राष्ट्रिय स्वास्थ्य कर्मीसंघ पाल्पा द्धारा कार्यलय प्रमुखलाई स्वागत

स्वास्थ्यसमाचार/ राष्ट्रिय स्वास्थ्य कर्मी संघ नेपाल पाल्पामा आउनु भएको कार्यालय प्रमुख डा.राजेन्द्र गिरी र जन स्वास्थ्य निरिक्षक कृष्ण प्रसाद पोखरेल लाई स्वागत गरेको छ । जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीबाट डा राजेन्द्र गिरी, र नबलपरासीबाट सरुवा भएर आएका जन स्वास्थ्य निरिक्षक कृष्ण प्रसाद पोखरेललाई स्वागत गरिएको हो ।

कार्यक्रम राष्ट्रिय स्वास्थ्य कर्मी संघ नेपाल पाल्पा जिल्ला अध्यक्ष रेम बहादुर दिशा मगरको अध्यक्षतामा , प्रमुख अतिथि राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालका केन्द्रिय सदस्य श्री यम बहादुर चिदी, नेपाल स्वास्थ्य प्राबिधिक संघ पाल्पा जिल्ला अध्यक्ष श्री झपेन्द्र न्यौपाने लगायत स्वास्थ्यकर्मी हरुको उपस्थितिमा स्वागत कार्यक्रम सम्पन्न गरेको छ। स्वागत कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यलय का प्रमुख डा राजेन्द्र कुमार गिरीले सबैको सहयोग र सहकार्यमा आफु अघि बढने बताए।

उक्त कार्यक्रममा अतिथि लगायत उपस्थिति सम्पूर्णलाई स्वागत राष्ट्रिय स्वास्थ्यकर्मी संघ पाल्पाका सदस्य मोहन ढकाल र संञ्चालन सुनिल अधिकारी ले गरेका थिए ।

सम्बन्धित शिर्षक :