स्वास्थ्यसमाचार/ प्रदेश ५ सामाजीक बिकास मन्त्रालय स्वास्थ्य निर्देशनालय बुटबलले बिद्यालयमा बालबालिका तथा किशोरीहरुको स्वास्थ्य ब्यबस्थापन साथै महिनामारी स्वास्थ्यका लागी सरकारी माध्यामिक बिद्यालयमा स्वास्थ्य तथा नर्सिङ सेवा कार्यक्रमका लागी आठ जना स्टाफ नर्स राख्ने भएको छ । निर्देशनालयले एक सुचना प्रकाशित गरि १५ दिन भित्र दर्खास्त दिन आग्रह गरेको छ । प्रदेश ५ भित्रका सरकारी बिद्यालयमा यो सेवा दिने कार्यक्रम अनुसार नर्स माग गरिएको निर्देशनालयले जनाएको छ । प्रदेशका ८ बिद्यालयमा यो सेवा सुरु गर्ने तयारी गरेको निर्देशनालयले जनाएको छ ।
टिप्स/जानकारी
नेपाल सरकारले बढायो कोरोना विरुद्ध उच्च सतर्कता
स्वास्थ्यसमाचार/ छिमेकी देश चीनमा कोरोना भइरस संक्रमणले आतंक मच्चाइरहेको सन्दर्भमा नेपाल सरकार पनि सचेत भएको छ ।सरकारले चीन लगायत कोरोना संक्रमण फैलिएको देशबाट आउने आगन्तुकको स्वास्थ्य प्ररीक्षणका लागि एयरपोर्टमा हेल्थ डेस्क स्थापनादेखि अन्य तयारी गरेको जनाएको छ । कोरोना भाइरस श्वासप्रस्वासका माध्यमबाट सर्ने गर्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले त्रिभुवन विमानस्थलमा रहेको हेल्थ डेस्कलाई सक्रिय बनाइसकेको जनाएको छ । महाशाखा प्रमुख डा विवेक लालले भने, ‘अहिले यो रोग चीनमा फैलिरहेको भन्ने खबर आइरहेको छ, चीनबाट नेपालमा धेरै पर्यटक भित्रिने भएकाले हामी पनि उच्च जोखिममा…
प्रदेश पाँच सुर्तिजन्य र कर नतिरेको मादक पदार्थ सेवन गर्नेमा नेपालकै अग्रस्थान
स्वास्थ्यसमाचार/सुर्तिजन्य पदार्थ र पिउनलाई अयोग्य वा कर नतिरेको मादक पदार्थ सेवन गर्नेमा प्रदेश नम्बर पाँच नेपालकै अग्रस्थानमा रहेको एक अध्ययनले देखाएको छ । सुर्तिजन्य पदार्थमा चुरोट ,विडी, तमाखु,सुर्तिजन्य गुडखा,पानपराग, पान ,सुर्ति पर्ने गर्दछ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद काठमाण्डौले गत फेबु्रअरी देखि मे २०१९ सम्ममा गरेको सर्वेक्षणमा नेपालमा कुल जनसंख्याको २८ दशमलव ९ प्रतिशतले सुर्तिजन्य पदार्थ सेवन गर्ने गरेको राष्ट्रिय तथ्याङक रहेकोमा प्रदेश पाँचमा भने ३६ दशमलव ६ प्रतिशतले सुर्तिजन्य पदार्थ सेवन गर्ने गरेको प्रतिवेदन मा उल्लेख गरिएको छ । राष्ट्रिय तथ्याङक भन्दा प्रदेश पाँचमा ७ दशमलव ७ प्रतिशत जनताले…
यी ५ किसिमका मानिसहरूको लागि लसुन खतरनाक हुनसक्छ !
