पोलियो दिवसमा बुटवलमा रोटरीको जनचेतनामूलक र्‍याली

स्वास्थ्यमाचार /विश्व पोलियो दिवसका अबसरमा बुटवलमा जनचेतनामूलकर्‍याली निकालिएको छ । रुपन्देहीका १९ वटा रोटरी तथा रोट¥याक्ट क्लवहरुले संयुक्तरुपमा ¥यालीको आयोजना गरेका हुन् । ¥यालीको अगुवाई भने रोटरी क्लव अफ बुटवलले गरेको थियो ।

रोटरी इन्टरनेशनलको पहलमा एक दशक पहिलेदेखि २४ अक्टोबरका दिन यो दिवस विश्वभर मनाउन सुरु गरिएको हो । सन् १९७९ देखि रोटरीले पोलियो उन्मूलनका लागि कार्यक्रम गर्दै आएको छ । हरेक वर्ष अक्टोबर २४ का दिन विश्व पोलियो दिवस संसारभर मनाउने गरिन्छ ।

सन् २०१० को अगस्त १० मा नेपाल पोलियोमुक्त राष्ट्र घोषित भइसकेको छ । तर नेपाल पोलियोमुक्त भए पनि पोलियो उन्मुलन भइनसकेकाले सचेत रहन आवश्यक रहेको विज्ञहरुले जनाएका छन् ।

एक तथ्याङ्क अनुसार विकसित मुलुकका बालबालिकाले नियमित खोप कार्यक्रममा ३२ प्रकारका रोगविरुद्धको खोप पाउँछन् भने नेपालमा ११ प्रकारका रोगविरुद्वको खोपहरु विभिन्न दातृ निकायहरुको सहयोगमा सरकारले निःशुल्क रुपमा उपलव्ध गराउँदै आएको छ । नेपाल सरकारले विश्व स्वास्थ्य संगठन, युनिसेफ तथा अन्य संघसंस्थाहरुसँग मिलेर २०५३ सालदेखि पोलियो लगायत अन्य खोप कार्यक्रमहरुलाई निरन्तरता दिदै आएको छ ।

बुटवलको रक्तसञ्चार सेवा केन्द्रबाट सुरु भएको ¥याली अमरपथ, हाटबजारलगायतका क्षेत्रको परिक्रमा गर्दै जेसीज चोकमा पुगेर समापन भएको थियो । त्यस अवसरमा बोल्दै रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का डिजि नोमिनी राजेन्द्रप्रसाद ध्वजूले पोलियो रोग उन्मुलन भएपनि यसप्रतिको जनचेतना अझै आवश्यक रहेको बताए । सबैजना सचेत रहे मात्र पोलियो उन्मुलन हुन सक्ने उनको भनाई छ ।

कार्यक्रममा एजी राजेन्द्र कार्की, रोटरी क्लव अफ बुटवलका अध्यक्ष प्रा.डा. ताराप्रसाद उपाध्याय, पुर्व अध्यक्ष पुरनप्रसाद श्रेष्ठ, सचिव खिमनारायण पराजुलीलगायतले पोलियोबारेको जनचेतना अझै फैलाउनुपर्ने धारणा राखेका थिए ।

सम्बन्धित शिर्षक :