लुम्बिनी प्रादेशिक अस्पतालमा क्यान्सर स्क्रिनिङ सेन्टर बन्दै

स्वास्थ्यसमाचार/ रोटरी क्लव अफ बुटवलले स्वास्थ्य र सामाजिक क्षेत्रलाई लक्षित गर्दै विभिन्न चारवटा प्रोजेक्ट अगाडि बढाएको छ । रोटरीको ग्लोवल ग्रान्ट प्रोजेक्ट अन्तर्गत वर्ष २०२१/२२ को लागि चारवटा परियोजनाको काम अगाडि बढाइएको हो । चारवटा अन्तर्गत क्यान्सर स्क्रिनिङ सेन्टर सहित ब्लड कलेक्सन मोवाइल भ्यान सम्म छन् । रोटरी क्लव अफ बुटवलको २९ औं चार्टड नाइट कार्यक्रमको पुर्वसन्ध्यामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा रोटरीले अगाडि बढाएका परियोजनाबारे जानकारी दिइएको हो । जस अन्तर्गत रोटरी क्लव अफ बुटवलले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा द रोटरी क्यान्सर स्क्रिनिङ्घ एण्ड डाइग्नोष्टिक सेन्टर स्थापना, रक्तसञ्चार सेवा केन्द्रसँगको…

थप देशभर २५९ जनामा कोरोना संक्रमण, २६४ संक्रमणमुक्त

स्वास्थ्यसमाचार / पछिल्लो २४ घण्टामा थप देशभर २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २ सय ३१ जनाको पीसीआर परीक्षण गर्दा २४३ जना र २ हजार ६ सय ५७ जनाको एन्टीजेन परीक्षण गर्दा १६ जना गरी २५९ जनामा कोरोना संक्रमण पुष्टि भएकोे हो । आज थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १६ हजार ६०९ पुगेको छ ।पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ । । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ५२४ पुगेको छ सोही अवधीमा २६४…

बौद्ध विश्वविद्यालयले १७ औ स्थापना दिवसको अवसरमा रक्तदान

स्वास्थ्यसमाचार /लुम्बिनी बौद्ध विश्वविद्यालयले १७ औ विश्वविद्यालय दिवसको अवसरमा सोमबार रक्तदान गरेको छ ।लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजना तथा नेपाल नियमित रक्तदाता संघको सहकार्यमा बुटवल सिटि कलेजमा सोमबार रक्तदान कार्यक्रमको विश्वविद्यालयका उपकुलपति प्रा डा हृदयरत्न बज्राचार्यले रक्तदातालाई ब्लड ब्याग वितरण गरि उद्घाटन गरे । दान दिएको कारण नै संसार राम्रो देख्छौ र यसले हौसला बढाउन मद्दत मिल्ने उनले बताए। कार्यक्रममा विश्वविद्यालयका रजिस्ट्रार डा तिलकराम आचार्य, नेपाल नियमित रक्तदाता संघका प्रमुख सल्लाहकार बिमल बहादुर शाक्य, नेपाल नियमित रक्तदाता संघका कार्यबाहक अध्यक्ष लेखराज भण्डारी, सिटि कलेजका संयोजक बल बहादुर पाण्डे, विश्वविद्यालयका अधिकृत चुरामणि…

विश्व प्रतिजैविक सप्ताह२०७८सरोकारवाल संग अन्तरक्रिया गरि सम्पन्न

स्वास्थ्यमाचार /विश्व प्रतिजैविक सप्ताह २०७८ बुटबलमा सरोकारवाल संगअन्तरक्रिया गरि सम्पन्न भएको छ । समापन कार्यक्रममा बोल्दै सरोकारहरुवाले यसलाई रोक्न सबैको सामुहिक पहल आबश्यक हुने बताएका छन । लुम्बिनी प्रदेश स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयको आयोजनामा भएको  कार्यक्रममा वोल्ने बक्ताहरुले एन्टिबायोटिक जथाभावी प्रयोग गर्ननहुने बताएका हुन ।कार्यक्रममा वोल्दै लुम्बिनी प्रदेश स्वास्थ्यजनसंख्या तथा परिवार कल्याण मन्त्री ईन्द्रजित चौधरीले विश्व स्वास्थ्य संगठनको भुमिकाम महत्वपुर्ण हुने छ एन्टिबायोटिक जथाभावी प्रयोग गर्नुहुन्न भनेर रोकथामको लागी लाग्नुपर्ने बताए । बिचौलीया हाबी भएको ठाउमा सरकारलेमात्र एक्लै केहि गर्नसक्दैन सबैको सामुहिक पहिल आबश्यक हुन्छ ।मन्त्री चौधरीले एन्टिबायोटिक…

