय सचिव सुदर्शन पाण्डेले जानकारी दिनुभयाे । संविधान दिवसकाे अवसरमा प्रदेश मातहतमा रहेका १२ जिल्लाका अस्पतालहरुमा आज एक दिनकाे लागि नि:शुल्क ल्याव परिक्षण, अाेपिडि शुल्क समेत नि:शुल्क गरिएको छ । मुल समाराेहकाे अवसरमा व्लड प्रेसर,…

लुम्बिनीमा असोज ३ गते १२ अस्पतालमा प्रयोगशाला परीक्षण र आकस्मिक टिकट निःशुल्क

स्वास्थ्यसमाचार/ प्रदेश ससरकारले संविधान दिवस २०८१ विभिन्न कार्यक्रम गरेर मनाउदै छ । आज, भोली र पर्सी तीन दिन विभिन्न कार्यक्रम गरेर प्रदेश सरकारले संविधान दिवस मनाउन थालेको हो । मुख्यमन्त्री चेतनारायण आचार्यले संविधान दिवसलाई जनस्तरबाट भब्य रुपमा मनाउन आह्वान गरिसक्नु भएको छ । सुशासन, सामाजिक न्याय र समृद्धिको माध्यमबाट लुम्बिनी प्रदेशको समग्र विकासलाई जनतासामु पु¥याउन संविधानको कार्यान्वयनको पूर्ण कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको भन्दै संविधान दिवसलाई भव्य रुपमा मनाउन आह्वान गर्नु भएको हाे । असोज २ गते अर्थात आज देखी प्रदेश स्थित सबै सरकारी कार्यालयहरुमा राष्ट्रिय झण्डा फहराईदैछ । कार्यालय…

११ पालिकालाई पछि पार्दै रुरुक्षेत्र बन्यो स्वाथ्य सुचकांकमा प्रथम

स्वास्थ्यसमाचार/स्वास्थ्य कार्यक्रमहरुको वार्षिक प्रगतिको आधारमा तोकिएका मुख्य सूचकहरुको मूल्याङ्कनबाट गुल्मीका दुई नगरपालिका र दश गाउँपालिकामध्ये रुरुक्षेत्र गाउँपालिका ७१ दशमलव ८२ नम्बर प्राप्त गरि जिल्लामा प्रथम भएको छ। जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले आयोजना गरेको आर्थिक वर्ष २०८०/२०८१ को जिल्ला स्तरीय समीक्षा बैठकमा एक वर्षको अवधिमा तोकिएका स्वास्थ्य कार्यक्रमहरु समुदायमा प्रभावकारी रुपमा सम्पन्न गरि तोकिएका मुख्य सूचकहरू पुरा गरेकोले रुरुक्षेत्र गाउँपालिकालाइ प्रथम घोषणा गरिएको हो। आर्थिक वर्ष २०८०/२०८१ अवधिमा स्वास्थ्य क्षेत्रमा सञ्चालित विभिन्न कार्यक्रमहरुको मूल्याङ्कनका आधारमा गुल्मीको रुरुक्षेत्र गाउँपालिका पहिलो,सत्यवती गाउँपालिका ७१ दशमलव १९ अंक प्राप्त गरि दोस्रो र छत्रकोट गाउँपालिका ७०…

१५ पालिकालाई पछि पार्दै मर्चवारी बन्यो स्वाथ्य सुचकांकमा पहिलो

स्वास्थ्यसमाचार /स्वाथ्य कार्यालय रुपन्देहीले जिल्ला भित्र रहेका १६ वटा पालिकाको कार्यसम्पादन मूल्यांकनको आधारमा उत्कृष्ट पालिका घोषणा गरेको छ । स्वाथ्य का सबै सूचक पुरा गर्ने पालिकाको अध्यायन प्रतिवेदन बाट मर्चवारी गाउँपालिका जिल्लामा प्रथम भएको हो । यस्तै सम्मरीगाउँपालिका द्धितीय र देवदह नगरपालिका तृतीय भएको स्वाथ्य कार्यालय रुपन्देहीका प्रमुख भेषराज शर्माले जानकारी दिए । स्वाथ्य कार्यालय रुपन्देहीको आयोजनामा आर्थिक बर्ष २०८०/०८१ मा सम्पादित कार्यक्रमको समिक्षा तथा योजना तर्जुमा कार्यक्रममा उक्त मुल्यांकनबाट उत्कृष्ट घोषणा गरिएको हो । कार्यशाला समापन कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाईंले स्वाथ्य क्षेत्र जनताको प्रत्यक्ष सरोकारको…

लुम्बिनी प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा पुन: ढकाल कायम गाैतमकाे रिट खारेज

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको मेडिकल सुपरिटेन्डेन्टमा डा. ईन्द्र ढकाल  स्वतह कायम भएको हुनुभएको छ । सर्बोच्च अदालतमा आफू मेसु हुनुपर्ने सरकारले गरेको निर्णय खारेज माग गर्दै बिष्णु गौतमले हालेको मुद्दा खारेज भएको हो। न्यायाधीश हरि फुयाल र अब्दुल अजिज मुसलमान ले फैसला गर्दै पुन: मेसुमा ईन्द्र ढकाललाई कायम गरेको हो । २०८१ असार १३ मा दर्ता भएको मुद्दा को फैसला २०८१ भदौ ३० गते आएको हो । फैसला अनुसार रिट खारेज गरि निर्देशनात्मक आदेश समेत दिएको छ ।  

