कोरोना भाईरस संक्रमण र नियन्त्रणका उपायहरु

डा बेनु बहादुर कार्की

कोरोना भाईरस  SARS-CoV-2/ Novel Coronavirus/  COVID-19 जस्ता विभिन्न नामले चिनिने एक सामान्य किटाणु हो जस्ले कुनै पनि उमेर, लिङ्ग र जातीमा संक्रमण गर्दछ । एक प्रकारले यो रोगबाट तत्काल त्रसित भइहाल्नु पर्ने स्थिती छैन । किनकि यसबाट १०० जना व्यक्ति संक्रमित भए भने ति मध्ये ८० जनालाई सामान्य रूघा खोकी लागे जस्तो भएर निको हुने हुन्छ ।

अथवा कतिपयले त आफु बिरामी भएको थाहा पाउनै पनि नसक्लान् भने अर्काे करिव १५ प्रतिशतलाई ज्वरो आउने, सुख्खा खोकी लाग्ने र सास फेर्न केहि गाह्रो अनुभव भएर अस्पताल जानु पर्ने अवस्था पनि हुन सक्दछ । झण्डै ५५ जना निकै सिकिस्त अवस्थामा पुग्ने अहिलेको अनुमान छ ।

यसबाट आत्तिनु पर्ने मुख्य कारण यो अत्यन्त चाँडो सर्दछ र कुन उमेरका कस्ता ब्यक्तिलाई यसले गाह्रो पार्दछ भत्रे ठेगान छैन । किनकि १२ वर्षको लक्का स्वस्थ जवान, रोगका लक्षण देखिएको तेस्रो चौथो दिनमै मृत्यु भएको घटना पनि ताजा छ । १०३, १०१ र ९० वर्ष माथीका कतिपय बृध्दाहरू उपचार पश्चात सामान्य रुपमा घर फर्केका उदाहरण पनि निकै नै छन् ।

स्वस्थ ब्यक्तिमा सामान्य रुघाखोकी बढिमा १ सय ४ डिग्रिसम्म ज्वरो, सुख्खा खोकी रुपमा सास फेर्न गाह्रो भएको अवस्थासम्मलाई सामान्य बिमारी मानिछ । यी लक्षणहरु बढीमा १४ दिन सम्मपनि रहन सक्दछ ।  र स्मरण रहोस यस्तो बेलामा प्रयोगशालाले कोरोना संक्रमण प्रमाणित गरेका व्यक्तिले यस अवधि भर अथवा ज्वरो सामान्य भएर खोकी निको भएको तेस्रो दिन भन्दा पहिले आफ्नो एकान्तबासबाट बाहिर निस्कनु हुँँदैन ।

६० वा अझ ७० भन्दा माथीका, मधुमेह भएका, मुटुका, दमका, क्यान्सर पिडित, अङ्गप्रत्यारोपण गरेका व्यक्तिहरुले १ सय ४ डिग्री भन्दा माथी ज्वरो आए, सुख्खा खोकी लागे या सास फेर्न गाह्रो अनुभव भएको अवस्थामा नजिकको अस्पताल अथवा चिकित्सकको तत्काल सल्लाह लिनु पर्दछ । सास फेर्न गाह्रो ,लगातार खोकी लागिरहने, छाती दुख्ने र ओठ निलो देखिएमा कडा रोगका लक्षण मानि सिघ्र अस्पताल लगि आकस्मिक कक्षमा देखाउनु पर्दछ ।

अमेरिका, बेलायत , ईटलि , स्पेन, फ्रान्स र बेलायत जस्ता मुलुकमा यो रोगले कस्तो स्थिती सृजना गरेको छ त्यो सर्व बिदितै छ । छोटकरीमा भत्रु पर्दा एक अप्रिलका दिनयी केहि देशहरूको मृत्युदर प्रतिशतमा यस प्रकार छ । सिङ्गापुर ०.३, जर्मनी १.१, दक्षिण कोरिया १.५, आएरल्यान्ड २.२, चीन ३.८, फ्रान्स ६.८, स्पेन ८.८, इटलि ११.७५,यस्तै बेलायत, संयुक्त राज्य अमेरीका जस्ता अनेकौ मुलुकको छिन छिनको अलग परिस्थितीले गर्दा त्यँहा लेखाजोखा गर्न पनि केहि समय पर्खनु उचित देखिन्छ ।

