कोरोना प्रभाब: घरभित्रै रहन बुटवल उपमहानगरपालिकाको आग्रह

स्वास्थ्यसमाचार /विश्वव्यापी संक्रमण फैलिरहेको कोरोना भाईरसबाट बच्न बुटवल उपमहानगरपालिकाले सजगता अपनाउन नगरवासीलाई आग्रह गरेको छ । उपमहानगरपालिकाले स्थानियलाई अत्यावश्यक काम बाहेक सेल्फ क्वारेन्टाइनमा बस्न अपिल गरेको हो ।उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले नगरवासीलाई समयमै संयमता अपनाई उच्च मनोबलका साथ कोरोनासँग लड्नुपर्ने बताए । ‘उपमहानगरपालिकाले घरमै बस्न, अत्यावश्यक कामबाहेक बाहिर ननिस्किन र स्वनियममा रहन सार्वजनिक अपिल गरेको हो ।उपमहानगरपालिकाले कोरोना संक्रमणलाई भयावह हुन नदिन बुटवलमा रहेको धागो कारखानाको खाली भूभागमा आईशोलेशन कक्षसमेत निर्माण गरेको छ । यस्तै सोमबार नगरका सबै वडामा सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गर्दै माइकिङसमेत गरेको छ ।

कोरोना त्रास :रुपन्देहीका अधिकासं साप्ताहिक हाटबजार बन्द

स्वास्थ्यसमाचार/ विश्वका विभिन्न देशमा तीव्ररुपमा फैलिरहेको कोरोना कोभिड– १९ भाइरसको सर्तकता अपनाउनका लागी रुपन्देहीका हाटबजारहरु बन्द गरिएको छ ।   स्थानीय तहहरुले छुट्टाछुट्टै सूचना जारी गरी हाटबजार बन्द गर्ने निर्णय गरेका छन् । कोरोना भाइरसको संक्रमणबाट जोगिन केन्द्र, प्रदेश तथा स्थानीय सरकारले धेरै भिडभाड हुने सबै प्रकारका कार्यक्रम नगर्न आह्वान गरेलगत्तै रुपन्देहीका स्थानीय तहले यस्तो निर्णय गरे । जिल्लाको तिलोत्तमा नगरपालिकाले दुई दिन अगाडि आफ्नो क्षेत्रमा लाग्ने सबै हाटबजार बन्द गरेको थियो भने बिहीबार बुटवल उपमहानगरपालिका सैनामैना नगरपालिका सुद्धोधन गाउँपालिका लगायतले पनि हाटबजार बन्द गर्ने निर्णय गरेका छन । बुटवल…

तिलोत्तमाका सार्वजनिक ठाउमा सुर्तीजन्य पदार्थ सेवन निषेध

स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिकाले सुर्ती, गुड्खा, चुरोटको सेवनलाई सार्वजनिक स्थलमा निषेध गरेको छ । सार्वजनिक स्थल, सडक, चोकमा गुड्खा र सुर्तीका खोल फाल्ने क्रम नरोकिएपछि नगरपालिका यसका प्रयोगकर्ताहरुप्रति कडा रुपमा प्रस्तुत भएको हो । नगरपालिकको पछिल्लो कार्यपालिका बैठकले सार्वजनिक स्थलमा धुर्मपान एवं सुर्तीजन्य पदार्थलाई निषेध गर्दै कसैले सार्वजनिक स्थलमा धुर्मपान एवं सुर्तीजन्य पदार्थ सेवन गरेमा कारवाही गर्ने निर्णय गरेको छ । नगरपालिकाले कारवाहीको अधिकार टोल विकास संस्था समेतलाई प्रत्यायोजन गरेको छ । अधिकार प्रत्योजनसँगै सार्वजनिक स्थलमा धूममान एवं सुर्तीजन्य पदार्थ प्रयोग गर्नेलाई टोल विकास संस्थाले जरिवाना तिराउन सक्नेछन् । नगरपालिकाको कार्यविधिमा…

