लुम्बिनी प्रादेशिक अस्पताललाई १२सय शैय्यामा संञ्चालनका लागी [ईआए] मस्यौदामा छलफल

स्वास्थ्यसमाचार/लुम्बिनी प्रादेशिक अस्पताललाई १२सय शैय्यामा संञ्चालन गर्नको लागी वातावरणीय प्रभाब मुल्याकन [ईआए] मस्यौदामा सुनुवाई भएको छ ।आज लुम्बिनी प्रादेशिक अस्पतालमा वाताबरणीय प्रभाब मुल्याकन मस्यौदामा छलफल भएको हो । छलफल कार्यक्रममा बोल्दै वातावरणीय प्रभाब मा भएका समस्यालाई दिर्घकालिन रुपमा समाधान गर्ने गरि काम अघिबढाउनु पर्ने बताएका छन ।

कार्यक्रममा बोल्दै प्रदेश पूर्वाधार विकास प्राधिकरण प्रमुख कार्यकारी अधिकृत ई अनन्त राज घिमिरेले नेपालको मुख्यभागमा रहेको बुटबलको लुम्बिनी प्रादेशिक अस्पताललाई नेपालकै नमुना अस्पताल बनाउने गरि प्रदेश सरकारले बजेट बिनियोजन गरेको र तत्काल काम अघिबढाउनु पर्ने बताए ।

अस्पतालमा भएका वाताबरणीय समस्या लाई दिर्घकालिन रुपमा समाधान गर्ने र वाताबरण एैनका आधारमा अस्पतालको पुवाधारलाई अघि बढाई लुम्बिनी प्रादेशिक अस्पतालबाट सहजरुपमा सबै सेवा संञ्चालन गर्ने गरि १२ सय शैय्याको अस्पतालबनाउन वाताबरणीय प्रभाब मुल्याकनका बारेमा छलफल गरिएको र अस्पतालमा देखीएका समस्या र समाधानका उपायलाई समेटेर अघि बढने बताए । अस्पताल मेसु डा ईन्द्र ढकालले अस्पतालले सहजरुपमा सेवा दिनको लागी पुर्वाधार अभाब भएको र पुर्वाधार संगसंगै थप सेवा बिस्तार गरिदै लैजाने बताए ।

उक्त छलफलमा औषधी ब्यबसायी संघका अध्यक्ष सुरज भटट्राई ,यातयात तथा मजदुर भलाई कोषका अध्यक्ष दिनेश फुल्देल,रुपन्देही ब्यापार संघका अध्यक्ष यमलाला लोहनी ,लुम्बिनी वाणिज्य क्यामपसका अध्यक्ष मेतिलला पान्डे लगायतले वोल्दै लुम्बिनी प्रादेशिक अस्पताललाई १२सय शैय्यामा संञ्चालन गर्नको लागी सबै प्रकारको सहयोग गर्ने प्रतिबद्धता जनाएका छन ।

उनीहरुले अहिले अस्पतालका देखीएका सानातिना समस्यालाई हलगरि अस्पतालको पुर्वाधार लाई अघिबढाउनु पर्ने बताए । वाताबरणीय प्रभाब मुल्याकन मस्यौदामा सुनुवाईकार्यक्रममा अस्पताल बिकास समितिका सदस्य रिज्यु श्रेष्ठ अस्पतालका बिभागीय प्रमुखहरु डा श्रीधर आर्चाय,डा नेत्र राना डा प्रभाकर चौधरी,डा मनिकलला नेवार, डा किशोर खत्री,फार्मेसी अधिकृत पदम खनाल नर्सिड ईन्चार्ज ज्योति पौडेल रुपलाल पन्थी गिता अर्याल भोला क्षेत्री लगायतका सरोकारवालाहरुको सहभागी रहेको थियो ।

अस्पताल बिकास समितिका अध्यक्ष सुर्य बहादुर भटट्राईको अध्यक्षतामा भएको कार्यक्रमको संञ्चालन नासु श्रीराम पान्डेले गरेका थिए ।

 

सम्बन्धित शिर्षक :