सञ्चार माध्यमको ब्यापक विकासले गर्दा सामान्य ब्यक्तिहरूलाई पनि यो रोग चिनको हुवान शहरबाट शुरू भएर बिस्तारै विश्वमा फैलदै आज करिव २ सय देशहरूमा फैलिइसकेको अवगतनै छ । यो रोग फैलिन निम्न उपायहरू केहि सामान्य देखिएता पनि हाल सम्मको अनुभवले रोग नियन्त्रण र मृत्युदर घटाउन यी प्रयासको राम्रो नतिजा देखिएको छ ।

१. सामाजीक दुरी :- यो भन्नाले सामान्यतया एक व्यक्तिभन्दा ६ फिट अथवा २ मिटर (नेपालमा ३ फिट वा १ मिटर) को नजिकमा उभियोस वा यो भन्दा टाढाको दुरीमा रहोस भन्ने हो । खास गरेर आजको अवस्थामा यदि खोकि रहेको कोहि व्यक्ति आफ्नो अगाडी छ भने अत्यन्तै होस पुर्याउनु पर्दछ । त्यस कारण विश्वका प्राय सवै देशले यस प्रकारका स्थिती नआउन दिन विश्व ओलम्पिक लगायत अनेकौ नामी खेलहरू या त रद्द गरि सके वा केही परको अवधिका निम्ति सारेका छन् ।

यीनै मान्यतालाई स्विकार्दै हाम्रो देशमा पनि केहि समयको निम्ति सरकारले भोज भतेर, बिवाह, वर्तबन्द जस्ता कार्य तथा रेष्टुरा हरू पूर्ण रुपमा बन्द गरिएको सर्वबिदितै छ । यस प्रकारको सामाजीक दुरी बनाउनुको मुख्य अर्थ दुईवटा हुन् ।

एक:- यसो गर्दा यौटा संक्रमित ब्यक्तिबाट अर्काेमा सर्ने अवसर अत्यन्त कम हुन्छ भने दुई:- जनसमुदायमा बिरामीको संख्या कम भएमा स्वास्थ्य संस्थाहरुमा भएका बिरामीलाई प्रभावकारी रुपमा उपचार दिन केहि मात्रामा सजिलो हुन्छ । हाल अमेरीका, ईटली र बेलायत जस्ता मुलुकमा भईरहेको ठुलो कठिनाईसंग हामी सवै राम्ररी परिचित भईसकेका छौं ।

२. स्वदुरी :- यदिकुनै ब्यक्तिलाई १ सय ४ डिग्रीसम्म ज्वरो, सुख्खाखोकी र सास र्फेन केहि कठिनाई देखिई कोरोनाको संक्रमणका लक्षण देखिए भने यस्तो ब्यक्तिले आफ्नो घरका ब्यक्ति समेतबाट ७ दिन सम्म सकेसम्म अलग कोठामा बस्नु पर्दछ । यसलाई स्वदुरी अथवा Self Isolation  भनिन्छ । यस्ता ब्यक्तिले आफुले खाएका भांडाकुंडा अलग गर्ने, साबुन लगाएर हात राम्ररी सफा गर्ने र आफुले प्रयोग गर्ने शौचालय नितान्त सफा सुघ्घर राख्ने र सम्भव भएसम्म यस्तो कोठा राम्रो सँग हावा आवत जावत गर्ने हुनु आवश्यक हुन्छ ।

यसको अर्थ यस्तो बेलामा कसैलाई हेर्नै हुदैन भन्ने चाँहि होईन । ता पनि यस्तो बेलामा यथासक्य कुनै आगन्तुकलाई भेट्न हुन्न र कसैले आफुलाई ल्याईदिएको वस्तु पनि ढोकामा राखिदिन र त्यसपछि आफुले लिनु पर्दछ । यस अवस्थामा यदि यस्ता व्यक्तिले अस्पताल जानु पर्ने भयो भने सके सम्म सार्वजनिक यातायातमा नहिडी भरसक एम्बुलेन्स वा निजी गाडिमा अस्पताल जानु पर्दछ । यस्को तात्पर्य आफुबाट अरूलाई वा अरूबाट आफुलाइ कोरोना नसरोस भन्ने हो ।

स्वदुरीका अवश्य पनि समस्याहरू छन् । तर हाम्रो नेपाली समाजमा यो खासै त्यति ठुलो समस्याको रुपमा देखिएको छैन । झर्को लागेको बेलामा तोकिएको दुरिमा रहेर आफ्ना मित्र वा नातेदारसंग गफ गर्न रोकिदैन न त वल्लो पल्लो घरको बार्दलीमा रहेका छिमेकी संग नै । आजकल बिद्युत सेवा राम्रै भएकाले ईन्टरनेटमा विश्व स्वास्थ संगठन, सिडिसि अमेरीका तथा जेएचयु जस्ता भरपर्दा संस्थाबाट दिनभरि कोरोना सम्बन्धि जानकारी लिंदा पनि खासै झर्काे लाग्ने हुदैन ।

