भीम अस्पताल भैरहवालाई ‘चाईल्ड भेन्टिलेटर’ हस्तान्तरण

स्वास्थ्यसमाचार/प्रतिमान–नीमा स्मृति प्रतिष्ठानले भैरहवास्थित भीम अस्पताललाई ‘चाईल्ड भेन्टिलेटर’ हस्तान्तरण गरेको छ । प्रतिष्ठानले अस्पताललाई करिब २१ लाख मूल्य बराबरको एक थान चाइल्ड भेन्टिलेटर हस्तान्तरण गरेको हो । मंगलबार अस्पतालमा आयोजित एक कार्यक्रमकाबीच प्रतिष्ठानका उपाध्यक्ष तथा पूर्व स्वास्थ्यमन्त्री दीपक बोहराले अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारीलाई उक्त भेन्टिलेटर हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि बोहराले भीम अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण गर्न पाउँदा खुसीको अनुभुति भएको बताए । उनले अस्पतालको विकासका लागि आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘जिल्ला अस्पतालको रुपमा रहेको भीम अस्पतालमा रुपन्देहीबाट मात्र नभइ…

धुर्कोटमा एकिकृत घुम्ती शिविर सम्पन्न २सय बढीको स्वास्थ्य परिक्षण

स्वास्थ्यसमाचार/धुर्कोट गाउँपालिका गुल्मीको आयोजनामा १ दिने एकिकृत घुम्ती शिविर सम्पन्न भएको छ । मंगलबार धुर्कोट गाउँपालिका वडा नं. १ नयागाउँ स्थित नयागाउँ स्वास्थ्य चौकीको प्रांगणमा एकिकृत घुम्ती शिविर सम्पन्न भएको हो । शिविरमा गाउँपालिका अन्तर्गतका विभिन्न शाखा बाट प्रदान गरिने स्वास्थ्य, कृषि, पशु, जेष्ठ नागरीक, अपांग लगायत बैकि शेवा समेत उपलब्ध गराइएको थियो । शिविर अन्तर्गत २सय १० जनालाई निशुल्क स्वास्थ्य परिक्षण तथा औषधी वितरण गरिएको थियो । जसमा ६० जनाले भिडियो एक्सरे सेवा लिएका थिए । त्यस्तै पशु शेवा अन्तर्गत २०२ परिवारका १०८९ बाख्रा र ६७ भैसीलाई औषधी वितरण,…

पाल्पाको माथागढीमा भगवान् कोईराला पुगेपछि मुटुरोगी उत्साहित

स्वास्थ्यसमाचार/पाल्पाको माथागढी गाउँपालिका(७ रहवासकी २७ वर्षीया विष्णु परियारमा विगत पाँच वर्षअघिदेखि मुटुमा समस्या देखिएको थियो । आर्थिक अवस्था निकै नाजुक भएकाले उहाँले स्वास्थ्य परीक्षण गर्न सक्नुभएको थिएन । जिल्लाका अस्पतालमा सामान्य उपचार गराए पनि मुटुसम्बन्धी उपचारका लागि बाहिर जान पैसा नभएकाले परियार त्यत्तिकै घरमै बस्नुभएको थियो । काठमाडौंबाट गाउँमै मुटुरोग विशेषज्ञ प्राडा भगवान् कोइराला आउने खबर थाहा पाएपछि उहाँ बिहानै गाडी चढेर गाउँपालिकाको केन्द्रस्थित किसान मावि पुग्नुभयो । किसान माविमा सञ्चालन भएको स्वास्थ्य शिविरमा उहाँले स्वास्थ्य परीक्षण गराउनुभयो । स्वास्थ्य परीक्षणमा उहाँको मुटुमा समस्या देखियो । परियारलाई डाक्टरले परामर्शपछि निःशुल्क…