अबदेखि विद्यार्थीलाई विद्यालयबाट कोरोना बिरुद्धको खोप लगाइने

स्वास्थ्यसमाचार/ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ३१ बुँदे कार्ययोजना सार्वजनिक गरेका छन्। मन्त्री पौडेलेले मंगलबार पत्रकार सम्मेलन गर्दै ३१ बुँदे कार्ययोजना सार्वजनिक गरेका हुन्।उनले सार्वजनिक गरेको कार्ययोजनाको पहिलो प्राथमिकतामा सबै विद्यार्थीलाई कोभिड १९ विरुद्धको खोप व्यवस्था गर्ने उल्लेख गरेका छन्। विद्यार्थीहरुले खोप केन्द्रमा लाइनमा बसेर खोप लगाउनुपर्ने बाध्यता हटाउन देशैभर एकैपटक एकसाताको अभियान नै सञ्चालन गरी विद्यालयमै खोप लगाउने व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयलाई आग्रह गरिएको पनि मन्त्री पौडेलले जानकारी दिए। चीनमा पढेर इन्टर्नसीप गर्न नपाएका विद्यार्थीको जिम्मा सरकारले लिने मन्त्री पौडेलले बताए ।‘चाइना पढेर इन्टर्नसीप गर्न नपाएका विद्यार्थीको जिम्मा…

स्वास्थ्य जनशक्ती राष्ट्रिय रणनिति समन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

स्वास्थ्यसमाचार /स्वास्थ्य तथा जनसंख्या मन्त्रालय समन्य महाशाखाको आयोजनामा बुटबलमा एकदिने स्वास्थ्य जनशक्ती सम्वन्धी राष्ट्रिय रणनिति समन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । जनशक्ती सम्वन्धी राष्ट्रिय रणनिति समन्धी अभिमुखीकरण कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक भिम प्रसाद सापकोटाले संघिय स्वास्थ्य मन्त्रालयले वनाएको जनशक्ती सम्वन्धी राष्ट्रिय रणनिति २०२१को बारेमा जानकारी गराएका थिए । उनले संघिय सरकारले बनाएको यो राष्ट्रिय रणनिति सबै प्रदेशमा सरोकारवालाहरु लाई जानकारी गराएको वताए । उनले लुम्बिनी प्रदेशले पनि प्रदेश जनशक्ती सम्वन्धी रणनिति वनाउदा यसैलाई आधारमानेर बनाउन सकिने बताए ।उनले पहिलेको अहिले २०२१को र २०३० सम्मको…

आजदेखी १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई फाइजर खोप लगाइँदै

स्वास्थ्यसमाचार/कोभिडविरुद्धको फाइजर खोप आजबाट १२ देखि १७ वर्ष उमेर समूहका सर्वसाधारण बालबालिकालाई दिइने भएको छ । हिजोसम्म यो खोप १२ वर्ष माथिका दीर्घ रोगीलाई मात्रै दिइँदै आएको थियो । स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख सागर दाहालका अनुसार आजबाट १२ देखि १७ वर्ष उमेर समूहका निरोगी बालबालिका र दीर्घ रोगी भए १२ वर्षमाथिका सबै उमेर समूहका लागि यो खोप दिने व्यावस्था मिलाइएको छ । स्वास्थ्य कार्यालय काठमाडौंले पनि थोरै मात्रा खोप बाँकी रहेकाले पहिले आउनेलाई पहिलो प्राथमिकतामा राखेर खोप दिइने बताएको छ । स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख शम्भु काफ्लेका अनुसार…

