विश्व प्रतिजैविक सप्ताह२०७८सरोकारवाल संग अन्तरक्रिया गरि सम्पन्न

एन्टिबायोटिक चिकित्सकको सल्लाह अनुसार प्रयोग गरौ जथाभावी नगरौ

स्वास्थ्यमाचार /विश्व प्रतिजैविक सप्ताह २०७८ बुटबलमा सरोकारवाल संगअन्तरक्रिया गरि सम्पन्न भएको छ । समापन कार्यक्रममा बोल्दै सरोकारहरुवाले यसलाई रोक्न सबैको सामुहिक पहल आबश्यक हुने बताएका छन ।

लुम्बिनी प्रदेश स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयको आयोजनामा भएको  कार्यक्रममा वोल्ने बक्ताहरुले एन्टिबायोटिक जथाभावी प्रयोग गर्ननहुने बताएका हुन ।कार्यक्रममा वोल्दै लुम्बिनी प्रदेश स्वास्थ्यजनसंख्या तथा परिवार कल्याण मन्त्री ईन्द्रजित चौधरीले विश्व स्वास्थ्य संगठनको भुमिकाम महत्वपुर्ण हुने छ एन्टिबायोटिक जथाभावी प्रयोग गर्नुहुन्न भनेर रोकथामको लागी लाग्नुपर्ने बताए ।

बिचौलीया हाबी भएको ठाउमा सरकारलेमात्र एक्लै केहि गर्नसक्दैन सबैको सामुहिक पहिल आबश्यक हुन्छ ।मन्त्री चौधरीले एन्टिबायोटिक जथाभावी प्रयोग नगरौ आबश्यकता अनुसार चिकित्सक र स्वास्थ्यकर्मिले खानुपर्छ भनेर लेखेपछि मात्र प्रयोग गर्न सबैलाई सुझाब दिनुपर्ने आबश्यकता रहेको बताए ।

स्वास्थ्य सचिब डा बिकास देवकोटाले भने १५ बेडका अस्पताल स्वीकृतीले अनि ५० बेडको क्षमताका बिरामीलाई उपचार गर्दा बिरामीको चापको कारणपनि एन्टिबायोटिक प्रयोग भएको बताए ।यो रोकथामको लागी स्वास्थ्य निति २०७६मा निलम्वन र रोकथामको बारेमा उल्लेख गरिएकोले एन्टिबायोटिक जथाभावी प्रयोग गर्न अबस्था कम हुने बताए ।

डा देबकोटाले भने एन्टिबायोटिक प्रयोग रोक्न उत्पादनकर्ता लेख्ने चिकित्सक स्वास्थ्यकर्मी र खाने सबैलाग्नु पर्ने बताए ।उनले प्रदेशभित्रका अस्पतालाई १ करोडका दरले दिएको र यस बर्ष १० बटा ल्याब बनेकोले पनि एन्टिबायोटिक प्रयोगमा कमि आउने बताए ।

कृषि भुमि तथा ब्यबस्था मन्त्रालयका सचिब डा शान्त कार्किले खाध्यन तथा दैनीक उपभोग्य बस्तुमा पनि एन्टिबायोटिकको अबस्था प्रयोग गर्न प्रदेशमा ल्याव बनाउन डिपीआर गरिएको बताईन ।सचिब कार्किले अनुगमन लाई प्रभाबकारी बताउने समेत बताईन ।प्रदेश स्वास्थ्य निर्देशक डा बिनोद गिरीले सबैले जिम्बेबारी अपनत्व हुनेगरि लागे एन्टिबायोटिक प्रयोगकमी हुने बताए ।

अन्तरकृर्या कार्यक्रमा लुम्बिनी प्रादेशिक अस्पताल का चिकित्सक डा बर्षा थापा,डा सागर न्यौपाने, नर्स शृष्टि कोईराला शिब ज्ञाबली, गुणानिधि खनाल, मुकेश कुमार चौधरी बिक्रम खडका, लगायतले बोल्दै ग्रामिण क्षेत्रमा प्रयोगशाला गाउँ गाउँमा सचेतना र सरकारको कडा निगरानी भए अनाबश्यक रुपमा एन्टिबायोटिक प्रयोग कमी हुने बताए ।कार्यक्रमको संञ्चालन आयुर्वेद महाशाखा प्रमुख डा पुष्प राज पौडेले गरेका थिए ।

सम्बन्धित शिर्षक :