स्वास्थ्यको समायोजन पूर्ण हुन अझै चार महिना लाग्ने

स्वास्थ्यसमाचार/ स्वास्थ्य समूहको कर्मचारी समायोजन पुरा हुन अझै चार महिना लाग्ने भएको छ ।सरकारले हालसम्म स्वास्थ्य समूहका २७ हजार कर्मचारीको समायोजन सूचि सार्वजनिक गरेको छ । सूचि सार्वजनिक भएका मध्ये करिब १३ हजार स्वास्थ्यकर्मीले समायोजनप्रति चित्त नबुझेर गुनासो दर्ता गराएका छन् ।उनीहरुको गुनासो सम्बोधन र बाँकी कर्मचारीलाई समेत समेट्न अझै चार महिना लाग्ने भएको हो । कर्मचारी समायोजनका लागि सरकारले आह्वान गरेदेखि नै स्वास्थ्य समूहका कर्मचारीको समायोजना विवादित बनेको थियो । सोही कारण पहिलो र दोस्रो चरण गरी समायोजनामा चित्त नबुझाएका कर्मचारीहरुले गुनासो गरेका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका…

बुधबार र बिहीबार भिटामिन ए खुवाइँदै

स्वास्थ्य समाचार /देशका सबै स्थानीय तहले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगको समन्वय र सहकार्यमा भोली र पर्सी शनिबार र आईतबार राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रमअन्तर्गत जन्मेको छ महीनादेखि पाँच वर्षसम्मका करीब २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल, एक वर्षदेखि पाँचवर्षमुनिका २४ लाख बालबालिकालाई जुकाको औषधि अल्वान्डाजोल छ महीनादेखि दुई वर्षभित्रका चारलाख बालबालिकालाई बालभिटा र पाँच वर्षमुनिका २७ लाख बालबालिकाको पाखुराको नाप लिइने छ । बालबालिकाको पोषणको स्थिति पत्ता लगाउन पाखुराको नाप लिइने गरिन्छ । स्वास्थ्य सेवा विभाग, पोषण शाखाका प्रमुख केदार पराजुलीका अनुसार भिटामिन ए कार्यक्रमका…

कात्तिकदेखि सामुदायीक बिद्यालयमा नि:शुल्क स्यानिटरी प्याड

स्वास्थ्यसमाचार /सरकारले आउँदो १ कात्तिकदेखि देशैभरका सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुका लागि स्यानिटरी प्याड निशुल्क रुपमा उपलब्ध गराउने भएको छ । आर्थिक वर्ष ०७६ ७७ को नीति तथा कार्यक्रममा सरकारले सबै सामुदायिक विद्यालयमा स्यानिटरी प्याड उपलब्ध गराउने घोषणा गरेको थियो । सोही घोषणालाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यान्वयनमा ल्याउन लागेको हो ।प्याडको गुणस्तर तथा मापदण्ड भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तय गरे अनुसार हुने शिक्षा मन्त्रालयले जनाएको छ । विद्यालय नै स्थानीय तहमा गईसकेको हुँदा आफ्ना क्षेत्रभित्रका विद्यालयमा स्यानिटरी प्याड उपलब्ध भए–नभएको, उपलब्ध प्याड निर्धारित गुणस्तरको भए–नभएको, दुरुपयोग भए–नभएको र व्यवस्थापन…

मेरुदण्ड नशा र मांशपेशीबाट उत्पन्न रोगका कारण वर्षेनी १५ हजारभन्दा बढीको मृत्यु

स्वास्थ्यसमाचार/ सरकारले स्थापना गर्न लागेका स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेरुदण्ड, नशा र मांशपेशीका अध्ययन अध्यापन तथा सेवामा विशेष ध्यान दिन यस क्षेत्रका विज्ञले आग्रह गरेका छन् । पछिल्लो समयमा सडक दुर्घटनालगायत अन्य दुर्घटनाबाट मेरुदण्ड, नशा र मांशपेशीका बिरामीको चाप तथा मृत्यु बढ्दै गएको भन्दै विज्ञले यसका बारेमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विशेष कार्यक्रम ल्याउन जोड दिएका छन् । नेपालमा मेरुदण्ड, नशा र मांशपेशीबाट उत्पन्न रोगका कारण वर्षेनी १५ हजारभन्दा बढीको मृत्यु हुने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । मन्त्रालयले सातवटै प्रदेशमा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाको कार्य अगाडि बढाएको छ । हाल…

सिद्धार्थनगरमा डेंगुको वासस्थान खोज र लार्भा नस्ट अभियान सुरु

स्वास्थ्यसमाचार /रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले डेंगु रोग नियन्त्रणका लागि अभियान थालेको छ ।  आजदेखि नगरपालिका भित्र डेंगु सार्ने एजेप्टाई र एडिस अल्बोपिक्टस नामका पोथी लामखुट्टेको वासस्थान र लार्भा नस्ट गर्ने, प्रत्येक घरमा पुगेर ज्वरो आएका तथा डेंगु लागेका विरामीको तथ्यांक संकलन गर्ने अभियान सुरु गरिएको नगर प्रमुख हरिप्रसाद अधिकारीले जानकारी दिए । दुई दिनको अभियानमा पानी जम्ने ठाउँ नष्ट गरिनेछ, पानी ट्यांकीलाई छोपेर राख्न, कुलर तथा फुलदानीमा रहेको पानी हप्तामा दुई पटक फेर्न, डेंगु सार्ने लामखुट्टेले दिउँसो टोक्ने हुँदा बाहुला भएका वा शरीर ढाकिने लुगा लगाउन, झुलको प्रयोग गर्न, लामखुट्टे भगाउने…