तिलोत्तमाका ज्येष्ठ नागरिकको घरदैलोमैं पुगेर स्वास्थ्य परीक्षण गरिने

स्वास्थ्यसमाचार/ रुपन्देहीको तिलोत्तमा नगरपालिकाले ज्येष्ठ नागरिकहरुको लागि ‘ज्येष्ठ नागरिक घरदैलो स्वास्थ्य परीक्षण’ सुरु गरेको छ । नगरपालिकाले ७० वर्ष उमेर माथिका ज्येष्ठ नागरिकहरुलाई घर–घरमा पुगेर सेवा दिने गरी कार्यक्रम सुरु गरेको हो । सोमबार कार्यक्रमको सुभारम्भ गर्दै नगर प्रमुख बासुदेव घिमिरेले ज्येष्ठ नागरिकको मन जितेर काम गर्न स्वास्थ्यकर्मीलाई आग्रह गरे । तिलोत्तमा नगरपालिकाले शिक्षा र स्वास्थ्यमा विशेष जोड दिएर काम गरिरहेको बताउँदै उनले ज्येष्ठ नागरिकको स्वास्थ्यलाई ख्याल गरेर यो कार्यक्रम सुरु गरिएको बताए । कार्यक्रमअनुसार हरेक वडामा दुई–दुई स्वास्थ्यकर्मीहरु नागरिकको घरदैलोमैं पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्नेछन् । सामान्य स्वास्थ्य…

मधुमेह नियन्तणका लागी जनचेतना फैलाउने काम सुरु गछौ :नगरप्रमुख घिमिरे

स्वास्थ्यसमाचार/तिलोत्तमा नगरपालिकाको आयोजनामा विश्व मधुमेह दिवस मनाईएको छ नेपालमा ’१४ नोभेम्बरमा विश्व मधुमेह दिवस मनाइने गरिन्छ । ‘मधुमेहको हेरचाहमा सबैको पहुँच, अहिले नभए कहिले भन्ने नाराका साथ यस वर्षको विश्व मधुमेह दिवस मनाईएको हो। विश्व मधुमेह दिवसका अबसरमा वोल्दै तिलोत्तमा नगरप्रमुख वासुदेव घिमिरेले विश्व मधुमेह दिवस मनाईएको हो ।कार्यक्रममा बोल्दै नगरप्रमुख घिमिरेले मधुमेहको बारे नगरवासिका घर घरमा पुगेर जनचेतना फैलाउने कामगर्ने बताए ।मधुमेहलाग्नै नदिन पनि सतर्कता अपनाउन सकिने वताउदै मुख्य कारण मोटोपन र विलासी जीवनशैली नै हो। यसलाई नियन्त्रणमा राख्नुपर्छ। काम नगर्ने, शारीरिक कसरत नगर्ने गरेको कारण धेरै मधुमेहका रोगी…

गुल्मीको शान्तिपुरमा खुल्यो नयाँ अस्पताल स्वास्थ्यमन्त्रीद्धारा उदघाट्न

स्वास्थ्यसमाचार/गुल्मीको चन्द्रकोट गाउँपालिका ४ शान्तिपुरमा सि एन्ड सि स्वास्थ्य सेवा प्रालि संचालनमा आएको छ ।स्वास्थ्य सेवा प्रालिको लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुले उद्गघाटन गरे । सोही क्रममा बोल्दै मन्त्री थारुले आजका दिनदेखिनै यो अस्पतालले नागरिकमा भर्ने आशा र बिश्वासनै सस्थाको भोलिको जीवन र ब्यावसायिक सफलता भएको बताए । अहिलेसम्म तिनै तहका सरकारले पुर्वाधार निर्माणसगै स्वास्थ्यका क्षेत्रमा विभिन्न काम गरिरहेकाले अब निशुल्क र सर्भसुलभ भनिएका सेवालाई गुणस्तरीय बनाउनुपर्नेमा जोड दिए । उनले निजी सामुदायिक र सरकारी अस्पतालहरुको साझेदारीमा बिकटलाई निकट बनाउनुनै आफुहरुको उदेश्य भएकाले संगै…

रुपन्देहीका ८ नर्सिङ कलेजले यसवर्ष (पिसिएल)को भर्न पाएनन १०० शय्याको अस्पताल अनिवार्य