रुपन्देही | लसुन निकै गुणकारी हुन्छ । लसुनले खानालाई स्वादिलो मात्रै मात्रै बनाउँदैन, शरीरलाई स्वास्थ्य राख्नपनि सहयोग गर्छ । लसुन नियमित खाँदा स्वास्थ्यमा सुधार आउने र केही खतरनाक शारीरिक समस्याबाट समेत बच्न सकिन्छ । तर लसुनको प्रयोगले सबै मानिसलाई फाइदाजनक छैन । लसुनको प्रयोग गर्दा आफ्नो स्वस्थ्य अवस्थाका विषयमा पनि ख्याल गर्नुपर्छ । यी ५ किसिमका मानिसहरूको लागि लसुन खतरनाक हुन सक्छ:- १. कलेजोको समस्या भएको व्यक्ति ब्याक्टेरियालाई मार्ने एन्टिब्याक्टेरियल र एन्टिभाइरल खानेकुरा भएकोले, मानिसहरूले लसुन खाँदा हेपाटाइटिसलाई ठीक गर्दछ भन्ने विश्वास गर्दछन्। हेपाटाइटिस यस्तो रोग हो, जसले मानिसको कलेजोलाई असर…
लोकसेवा आयोगले स्वास्थ्य सेवाका बिभिन्न तहमा ठूलो संख्यामा कर्मचारी माग्यो !
स्वास्थ्यसमाचार । लोकसेवा आयोगले स्वास्थ्य सेवाका आठौं र सातौं तहमा ठुलो संख्यामा कर्मचारी माग गरेको छ। आयोगले करिब साढे २ सय पदमा आवेदन माग गरी विज्ञापन जारी गरेकोमा स्वास्थ्य सेवाका आठौं र सातौं तह साथै राजपत्रांकित तृतीय श्रेणी (प्राविधिक) को लागि कर्मचारी माग गरेको हो । आयोगकोले विभिन्न सेवा, समूह, उपसमूह तथा श्रेणी–तहका आ. प्र खुला तथा समावेशी पदहरुमा प्रतियोगितात्मक परीक्षाको माध्यमबाट पदपूर्ति गर्न लागेको हो । इच्छुक र तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरुले आगामी मंसिर १८ भित्र र दोब्दर दस्तुर तिरेर मंसिर २४ भित्र पनि अनलाइन दरखास्त प्रणााली मार्फत…
हरिबोधनी एकादशी: तुलसी धार्मिक मात्र नभै जडिबुटीको रुपमा पनि उपयोगी
स्वास्थ्यसमाचार/ आज हरिबोधनी एकादशी अर्थात तुलसीको विवाह हुने दिन । आजको दिन हरेक हिन्दु धर्मावलम्बीले आ-आफ्नो घरमा रोपेको तुलसीको विवाह गर्ने परम्परा रहेको छ । तुलसी धार्मिक रुपमा मात्र नभै जडिबुटीका रुपमा पनि प्रयोग गरिन्छ । आयुर्वेदमा तुलसीलाई एक बहुउपयोगी औषधि मानिन्छ जति यसको धार्मिक महत्व छ । गुणै गुणले भरिएको तुलसीलाई पुजा गर्नुदेखि लिएर आफूलाई स्वस्थ राख्नलाई हामीले यसको प्रयोग गर्ने गरेका हुन्छौँ । तुलसीले जाडो मौसममा मात्रै होइन गर्मीको समयमा हुने विभिन्न संक्रमणबाट पनि हामीलाई जोगाउँछ । तुलसीमा पाइने १० महत्वपूर्ण विशेषताका बारेमाः ► तुलसीको हरियो पातको रसमा…
अगरबत्तीको धूवाँ चुरोटको भन्दा खतरा : हुनसक्छ ब्रेनट्युमर तथा क्यान्सर !