प्रदेश ५मा १४ जनामा डेंगु फेला रुपन्देहीमा ११ जना

स्वास्थ्यसमाचार /मौसम परिवर्तनसँगै नेपालमा डेंगु रोगका बिरामी देखिएका छन। इयर्ली वार्निङ एण्ड रिपोर्टिङ सिस्टम (इवार्स) सेन्टिनल साइट कायम भएका अस्पतालले ३६ जना डेंगुका बिरामी देखिएको प्रतिवेदन सार्वजनिक गरेको छ। प्रदेशका अस्पतालहरुबाट २०२० जनबरी देखी मार्च १३ सम्म ३६ वटा डेंगुका बिरामी देखिएको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनअनुसार प्रदेश दुई र कर्णाली प्रदेशमा डेंगुको लक्षण भएका बिरामी देखिएका छैनन्। प्रदेश ५ मा १४ डेंगुका बिरामी देखिएको छ यो मध्ये रुपन्देही जिल्लामा मात्रै ११ बिरामी देखिएका तथ्याकमा उल्लेख गरिएको छ ।

नेकपा बुटवलद्धारा कोरोना सम्बन्धी घर घरमा सचेतना अभियान सुरु

स्वास्थ्यसमाचार /नेपाल कम्युनिष्ट पार्टी नेकपाले बुटवलमा कोरोना भाईरस सम्बन्धी सचेतना कार्यक्रम सुरु गरेको छ । कोरोनाभाईसरले विश्व समुदायलाई नै गम्भीर रुपमा प्रभावित गरिरहेको भन्दै नेकपा बुटवलले नगरका १९ वटै वडामा सचेतना अभियान सुरु गरेको हो । कोरोना भाईरसबाट जोगिनका लागि नेकपाले नगरभित्रका सबै शाखा र टोल कमिटीहरुलाई परिचालन गरी यस्तो अभियान थालेको उपमहानगर कमिटी अध्यक्ष बाबुराम पन्थीले बताए । चैत्र १ गते १९ वटै वडाका टोल कमिटी र शाखा कमिटीहरुको बिस्तारित बैठकबाट सचेतना अभियान सन्चालन गर्ने निर्णयसँगै यो अभियान थालिएको पन्थीले बताए । सचेतनाका लागि जानकारीमूलक पर्चा बनाई घर घरमा…

कोरना संक्रमितका लागी प्रदेश ५का १२अस्पतालमा आइसोलेशन बेड तयार

स्वास्थ्यसमाचार प्रदेश ५ का १० वटा अस्पतालमा कोरना संक्रमित विरामीको उपचार गर्नका लागि आइसोलेशन बेड तयार भएका छन। प्रदेश ५ सामाजिक विकास मन्त्रालयले १२ वटा जिल्लालार्ई पायक पर्ने अस्पतालमा विशेषज्ञ चिकित्सक सहितको आइसोलेशन बेड तयारी अवस्थामा राखेको हो । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा २ वटा क्याबिन आइसुलेशन बेडका रूपमा छुट्याइएको अस्पतालको अस्पतालमा मेसु डा राजेन्द्र खनालले बताए । उक्त अस्पतालमा बिरामीको चापअनुसार बेड थप्न सकिने अस्पतालले जनाएको छ। लुम्बिनीमा डा सुदर्शन थापालाई कोरोना संक्रमित बिरामीको उपचार गर्ने फोकल चिकित्सकका रूपमा तोकिएको छ। यसैगरी भेरी अस्पताल नेपालगञ्जमा डा प्रकाश थापा, पृथ्वी…

विश्व स्वास्थ्य संगठनले कोरोनाबारे भ्रम हटाउन १५ सुझाव

कोरोना भाइरस ‘कोभिद–१९’ हाल ८५ भन्दा बढी मूलुकमा फैलिएको छ। यसको संक्रमणबाट आइतबारसम्म ३५ सय मानिसले ज्यान गुमाइसकेका छन् भने १ लाख ५ हजारभन्दा बढी संक्रमित भएका छन्। अहिलेसम्म ५८ हजारभन्दा बढि संक्रमित निको भइसकेका छन्। कोरोनाको प्रकोप विश्वव्यापी बन्दैजाँदा यस भाइरससँगै यसबारेको बिभिन्न भ्रम र हल्लाका कारण पनि त्रास झन बढेको यस क्षेत्रमा संलग्न निकायहरुले बताएका छन्। विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ० ले कोरोनाबारे सचेतना जगाउनु पर्नेमा भ्रामक अफवाह फैल्याउने कार्य निन्दनीय भएको बताएको छ। डब्लूएचओले कोरोनाबारे फैलिएका भ्रम हटाउन हालै १५–बुँदे सुझाव सार्वजनिक गरेको छ। गलत अफवाहलाई चिर्न पनि…