स्वास्थ्यसमाचार /प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले १०० शय्याको आफ्नै अस्पताल भएका शिक्षण संस्थाले मात्र प्रमाणपत्र तह (पिसिएल) नर्सिङको पठनपाठन गराउन पाउने निर्णय गरेको छ। परिषद्का अध्यक्ष एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा हालै बसेको बैठकले मापदण्ड पूरा गरेका कलेजलाई मात्र भर्ना खुला गर्ने निर्णय गरेको हो। परिषद्को निर्णयसँगै स्थगित गरिएको नर्सिङको भर्ना प्रक्रिया अघि बढ्ने सिटिइभिटीका सदस्यसचिव जीवनारायण काफ्लेले वताए । आफ्नै १०० शय्याको अस्पताल भएका निजी शिक्षण संस्थामा पनि विद्यार्थी भर्ना लिन चिकित्सा शिक्षा आयोगले अनुमति दिइसकेको छ। ऐनको प्रावधानअनुसार मापदण्ड पुगेका शिक्षण संस्थामा तत्काल…

फाइजर खोप लगाउदा देखिन्छन् यस्ता असर, यी व्यक्तिले लगाउनु हुँदैन

काठमान्डौ/स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा टेकुले कोभिडविरुद्धको फाइजर खोपको प्रयोग तथा संचालन सम्बन्धि अन्तरिम मार्गदर्शन सार्वजनिक गरेको छ। मार्गदर्शनमा खोपको भण्डारण, म्याद गुज्रिने अवधि, ढुवानी गर्दा कायम गर्नुपर्ने तापक्रम, खोपको प्रयोग , खोप लिन हुने अवस्था, खोप दिन नहुने अवस्था, विषेश निगरानीमा खोप दिन सकिने अवस्था, खोप लगाएपछि हुनसक्ने असरका विषयमा प्रस्ट पारेको छ। फाइजर खोप कात्तिक २८ गतेबाट १२ वर्षदेखि १७ सम्मका दीर्घ रोगीलाई दिइने भएको छ। कात्तिक २८ देखि मंसिर ४ गतेसम्म पहिलो डोज र मंसिर २७ गतेदेखि पुस ४ गतेसम्म दोस्रो डोज खोप दिइने मन्त्रालयका प्रवक्ता…

लुम्बिनी सांस्कृतिक नगरपालिकामा १ सय शैयाको अस्पताल बन्ने

स्वास्थ्यसमाचार /लुम्बिनी गार्डेन फाउण्डेशनले लुम्बिनी सांस्कृतिक नगरपालिकामा १ सय शैयाको आधुनिक अस्पताल निर्माण गरि दिने भएको छ । लुम्बिनी गार्डेन फाउण्डेशन र लुम्बिनी सांस्कृतिक नगरपालिका बिच अस्पताल बनाउने सम्झौता भएको हो । लुम्बिनी तथा यस आसपासका महिलाहरुका देखिएको स्त्री तथा प्रजनन् स्वास्थ्य सम्बन्धि समस्यालाई ध्यानमा राख्दै अन्य सुविधा सहित लुम्बिनीमा आधुनिक अस्पतालको तयारी थालिएको हो ।लुम्बिनी सांस्कृतिक नगरपालिकाका १ सय शैयाको आधुनिक अस्पताल बनाउने प्रयास सुरु भएको छ । विशेष गरि लुम्बिनी तथा यस आसपासका महिलाहरुका देखिएको स्त्री तथा प्रजनन् स्वास्थ्य सम्बन्धि समस्यालाई ध्यानमा राख्दै अन्य सुविधा सहित लुम्बिनीमा आधुनिक…

कात्तिक २८ देखि १२ बर्ष भन्दा माथिका यी व्यक्तिले पाउँछन् फाईजर खोप

स्वास्थ्यसमाचार/ अमेरिकाबाट कोभ्याक्स सुविधामार्फत आएको एक लाख डोज फाइजर खोप कात्तिक २८ गते आइतबारदेखि १२ वर्ष उमेरभन्दा माथिका दीर्घ रोगीलाई लगाइने भएको छ। जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माका अनुसार रुपन्देही जिल्लामा लुम्बिनी प्रादेशिक अस्पतालमा खोप केन्द्र रहेको र उक्त समय यसअघि खोप लगाउन छुटेका १८ वर्षमाथिका दीर्घरोगीलाई पनि खोप लगाईने बताए ।केन्द्रका अनुसार रुपन्देहीमा २ हजार डोज खोप आउने शर्माले बताए । कसले पाउँछन् खोप? – १२ वर्षमाथिका निम्न दीर्घ रोग भएका बिरामी – लामो समयदेखि मुटुका बिरामी भइ अप्रेसन गरेका वा औषधि प्रयोग गरिरहेका व्यक्ति –…