डेंगु प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मिको समायोजन तत्काल कार्यान्वयन नहुने

स्वास्थ्यसमाचार /डेंगु प्रभावित क्षेत्रमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको समायोजन तत्कालका लागि कार्यान्वयन नहुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सचिवस्तरीय निर्णय गर्दै तत्कालका लागि पत्र पाइसकेको भए पनि यथास्थानमा रहेर काम गर्न निर्देशन दिएको छ । मन्त्रालयले अर्को आदेश नहुँदासम्म यथास्थानमा रहेर कामकाज गर्न गराउन निर्देशन दिएको हो । मन्त्रालयले डेंगु प्रकोप फैलिएका क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई तत्कालका लागि प्रसूति विदा, अध्ययन विदा र किरिया विदा बाहेक अन्य विदा स्वीकृत नगर्न नगराउन समेत मातहतका निकायलाई निर्देशन दिएको छ ।

डेंगु रोग के हो ? लक्षण र बँच्ने उपाय जानौं !

स्वास्थ्यसमाचार अनलाईन । डेंगु लामखुट्टेको टोकाईबाट हुने भाईरल संक्रमण हो । यो एकप्रकारको ज्वरो हो । एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस जातको पोथी लामखुट्टेको टोकाइबाट डेंगुको संक्रमण शुरु हुन्छ । डेंगु सार्ने लामखुट्टेले सफा र हलचल नभएको पानीमा फुल पार्छ । खास त बर्षादको समयमा हलचल नभई पानी जम्नसक्ने खाली डब्बाहरु, ड्रम, गमला, पानी टंकी, खोलेर राखेका गाडीका टायर, खुल्ला टिनका बाकसहरु यी लामखुट्टेले फुल पार्ने संभावित ठाऊँ हुन् । हाल शहर बजार क्षेत्रमा यी लामखुट्टेको संक्रमण बढि पाईएको छ । डेंगुको संक्रमण गराउने चार प्रकारका भाइरस डेंगु १, डेंगु…

डेंगु रोग लाई खोजौ र नष्ट गरौ

कपिल गौतम सुन्नुहोला दिदीबैनी, सुन्नुहोला दाजुभाइ । दिनु हुन्न टोक्न बरै, लामखुट्टेलाई ।। अण्डा पार्छ सफा पानी, खोजी खोजी यसले । दिनु हुन्न कतै पानी, जम्न त्यसैले ।। अण्डाबाट लार्भा प्यूपा, त्यसपछि बयस्क । हप्ता पन्ध्र दिनमै पूरा, जीवनचक्र ।। डेंगू रोग सार्ने रैछ, एडिस लामखुट्टे । टाटेपाटे बाघजस्तो, हुन्छ यो बुट्टे ।। दिउँसोमा टोक्ने बानी, यो जातको अचम्म । ूखोजौ र नष्ट गरौू, सकेसम्म ।। थोत्रा टायर पानी टंकी, खुला खाली बोतलमा । जताततै हुन सक्छ, घरमा होटेलमा ।। पानी जम्न दियौ भने, अण्डा त्यसमा पार्नेछ । सबैलाई टोकी…

सिटिइभिटीद्धारा नर्सिङ, फार्मेसी, अनमी र सिएमएको भर्ना शुल्क निर्धारण, कुनको कति शुल्क ?

स्वास्थ्यसमाचार/ प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम पारिषद् सिटिइभिटीले डिप्लोमाप्रमाणपत्र तह तथा प्राविधिक एसएलसी तहका पाँच विषयको भर्ना शुल्क निर्धारण गरेको छ। सिटिइभिटीले उक्त शुल्क अनुसार विद्यार्थी भर्ना गर्न र अभिभावकलाई पनि सोही अनुसार शुल्क बुझाउन भनेको छ। उक्त शुल्क तीन किस्तामा तिर्न सकिने छ। पहिलो किस्तामा ४० प्रतिशत, दोस्रोमा ३० र तेस्रोमा पनि ३० प्रतिशत शुल्क अभिभावकले कलेजलाई बुझाउन सिटिइभिटीले भनेको छ। सिटिइभिटीले प्रवीणता प्रमाणपत्र तह अन्तर्गत नर्सिङका लागि ४ लाख ७५ हजार, सामान्य चिकित्सा तर्फ ४ लाख ४ हजार, डिप्लोमा इन फार्मेसीमा ३ लाख ३७ हजार ८ सय, सिएमएलाई…

ज्वानो : रुघाखोकी, पेट वा पाठेघर सबै समस्याको अचुक औषधी

ज्वानो एक मसला हो । यो उष्ण प्रकृतिको मानिन्छ । यसको प्रयोग तरकारिमा बढी गरिएपनि नेपालमा यसको प्रचलन सुत्केरी अवस्थामा धेरै गरेको पाईन्छ । बच्चा र आमा दुबैको स्वास्थ्यको लागि परापूर्वकालदेखि यसको प्रयोग बढी लाभदायक मानिएको छ । ज्वानोको सबैभन्दा ठूलो विशेषता यसमा रहेको क्याल्सियम हो । एक चिया चम्चा ज्वानोमा ७६ मिलिग्राम क्याल्सियम पाइन्छ । कुपोषण भएका र लामो बिमारीपछि उठेका बालबालिका, वृद्धा, गर्भवती महिला सबैलाई ज्वानोको प्रयोगले निकै फाइदा गर्छ । सुत्केरी अवस्थामा ज्वानोले शरीरलाई चाहिने आवश्यक क्याल्सियमको परिपूर्ति गर्छ र दूध बढाउँछ । आमाको दूधबाट बच्चालाई पनि…