पाल्पामा पहिलो चरणको दादुरा–रुबेलाविरुद्धको खोप अभियान सुरु

स्वास्थ्यसमाचार/पाल्पामा आजदेखि ९ महिनादेखि ५ वर्ष मुनिका बालबालिकाहरुलाई दादुरा रुवेला खोप लगाउन सुरु गरिएको छ। आजदेखि २६ गतेसम्म ९ महिनादेखि ५ वर्ष मुनिका बालबालिकाहरुलाई खोप लगाउन सुरु गरिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

जिल्लामा २ सय ७९ खोप केन्द्र मार्फत १७ हजार ८ सय ४५ बालबालिकालाई खोप दिइने स्वास्थ्य कार्यालयका प्रमुख डा.राजेन्द्र गिरीले वताउनु भयो । जिल्लामा खोप अभियानको सुरुवात तानसेनस्थित युनाइटेड मिसन अस्पतालबाट सुरु गरिएको स्वास्थ्य कार्यलय पाल्पाले जनाएको छ।

जिल्लामा पहिलो चरणमा फागुन १३ देखि १७ गतेसम्म रैनादेवी छहरा गाउँपालिका, रिब्दीकोट गाउँपालिका, तानसेन नगरपालिका, तिनाउ गाउँपालिका, माथागढी गाउँपालिका र बगनासकाली गाउँपालिकाका बालबालिकाहरुलाई खोप दिनेछ । फागुन २१ गतेदेखि २६ गतेसम्म जिल्लाका अन्य ४ वटा पालिकामा खोप अभियान सञ्चालन गरिने छ ।

दोश्रो चरणमा रम्भा गाउँपालिका, रामपुर नगरपालिका, पूर्वखोला गाउँपालिका र निस्दी गाउँपालिकामा खोप अभियान सञ्चालन हुने प्रमुख गिरीले वताउनु भयो।

नजिकैको स्वास्थ्य संस्था तथा विद्यालयमा सम्पर्क गरी खोप लगाउने मिति र खोप केन्द्रबारे जानकारी लिन र आफ्ना बालबालिकालाई खोप लगाउन स्वास्थ्य कार्यालयले सबैमा अनुरोध गरेको छ । अभियानका लागि ५ सय ६० स्वयंसेवक खटिएका छन् भने २ सय ८० स्वास्थ्यकर्मी परिचालित छन् ।

सम्बन्धित शिर्षक :