भिम अस्पतालका स्वास्थ्यकर्मीको आन्दोलन फिर्ता माग पुरा गर्ने सहमति

स्वास्थ्यसमाचार/ विभिन्न माग राखी आमरण अनशनमा रहेका भिम अस्पताल भैरहवाका स्वास्थ्यकर्मीले आन्दोलन फिर्ता लिएका छन् । आन्दोलनरत् पक्ष, अस्पताल व्यवस्थापन समिति, मेडिकल सुपरिडेन्टेन र अस्पताल ब्यवस्थापन समितिका पूर्व अध्यक्षहरुको रोहवारमा भएको छलफलमा आन्दोलनकारीको माग पुरा गर्ने सहमति भएकोले आमरण अनशन तोडिएको हो ।

अस्पताल प्रशासनले माग गरेको स्पष्टिकरण फिर्ता लिने र अनशनरत् कर्मचारीको अन्य माग सम्बोधन सम्बन्धमा ३ सदस्यीय समाधान समिति पनि गठन भएको छ । अस्पताका डाक्टर बद्री बैदवारको संयोजकत्वमा गोविन्दबहादुर ज्ञवाली र अनशनकारी गोपाल उपाध्याय सदस्य रहने गरि समिति गठन भएको छ । यो समितिले ७ दिन भित्र अस्पताल ब्यवस्थापन समक्ष प्रतिवेदन पेश गर्ने र सोही प्रतिवेदनको आधारमा अस्थायी कर्मचारीहरुको ग्रेड, तलब र अन्य सुविधाहरु प्रदान गर्ने सहमति भएको अनशनरत् कर्मचारी गोपाल उपाध्यायले जानकारी दिए ।

माग सम्बोधन हुने सहमति भए पछि अस्पतालका मेसु डाक्टर शकुन्तला गुप्ताले उपाध्यायलाई जुस खुवाएर अनशन तोडाएकी थिईन । छलफलमा मेसु गुप्ता सहित अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष नारायण प्रसाद भण्डारी, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, अस्पताल ब्यवस्थापन समितिका पूर्व अध्यक्षहरु हितराज पन्थी र आनन्द प्रसाद गुप्ता एवम भिम अस्पतालका अहेब शशिकान्त उपाध्यायको रोहवरमा भएको थियो ।

सम्बन्धित शिर्षक :