स्वास्थ्य मन्त्रालय घुस्याहाको अखडा बन्यो पुर्वस्वास्थ्यमन्त्री :अधिकारी

स्वास्थ्यसमाचार /नेपाल स्वास्थ्यकर्मी संघ रुपन्देहीको तेस्रो जिल्ला अधिवेशनको उदघाटन गर्दै पुर्व स्वास्थ्यमन्त्री समेत रहेका अधिकारीले अहिलेको सरकारले स्वास्थ्य क्षेत्रलाई विकृत तुल्याउने काम गरेको आरोप लगाए । “अहिले स्वास्थ्य मन्त्रालय घुस्याहाको अखडा बनेको छ, राम्रो काम गर्ने स्वास्थ्यकर्मीलाई अवधि नपुगीकनै सरुवा गर्ने र स्वास्थय संस्थालाई कमजोर पार्ने काम भएको छ”–उनले भने ।फरक प्रसंगमा नेता अधिकारीले प्रचण्ड र माधव नेपाल दलाल पुँजीवादका नेपाली एजेण्ट भएको आरोप लगाए । “रुपमा कम्युनिष्ट देखिए पनि दक्षिणपन्थसँग सहकार्य गरेकाले उनीहरु दलाल पुँजीवादका नेपाली एजेण्ट हुन्”–उनले भने । पैसाका लागि पार्टी फुटाउने अपराधपूर्ण कामको चिन्तनमा प्रचण्ड र…

‘ज्येष्ठ नागरिकको घरदैलोमा औषधी र स्वास्थ्यकर्मि लिएर पुगे :नगरप्रमुख घिमिरे

स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिकाले ज्येष्ठ नागरिकहरुको लागि ‘ज्येष्ठ नागरिक घरदैलो स्वास्थ्य परीक्षण’ कार्यक्रम अन्र्तगत तिलोत्तमा १० सेमराबजारमा घर घरमा गई स्वास्थ्य परिक्षण गरिएको छ । वडा नं १०को वेबरीमा नगरप्रमुख बासुदेब घिमिरेले जेष्ठ नागरिकलाई पुष्पगुच्छाले स्वागत गर्दे चेकचाज कार्यक्रम सुभारम्भ गरे । मेयर घिमिरेले भने तिलोत्तमा नगरपालिका भित्रका ७१ बर्षमाथिका कुनैपनि नागरिक औषधी र उपचार अभाबले ज्यान गुमाउन नपरोस भनेर यो अभियान सुरु गरेको बताए । नगरप्रमुख घिमिरेले भने आफुपनि जनताको प्रतिनिधि भएकोले स्वास्थ्यकर्मिहरु संग नागरिकको अबस्था बुझदै हिडेको छु ।उपचारपछि स्थानिय ७० बर्षिय जेष्ठ नागरिक श्रीराम चौधरीले भने हामीले सच्चा…

सरकारी स्वास्थ्य संस्थाको सेवा प्रभावकारी बन्दै गएको छ :नगर प्रमुख घिमिरे

स्वास्थ्यसमाचार/ रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ८ मा रहेको करहिया स्वास्थ्य चौकीले आफ्नै सुविधासम्पन्न भवनबाट सेवा दिन थालेको छ । स्थापना भएको झण्डै २६ वर्षपछि; ज्योतिनगरमा स्वास्थ्य चौकीको आफ्नै भवन निर्माण गरिएको हो । आफ्नैं भवन निर्माण भएसँगै सेवा प्रवाह सहज बन्ने स्वास्थ्यकर्मीहरुले जनाएका छन् । यसअघि स्वास्थ्य चौकी विभिन्न संघ/संस्थाका भवनमा सञ्चालन गरिएकोमा जग्गाको स्वामित्व प्राप्त भएपछि आफ्नै भवन निर्माण गरिएको हो । स्थानीय बासिन्दाले लामो समयदेखि संरक्षण गर्दै आएको झण्डै ६ कठ्ठा जग्गा स्वास्थ्य चौकीको नाममा कायम भएपछि २०७७ भदौ २३ गते स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको थियो…