लुम्बिनी प्रादेशिक अस्पतालमा डेंगु र स्क्रब टाइफसका बिरामी बढ्दै

स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा डेंगु र स्क्रब टाइफसका बिरामी देखिएका छन ।कार्तिक महिना सुरुभएपछि डेंगु र स्क्रब टाइफसका बिरामी देखिएका हुन।कोरोना संक्रमणको जस्तै ज्वरो आउने लक्षण हुने यी दुवै रोगका बिरामीहरु लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा बढेका छन ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा दैनिक ज्वरो आएर भर्ना हुने १० बालबालिकामध्ये ३ जनामा स्क्रब टाइफस देखा परेका छन । डेंगुका बिरामी पनि उपचारका लागि आउने गरेको चिकित्सकहरुले बताए ।

ठूला उमेरका बिरामीभन्दा बालबालिकामा स्क्रब टाइफस बढी देखिएको छ । अस्पतालका वरिष्ठ कन्सल्टेन्ट बालरोग विशेषज्ञ डा. नेत्र रानाले भने अस्पतालमा दैनिक भर्ना हुने ज्वरोका १० बालबालिकामध्ये ३ जनामा स्क्रब टाइफस देखा परेको बताए।

अहिले बालबालिका घरबाहिर झार भएका स्थानमा खेल्दा किराले टोके पनि वास्ता नगर्ने र थाहा पाइहाले धपाउन वा मार्न नसक्ने हुन्छन्न अहिले स्क्रब टाइफस देखापर्ने मौसमसमेत मिलेकाले यसको जोखिम बढ्दै गएको डा.रानाले बताए । बालबालिकामा डेंगुको तुलनामा स्क्रब टाइफस बढी छ । मुसामा पाइने माइट नामक परजीवीको टोकाइबाट मानिसमा स्क्रब टाइफस रोग सर्छ ।

लुम्बिनी प्रादेशिक अस्पतालका वरिष्ठ फिजिसियन डा. सुदर्शन थापाका अनुसार स्क्रब टाइफस संक्रमणका बिरामीलाई टाउको तथा मांसपेशी दुख्ने, ज्वरो आउने, पखाला लाग्ने, परजीवीले टोकेको ठाउँमा घाउ देखिनेलगायतका लक्षण देखा पर्ने बताए। डा थापाले भने उपचारमा ढिलाइ गरे ज्यानै जान सक्ने खतरा हुन्छ । डेंगु दिउँसो सक्रिय हुने एडिस जातको लामखुट्टेले टोकेमा हुने गर्छ । डेंगुको लक्षण पनि उच्च ज्वरो, शरीर दुख्ने नै हुन ।

बेमौसमी वर्षाले गर्दा तराईका जिल्लामा डेगुको संक्रमण अझै फैलिन सक्ने डर पैदा भएको छ । किराको टोकाइबाट हुने यस्ता रोगको संक्रमण न्यूनिकरणका लागि थप सचेत बन्न आवश्यक देखिएको छ ।आफ्नो घर वरपर लामखुट्टको बासस्थान नष्ट गर्ने तथा सरसफाईमा ध्याने दिने हो भने डेंगु र स्क्रब टाइफस संक्रमणको जोखिम कम हुने जनस्वास्थ्य बिज्ञहरु बताउछन ।

सम्बन्धित शिर्षक :