स्वास्थ्य जनशक्ती राष्ट्रिय रणनिति समन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

स्वास्थ्यसमाचार /स्वास्थ्य तथा जनसंख्या मन्त्रालय समन्य महाशाखाको आयोजनामा बुटबलमा एकदिने स्वास्थ्य जनशक्ती सम्वन्धी राष्ट्रिय रणनिति समन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

जनशक्ती सम्वन्धी राष्ट्रिय रणनिति समन्धी अभिमुखीकरण कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक भिम प्रसाद सापकोटाले संघिय स्वास्थ्य मन्त्रालयले वनाएको जनशक्ती सम्वन्धी राष्ट्रिय रणनिति २०२१को बारेमा जानकारी गराएका थिए । उनले संघिय सरकारले बनाएको यो राष्ट्रिय रणनिति सबै प्रदेशमा सरोकारवालाहरु लाई जानकारी गराएको वताए ।

उनले लुम्बिनी प्रदेशले पनि प्रदेश जनशक्ती सम्वन्धी रणनिति वनाउदा यसैलाई आधारमानेर बनाउन सकिने बताए ।उनले पहिलेको अहिले २०२१को र २०३० सम्मको अबस्थालाई आधारमानेर यो रणनिति बनाएको वताए ।

अभिमुखीकरण कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशक डा बिनोद गिरीले स्वास्थ्यमा भएको जनशक्ती ब्यबस्थापन पक्षलाई चुस्तबनाउनु पर्ने बताए ।डा गिरीले भने स्वास्थ्यको स्थानिय जिल्ला र प्रदेशमा जनशक्ती छ तर बिरामीको चापअनुसार नभएको बताउदै पहिलेको दरबन्दीअनुासर बिरामीको आधारमा ब्यबस्थापन गर्नु आबश्यक रहेको बताए ।

लुम्बिनी प्रदेश स्वास्थ्य जनसंख्या तथा परिवार  कल्याण मन्त्रालयका सचिब डा बिकास देबकोटाले भने अहिले जनशक्ती अभाब भन्दापनि ब्यबस्थापनमा समस्या भएको बताए ।वैज्ञानिक शुत्रका आधारमा जनशक्ती ब्यबस्थापन गर्नुपर्न बताउदै केन्द्रले बनाएको रोडम्यापलाई आधारमानेर लुम्बिनी प्रदेशले पनि बनाउदै गरेको बताए ।

सचिब देबकोटाले भने लुम्बिनी प्रदेश स्वास्थ्यमन्त्रालले स्वास्थ्यकर्मिको लागी आवास,अस्पताल र छोरारोरीलाई अध्ययनका लागी ब्यबस्थापन गर्नका लाई यसवर्षबाट कामसुरु गर्ने गरि बजेट बिनियोजन गरेको बताए ।सचिब देबकोटाले भने अनमीको दरबन्दी छ तर अनमीको दरबन्दीमा आउने नर्स बिए बिपीएच एमएन गरेका छन तर उनीहरुलाई प्रोसाहन गर्ने योग्यताको आधारमा ठाउ अनुासार ब्यबस्थापन गर्नसके योग्ताको आधार र क्षमताको बिकास र काममा हौसलामिल्ने भएकोले यहि आधारमा ब्यबस्थापन गर्नुपर्ने बताए ।

अभिमुखीकरणमा बिभिन्न सरोकारवालाहरुको सहभागी रहेको थियो स्वास्थ्य जनशक्ती सम्वन्धी राष्ट्रिय रणनिति बनाउन बिश्व स्वास्थ्य संगठनले सहयोग गरेको बताईएको छ ।अभिमुखीकरण कार्यक्रमको संञ्चालन आयुर्वेद महाशाखा प्रमुख डा पुष्प राज पौडेले गरेका थिए ।

सम्बन्धित शिर्षक :