स्वास्थ्यसमाचार /हामीले पूजापाठका अतिरिक्त आफ्नो अफिस, पसल तथा घरमा बिहान बेलुका नियमित रूपमा अगरबत्ती बाल्ने गर्छौं । यसको धूवाँको बास्ना आफ्नो ओरपर फैलिदा आनन्दित हुने समेत गर्छौं । यहि धुवाँ मानव स्वास्थ्यको लागि निकै नै खतरनाक मानिएको छ । चाइनामा एक चिकित्सक टोलीले गरेको अध्ययन अनुसार अगरबत्तीको धूवाँ चुरोटको धूवाँभन्दा खतरनाक हुने बताएको छ । धूपबाट निस्कने धूवाँले ब्रेन ट्युमर तथा क्यान्सर समेत हुनसक्ने खतरा उक्त अध्ययनले औल्याएको छ । त्यस्तै अगरबत्तीमा प्रयोग गरिने केमिकल डिएनएमा परिवर्तन हुने र यस्तो धूवाँबाट शरीर पोल्ने समस्या उत्पन्न भै क्यान्सरसमेत हुन सक्ने दावी अमेरिकन…
स्वास्थ्यको समायोजन पूर्ण हुन अझै चार महिना लाग्ने
स्वास्थ्यसमाचार/ स्वास्थ्य समूहको कर्मचारी समायोजन पुरा हुन अझै चार महिना लाग्ने भएको छ ।सरकारले हालसम्म स्वास्थ्य समूहका २७ हजार कर्मचारीको समायोजन सूचि सार्वजनिक गरेको छ । सूचि सार्वजनिक भएका मध्ये करिब १३ हजार स्वास्थ्यकर्मीले समायोजनप्रति चित्त नबुझेर गुनासो दर्ता गराएका छन् ।उनीहरुको गुनासो सम्बोधन र बाँकी कर्मचारीलाई समेत समेट्न अझै चार महिना लाग्ने भएको हो । कर्मचारी समायोजनका लागि सरकारले आह्वान गरेदेखि नै स्वास्थ्य समूहका कर्मचारीको समायोजना विवादित बनेको थियो । सोही कारण पहिलो र दोस्रो चरण गरी समायोजनामा चित्त नबुझाएका कर्मचारीहरुले गुनासो गरेका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका…
बुधबार र बिहीबार भिटामिन ए खुवाइँदै
स्वास्थ्य समाचार /देशका सबै स्थानीय तहले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगको समन्वय र सहकार्यमा भोली र पर्सी शनिबार र आईतबार राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रमअन्तर्गत जन्मेको छ महीनादेखि पाँच वर्षसम्मका करीब २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल, एक वर्षदेखि पाँचवर्षमुनिका २४ लाख बालबालिकालाई जुकाको औषधि अल्वान्डाजोल छ महीनादेखि दुई वर्षभित्रका चारलाख बालबालिकालाई बालभिटा र पाँच वर्षमुनिका २७ लाख बालबालिकाको पाखुराको नाप लिइने छ । बालबालिकाको पोषणको स्थिति पत्ता लगाउन पाखुराको नाप लिइने गरिन्छ । स्वास्थ्य सेवा विभाग, पोषण शाखाका प्रमुख केदार पराजुलीका अनुसार भिटामिन ए कार्यक्रमका…
कात्तिकदेखि सामुदायीक बिद्यालयमा नि:शुल्क स्यानिटरी प्याड
स्वास्थ्यसमाचार /सरकारले आउँदो १ कात्तिकदेखि देशैभरका सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुका लागि स्यानिटरी प्याड निशुल्क रुपमा उपलब्ध गराउने भएको छ । आर्थिक वर्ष ०७६ ७७ को नीति तथा कार्यक्रममा सरकारले सबै सामुदायिक विद्यालयमा स्यानिटरी प्याड उपलब्ध गराउने घोषणा गरेको थियो । सोही घोषणालाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यान्वयनमा ल्याउन लागेको हो ।प्याडको गुणस्तर तथा मापदण्ड भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तय गरे अनुसार हुने शिक्षा मन्त्रालयले जनाएको छ । विद्यालय नै स्थानीय तहमा गईसकेको हुँदा आफ्ना क्षेत्रभित्रका विद्यालयमा स्यानिटरी प्याड उपलब्ध भए–नभएको, उपलब्ध प्याड निर्धारित गुणस्तरको भए–नभएको, दुरुपयोग भए–नभएको र व्यवस्थापन…