अख्तियारमा २६ हजार ९ सय बढी उजुरी: स्वास्थ्य क्षेत्रकाको ३.६ प्रतिशत

काठमान्डौ/अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८०/०८१ मा २६ हजार ९ सय १८ उजुरीहरू परेका छन् । आइतबार शितल निवासमा आयोगको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाउने क्रममा आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले सो जानकारी दिएका हुन् । उनले अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका ९ हजार २६८ उजुरीहरू समेत गरेर कारबाही गर्नुपर्ने जम्मा उजुरीको संख्या ३६ हजार १८६ रहेको जानकारी दिए । उनले यस अवधिमा कुल ३६ हजार १ सय ८६ उजुरीमध्ये २७ हजार ७१४ अर्थात ७६.५९ प्रतिशत उजुरी स्क्रिनिङ र प्राथमिक छानबिनबाट फर्छ्याैट भएको बताए । प्रमुख आयुक्त राईले…

प्रदेशका स्वास्थ्य सुचकांक सुधारमा सबै लागौंः स्वाथ्यमन्त्री शारु

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशका स्वाथ्य मन्त्री खेम बहादुर सारुले प्रदेशमा मातृ मृत्युदर उच्च रहेको भन्दै यसलाई न्यूनिकरणको लागि प्रदेश सरकारले विशेष भुमिका खेल्ने वताउनु भयो ।उहाँले विभिन्न अध्यायन प्रतिवेदन अनुसार प्रदेशमा मातृ मृत्युदर बढि रहेको पाइएकोले प्रदेशको सबै संयन्त्र यसमा परिचालन भई मातृ मृत्युदर न्यूनिकरणमा लाग्ने वताउनु भएको हो । यसको लागि प्रदेश सरकारको एकल मन्त्रालयबाट मात्रै संभव नभएको भन्दै मन्त्री शारुले सबै पालिका, तहका वीचमा सहकार्य, समन्वय जरुरी रहेको यसमा मन्त्रालय मातहतका कार्यालयहरुले उच्च भुमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्नु भयो । स्वाथ्य कार्यालय रुपन्देहीको आयोजनामा आर्थिक बर्ष २०८०/०८१ मा सम्पादित…

पानीकाे गुणस्तर परिक्षण गरेर मात्रै उपभोक्तालाई खुवाउने ग्यारेन्टी सरकारले गर्छ:मुख्यमन्त्री आचार्य

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नागरिकहरूलाई स्वच्छ र सफा खानेपानी उपलब्ध गराई जनस्वास्थ्यमा सुधार ल्याउन सरकारले योजना निर्माण गरेको बताउनु भएको छ । गुणस्तरीय खानेपानी वितरणलाई सुनिश्चित गर्न प्रदेश स्तरीय पानी परिक्षण ल्याव स्थापना गर्न थालिएको बताउनु भएको हो । रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं। २ योगीकूटीमा रहेको शंकरनगर खानेपानी उपभोक्ता तथा सरस्फाइसंस्थाको रजत जयन्ती कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले एक घर(एक धाराुको अभियानलाई पूरा गर्दै कार्यान्वयन चरणमा रहेका खानेपानी आयोजनालाइ सम्पन्न गर्ने लक्ष्य लिएको जानकारी दिनुभयो । प्रदेश सरकारले आफ्नै खानेपानी ल्याव स्थापना गर्दै छ । कपिलवस्तुमा ल्याव खोल्दै छौं…

औषधी नाममा लागू औषधीको कारोबार र स्वीकृति नदिएका औषधीको बिक्री कडाइ गरिन्छ:मुख्यमन्त्री आचार्य

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारी संगै निजि क्षेत्रबाट सञ्चालन भएका अस्पताल तथा स्वास्थ्य संस्थाकाे उपचार सेवालाई प्रभावकारी बनाउन प्रदेश सरकारले ध्यान दिने बताउनु भएको छ । नेपाल औषधी व्यवसायी संघ जिल्ला शाखा रुपन्देहीकाे आयाेजनामा शनिबार बुटवलमा भएको सम्मान एवम् औषधी व्यवसायीहरुकाे क्षमता अभिवृद्धि तालिम उद्घाटन कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले सरकारी अस्पतालकाे सेवा सुविधालाइ सुधार गर्दै निजि क्षेत्रका अस्पताललाइ समेत कानुनी दायरा भित्र ल्याएर सेवा प्रवाहलाइ चुस्त बनाउने बताउनु भयाे । प्रदेश सरकारले स्वास्थ क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर बिशेषज्ञ उपचार सेवा सञ्चालन गरेकाे जानकारी दिनुभयाे । बुटवललाई स्वास्थ हव बनाउन,…

पूर्वसांसद डा. ढाकाकुमार श्रेष्ठ फार्मेसीबाट लागु औषध विक्री गरेको आरोपमा पक्राउ

कास्की(प्रहरीले लागुऔषध बिक्री–वितरण गरेको आरोपमा पूर्वसांसद पोखरा–२४ निवासी ४८ वर्षीय डा. ढाकाकुमार श्रेष्ठलाई बिहीबार पक्राउ गरेको छ । लागुऔषध ट्याबलेट ९७ चक्कीसहित पक्राउ परेका रोल्पा त्रिवेणी गाउँपालिका–७ स्थायी घर भई हाल पोखरा महानगरपालिका–४ बस्ने ४२ वर्षीय प्रकाश थापामगरले पोखरा–९ पृथ्वीचोकमा रहेको दिया फार्मेसीबाट सो लागुऔषध खरिद गरी ल्याएको बयान दिएपछि प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी अविनाशदीप जिसीले जानकारी दिए । उनका अनुसार फार्मेसीका सञ्चालक डा. श्रेष्ठलाई कास्की जिल्ला अदालतबाट कानुनबमोजिम पक्राउ अनुमति लिएर नियन्त्रणमा लिइएको र थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ । २०७९ को…