थप तीन हजार ७५ जनामा कोरोना संक्रमण, दुई संक्रमितको मृत्यु

स्वास्थ्यसमाचार/ पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ७५ जनामा कोरोनासंक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी १३ हजार ३६ वटा नमुना परीक्षणमा ३०७५ मा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा दुई संक्रमितको मृत्यु भएको छ । सोही अवधिका थप २७८ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयलेजनाएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ६९० पुगेको छ ।

सम्बन्धित शिर्षक :