गाउँँ घरमा कोरोनाको समस्याले खेतिपातिको चटारोलाई त्यतिबाधा पुर्याउने देखिदैन । यस्तो हुनु नराम्रो होईन भन्न खोजिएको कदापि होईन तर नाकमुख कपडाले राम्ररी छोपेर एक अर्कामा दुरि कायम गरेर खेतबारीमा काम गर्न खासै आपत देखिदैन ।

तर यदि कुनै नौलो ब्यक्ति नजिकमा छ वा परिचित कोरोनाको रोगि छ वा यस्ता रोगिको नजिकको सम्पर्कमा आएको कोहि छ भने उनीहरूले यस्तोमा सहभागि हुनु बिल्कुल गलत हुन्छ । स्वदुरीको सन्दर्भमा वास्तवमा पाश्चात्य मुलुकको दांजोमा सामाजीक दुरी हामीले राम्रै कायम गरेका छौ र हाल सम्म यसको नतिजा राम्रै देखिई राखेको पनि छ ।

३.नीसेधीयआवास :- Quarantine  :- यदि कुनै ब्यक्तिमा कोरोना पोजिटिभ देखियो वा स्पष्ट रुपमा उ यस्ता बिमारीको सम्पर्कमा आएको छ भने उस्ले निषेधित आवासमा १४ दिन सम्म बस्नु पर्दछ । निषेधित क्षेत्र भत्राले उ अरू कसैको सम्पर्कमा नआउने भत्रे बुझ्नु पर्दछ । निःसन्देह यस्ता ब्यक्तिको आफु निस्ताउने ,आवेसमा आउने, बिमारि हुने देखि परिवारका आवस्यकता समयमा पुरा गर्न नसक्दा पारिवारिक चिन्ता, मजदुरिको स्थगनले गर्दा आयस्रोतको कमि जस्ता अनेकौ कठिनाई हुन सक्तछन् । यस्तै वेलामा सरकार र सामाजीक संस्थाहरुले ध्यान पु¥याउनु जरुरि छ ।

४. हात सफा राख्ने :- कोरोना रोगको संक्रमण हातबाट अत्यन्त सजिलै हुन्छ । तसर्थ पहिला त हातले नछुदा पनि हुन्छ भने भर्याङ वा वा बार्दली वा सिडिका रेलिङ्ग , एस्केलेटर, ढोकाको हेन्डिल जस्ता कुनै पनि चिज नछुनु उचित हो , वाध्यतावस छुईहाल्नु परेमा मौका पर्ने बित्तिकै साबुन पानीले २० सेकेण्ड सम्म मिचिमिचि हात धुनुपर्दछ । यसको बिकल्पमा स्यनिटाईजर प्रयोग गर्न सकिन्छ । तर हातधुए बराबर यो कदापि हुँँदैन ।

कोरोना भाईरसको हालसम्म कुनै उपचार छैन । विश्वका बिभित्र भागमा बैज्ञानिकहरु प्रयासरत छन् । सामाजीक सञ्जालमा अनेकौ सन्सनिपूर्ण र रोचक समाचार हरू बराबर देख्न पाईन्छ । यीनी हरुको मजालिनु आफ्नो ठांउमा छ तर बिश्वसनिय समाचारका निम्ति माथी उल्लिखित भरपर्दाे निकायका जानकारी हेर्नुहोस ।

मानिसलाई सानो ठुलो जस्तो आपत आईपर्दा पनि यस्ले राम्रो पक्षपनि लिएर आएको हुन्छ । आफुले लिने सतर्कता पुरा मात्रामा लिउ । यसबाट हामी बिचलित नहोउ । बरु आफ्नो फुर्सदको यो घडिमा सोचौंं अहिले हामीले चालेका उचित कदमहरू लाई कसरि दृढ र धैर्यताका साथ दीर्घ रुपमा यथावत राख्दै हामी आफ्ना पाईलाहरू नकमाईकन चालौं ताकि आगामि दिनहरूमा हामीले कुनै चिन्तालिनु पर्ने स्थितीनै नआओस् । हामी सवै खुसि होऔं सुखि होऔं। सर्वभवतु मङ्गलम् ।

लेखक

Dr.Benu B Karki,Former Chief of Planning MoHP,Nepal

 Former Director of Epidemiology and Disease Control D, DHS, Teku.

सम्बन्धित शिर्षक :