नेपालमा कसैमा पनि कोरोना भेटिएको छैन : निर्देशक झा

काठमाडौं / राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाले नेपालमा आफूहरुले अहिलेसम्म गरिएको परीक्षणमा कसैलाई पनि कोरोना भाईरस (कोभिड–१९) को संक्रमण नभेटिएको स्पष्ट पारेकी छिन् । उनले भनिन्,‘नेपालमा यो भाईरसको परीक्षण हाम्रो ल्याबमा मात्रै हुन्छ, सुरुमा हामीले पनि यसको नमूना परीक्षण हङकङ पठाएका थियौं । त्यतिबेला हामीलाई ठूलो क्रिटिसिजमपनि भयो । तर, अहिले हामी आफैंले परीक्षण सुरु गरिसकेका छौं ।’ बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै निर्देशक झाले कोरोनाको परीक्षण थ्रोट स्वाब र नाकबाट पनि लिने गरिएको सुनाईन् । र, उनले कोरोनाको लक्षण बाहिर कुरा आएजस्तै रुघाखोकी र…

सियारी गाउँपालिकाद्धारा सामुदायिक विद्यालयलाई सेनेटरी प्याड

स्वास्थ्यसमाचार/सियारी गाउँपालिकाले समुदायिक विद्यालयहरुमा सेनेटरी प्याड वितरण गरेको छ ।बुधबार एक कार्यक्रमको आयोजना गरि पालिका भित्र रहेका २५ ओटा समुदायिक विद्यालयहरुलाई दुई हजार तीन सय पचास ओटा सेनेटरी प्याड वितरण गरेको हो । गाउँपालिकाको वार्षिक कार्यक्रम अन्तरगत विद्यार्थीहरुलाई सेनेटारी प्याड वितरण गरिएको गाउँपालिकाका अध्यक्ष अयोध्या थारुले बताए ।महिलाहरुमा महिनावारी हुनु प्राकृतिक प्रकृया भएकोले यस सम्बन्धि भएका अन्धविश्वासलाई समाजबाट हटाउनु पर्ने बताए । ठाउँठाउँमा अझै पनि रजश्वाला सम्बन्धि गलत धराणले गर्दा महिलाहरु जोखिममा पर्ने र अकलमा ज्यानै गुमाउनु पर्ने अवस्थाको अन्त्य गर्नुपर्ने अध्यक्ष थारुको भनाई थियो । विभेद रहित समाज निर्माणका…

कोरोनासँग लड्न के–के खाने जनस्वास्थ्य विज्ञ पाण्डेका सुझाव

डा रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ कोभिड–१९ अर्थात् कोरोना भाइरसले अहिले संसार आक्रान्त छ । नेपाल पनि यसको उच्च जोखिममा रहेका कारण सरकारले विभिन्न हिसाबले चेतनाका काम गरिरहेको छ । यति हुँदाहुँदै पनि हाम्रो दैनिकीमा केही व्यवहार लागू गरे कोरोनासँग लड्न सकिन्छ । हाम्रो आकाश तथा धरतीमा करोडौं किटाणु छन् । त्यस मध्ये नोबेल कोरोना एउटा भाइरस हो । रोग त्यसलाई लाग्छ, जसको रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ । रोगसँग लड्ने क्षमताको बिकास गरेमा यस्ता खहरे रोगसँग डराउनु पर्दैन । रोग प्रतिरोधात्मक क्षमता बढाउन निम्न उपाय अबलम्बन गरौँ । १, पोषिलो…