स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा दीपेन्द्ररमण सिंह नियुक्त

स्वास्थ्यसमाचार /स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा। दीपेन्द्ररमण सिंह नियुक्त भएका छन्। स्वास्थ्य मन्त्रालयमा रहेका डा सिंहलाई आइतबार विभागको महानिर्देशकको जिम्मेवारी दिइएको हो।

डा सिंहलाई आज महानिर्देशकको पत्र दिइएको मन्त्रालयका सचिव डा रोशन पोखरेलले जानकारी दिए।विभागका निमित्त महानिर्देशक डा। आरपी बिच्छाको उमेरका आधारमा सेवा अवधि सकिएपछि डा। सिंहलाई महानिर्देशकको जिम्मेवारी दिइएको हो।

यसअघिका महानिर्देशक डा। बिच्छाले कार्तिक ६ गतेबाट अनिवार्य अवकाश पाएसँगै बिच्छाको अवकाशकै दिन पारेर डा। सिंहलाई विभागको महानिर्देशकमा पठाइएको हो।

डा बिच्छाको सेवा अवधि सकिए पनि सरकारले उनको सेवा तीन वर्ष थप गरेको छ। यसरी सेवा अवधि थप भएका कर्मचारीले महानिर्देशक, निर्देशक तथा कुनै पनि प्रशासनिक पदमा बस्न भने पाउँदैनन्। सोही कारण मन्त्रालयले विभागको महानिर्देशकमा डा सिंहलाई पठाएको हो।

 

सम्बन्धित शिर्षक :