लोकसेवा आयोगले स्वास्थ्य सेवाका बिभिन्न तहमा ठूलो संख्यामा कर्मचारी माग्यो !

स्वास्थ्यसमाचार ।

लोकसेवा आयोगले स्वास्थ्य सेवाका आठौं र सातौं तहमा ठुलो संख्यामा कर्मचारी माग गरेको छ।  आयोगले करिब साढे २ सय पदमा आवेदन माग गरी विज्ञापन जारी गरेकोमा स्वास्थ्य सेवाका आठौं र सातौं तह साथै राजपत्रांकित तृतीय श्रेणी (प्राविधिक) को लागि कर्मचारी माग गरेको हो ।

आयोगकोले विभिन्न सेवा, समूह, उपसमूह तथा श्रेणी–तहका आ. प्र खुला तथा समावेशी पदहरुमा प्रतियोगितात्मक परीक्षाको माध्यमबाट पदपूर्ति गर्न लागेको हो ।

इच्छुक र तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरुले आगामी मंसिर १८ भित्र र दोब्दर दस्तुर तिरेर मंसिर २४ भित्र पनि अनलाइन दरखास्त प्रणााली मार्फत आवेदन दिन सक्ने आयोगले बताएको छ ।

सम्बन्धित शिर्षक :