अर्घाखाँचीमा दादुरा–रुबेला विरुद्धको खोप अभियान शुभारम्भ

स्वास्थ्यसमाचार/राष्ट्रिय खोप कार्यक्रम दादुरा-रुबेला खोप अभियान २०८०/०८१ एक कार्यक्रमका बिच शुभारम्भ भएको छ।अर्घाखाँची जिल्लामा १२८१० लक्षित बालबालिका लाई खोप लगाइने भएको छ, खोप लगाउनको लागी ३३१ खोप केन्द्र तोकिएको छ भने ३३१ खोप केन्द्रको लागी एक जना स्वास्थकर्मी तथा एक जना सहयोगी खटाइएको जनस्वास्थ अधिकृत शिव नेपालीले बताएका छन।

जिल्ला सदरमुकाम सन्धिखर्क को टुँडिखेलमा रहेको बालमन्दिर बाट खोपको शुभारम्भ गरिएको छ ।जिल्ला समन्वय समिति अर्घाखाँची का प्रमुख जिबनारायण कोइरालाले बालबालिकाहरु लाई खोप कार्ड दिएर शुभारम्भ गर्नु भएको कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठ , प्रमुख जिल्ला अधिकारी कमल राज ढकाल जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु , स्वास्थ निर्देशनालयका प्रतिनिधि मनोज नेपाल खुशी खुशी,को सहभागीता रहेको थियो।

त्यस्तै उधोग बाणिज्य संघ , नेपाल रेडक्रस सोसाइटी , आयुर्वेद स्वास्थ केन्द्र, नेपाल पत्रकार महासंघ लगायतका संघ संस्थाको उपस्थितिमा खोप शुभारम्भ गरिएको छ ,खोप यहि फाल्गुन -१७ गते सम्म ९ महिना देखी ५ बर्ष सम्मका बालबालिकाहरु मात्रै लगाइने जनस्वास्थ्य अधिकृत गणेशराज पौडेलले बताएका छन् ।

 

सम्बन्धित शिर्षक :