तिलोत्तमाका ५सय बढी बिद्यार्थी भएका संस्थागत बिद्यालयमा नर्स अनिवार्य

स्वास्थ्यसमाचार /तिलोत्तमा नगरपालिका भित्रका विद्यालयमा ५०० बढी बिद्यार्थी भएका ले एकजना नर्स अनिबार्य राख्नुपर्ने भएको छ। नगरस्तरीय संकट व्यवस्थापन केन्द्रको बैठकले विद्यालय संचालन गर्दा अनिवार्य स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नु पर्ने र ५०० भन्दा बढी विद्यार्थी संख्या भएका संस्थागत विद्यायलहरुले अनिवार्य रुपमा एक जना नर्स विद्यालयमा राख्नु पर्ने प्रशासकीय अधिकृत पौडेलले बताए ।

यस्तै नगरभित्रका बिद्यालय भौतिक रुपमा नै सञ्चालनमा आउने भएका छन् ।संकट व्यवस्थापन केन्द्रको बैठकले नगरभित्रका असोज ४ गतेदेखि कक्षा १ भन्दा माथिका कक्षाहरु भौतिक रुपमा नै सामुदायिक तथा संस्थागत विद्यालय संचालन गर्नका लागि अनुमति दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेलले बताए ।

साथै विद्यालयहरुले संम्बन्धीत विद्यालय व्यवस्थापन समिती, शिक्षक अभिभावक, विद्यार्थी लगायत सरोकारवाला सबैको आचारसंहिता समेटेर कक्षा असोज १ गतेसम्म कक्षा संचालन गर्ने कार्ययोजना पेश गर्न आग्रह गरेको छ ।

कक्षा कोठाभित्र भौतिक दुरीको व्यवस्था गरी एक बेन्चमा २ जना मात्रै राख्नु पर्ने उनले बताए । यस्तैै बस सञ्चालन गर्ने विद्यालयहरुले बस भित्र सुरक्षाका मापदण्ड पालना गर्नु पर्ने र बसको सिट क्षमता भन्दा बढी विद्यार्थी नहुने विद्यालय राख्न पाउने पौडेलले बताए ।

साथै अर्को सूचना नभएसम्मका लागि मन्टेश्वरी÷बालबिकास (प्ले ग्रुप, नर्सरी, एलकेजी, युकेजी) का कक्षा भने सञ्चानल गर्न नपाइने नगरपालिकाले जनाएको छ । यस्तै देवदह नगरपालिकाले पनि भदौ २७ गतेदेखि भौतिक रुपमा नै पठन–पाठन गराउन नगरभित्रका विद्यालयहरुलाई अनुमति दिएको छ ।

सम्बन्धित शिर्षक :