अबदेखि विद्यार्थीलाई विद्यालयबाट कोरोना बिरुद्धको खोप लगाइने

स्वास्थ्यसमाचार/ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ३१ बुँदे कार्ययोजना सार्वजनिक गरेका छन्। मन्त्री पौडेलेले मंगलबार पत्रकार सम्मेलन गर्दै ३१ बुँदे कार्ययोजना सार्वजनिक गरेका हुन्।उनले सार्वजनिक गरेको कार्ययोजनाको पहिलो प्राथमिकतामा सबै विद्यार्थीलाई कोभिड १९ विरुद्धको खोप व्यवस्था गर्ने उल्लेख गरेका छन्।

विद्यार्थीहरुले खोप केन्द्रमा लाइनमा बसेर खोप लगाउनुपर्ने बाध्यता हटाउन देशैभर एकैपटक एकसाताको अभियान नै सञ्चालन गरी विद्यालयमै खोप लगाउने व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयलाई आग्रह गरिएको पनि मन्त्री पौडेलले जानकारी दिए।

चीनमा पढेर इन्टर्नसीप गर्न नपाएका विद्यार्थीको जिम्मा सरकारले लिने मन्त्री पौडेलले बताए ।‘चाइना पढेर इन्टर्नसीप गर्न नपाएका विद्यार्थीको जिम्मा हामी लिन्छौं । २०१४(०१५ ब्याचको समस्या हल भएको छ । २०१६ ब्याचको समस्या हो त्यसको समाधान हुन्छ । तयारी गरिरहेका छौं,‘ उनले भने।इन्टर्नसीप गर्न नपाएका मेडिकल विद्यार्थीको समस्या समाधान गर्ने विषयमा शिक्षा मन्त्रालयमा एक कार्यदल बनेको जानकारी दिए।

शैक्षिक शत्र खेर जान नदिने र लोकप्रियभन्दा पनि गर्न सक्ने काम सरकारले गर्ने उनको भनाइ छ ।त्यस्तै सबै पालिका, जिल्ला र प्रदेशलाई साक्षर घोषणा गरिने, सिक्दै कमाउँदै कार्यक्रमलाई प्रभावकारी ढंगले कार्यन्वयन गर्ने, अनिवार्य तथा निःशुल्क शिक्षा ऐन र नियमलाई प्रभावकारी रुपमा कार्यन्वयन गरिने जनाएको छ।

त्यस्तैगरी कक्षा १२ सम्मका पाठ्यपुस्तकको छपाई गुणस्तरीय एवं रङ्गिन बनाइने, अधिकतम सामुदायिक विद्यालयमा प्राविधिक शिक्षाको पढाइ सञ्चालनमा ल्याइने, स्थायी शिक्षकको पदपूर्तिलगायतका प्राथमिकता कार्ययोजनामा समेटिएका छन्।

 

सम्बन्धित शिर्षक :