स्वास्थ्यसमाचार/ बुटवलमा एकै दिन झण्डै सात हजार जनालाई दादुरा–रुबेला खोप तथा पोलियो थोपा खुवाइएको छ । विभिन्न आठ वटा केन्द्रहरुमा गरी यो संख्यामा खोप र पोलियो थोपा खुवाइएको बुटवल उपमहानगरपालिकाका शिक्षा, स्वास्थ्य तथा जनशंख्या महाशाखाले जनाएको छ ।तीन हजार सात सय जनालाई दादुरारुवेला र तीन हजार आठ सय जनालाई पोलियो थोपा खुवाइएको छ । पहिलो दिनको अभियानमा नै उत्साहजनक सहभागिता आएको छ । बुटवलका प्रमुख शिवराज सुवेदीले बुटवल वडा नं. ११ देवीनगरस्थित नवीन माविमा रहेको केन्द्रमा खोपको सामग्री हस्तान्तरण गर्दै सेवाको शुभारम्भ गरे । त्यसअवसरमा उनले प्रभावकारी र सहज तरिकाले…
औषधीका-कुरा
दादुरा रुबेला खोप अभियानः मुख्यमन्त्री पोखरेलद्वारा शुभारम्भ
स्वास्थ्यसमाचार /रुपन्देहीको सैनामैनाबाट प्रदेश ५ मा राष्ट्रिय दादुरा रुबेला खोप अभियान सुरू भएको छ । सैनामैनाको पर्रोहा क्याम्पसमा राखिएको खोप केन्द्रमा आएका बाल बालिकालाई खोप दिएर विहिबार प्रदेश ५ का मूख्यमन्त्री शंकर पोखरेलले विधिवत रुपमा अभियानको शुभारम्भ गरेका छन् । सो अबसरमा बोल्दै मूख्यमन्त्री पोखरेलले खोप कार्यक्रमसँग नजोडिएका आमा तथा बालबालिकाहरुमा पुग्न सक्यौ भने मात्रै खोप अभियान सार्थक हुने उल्लेख गरे ।फरक प्रसँगमा मूख्यमन्त्री पोखरेलले लुम्बिनी प्रादेशिक अस्पतालसँग जोडिएका सटरहरुका कारण अस्पतालको स्वास्थ्य सेवा प्रभावित भएका कारण सटरहरु भत्काइएको बताए । अस्पताललाई विशेषज्ञ सेवासहित विशिष्टकृत गर्नका लागि सरकारले राष्ट्रय…
दादुरा रुबेला खोप अभियानः मेयरद्धारा खोप दिएर शुभारम्भ
स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिकामा बिहीबारबाट दादुरा–रुबेला खोप अभियान सुरु भएको छ । राष्ट्रिय अभियान अन्तर्गत् फागुन १ देखि ९ गतेसम्म तिलोत्तमामा खोप अभियान चल्नेछ । अभियानको तिलोत्तमा वडा नं. १ स्थित दुर्गामन्दिर खोप केन्द्रमा नगर प्रमुख बासुदेव घिमिरेले शुभारम्भ गरे । त्यसअवसरमा नगर प्रमुख घिमिरेले अभियानमा लक्षित उमेर समूहका बालबालिकालाई खोप लगाउने काममा सहयोग पुर्याउन सम्पूर्ण नगरबासीलाई आग्रह गरे । उनले यो अभियानमा लक्षित समूहका सबै बालबालिकालाई समेट्न स्वास्थ्यकर्मी, जनप्रतिनिधि, स्वास्थ्य स्वयम्सेविका, सरोकारवाला सबै आ–आफ्नो ठाउँबाट खटिएको बताए । साविकका खोप केन्द्र तथा अभियानका लागि थपिने विशेष खोप केन्द्रबाट स्वास्थ्यकर्मीले ९…
दादुरा–रुबेलाविरुद्धको खोप पूर्णतः सुरक्षित : स्वास्थ्य अधिकारी
स्वास्थ्यसमाचार /स्वास्थ्य अधिकारीहरुले फागुन १ देखि सुरु हुने दादुरा–रुबेला विरुद्धको खोप पूर्णतः सुरक्षित रहेको जनाउँदै अभियानमा सफल बनाउन सबैलाई आग्रह गरेका छन् । राष्ट्रिय यो अभियान पहिलो चरणमा फागुन १ देखि ३० सम्म प्रदेश नं. १, २ र ५ मा यो अभियान चल्नेछ । यी प्रदेश दादुरा–रुबेलाबाट बढी प्रभावित छन् ।स्वास्थ्य कार्यालय, रुपन्देहीले आइतबार पत्रकारसँग आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा कार्यालयका प्रमुख डा. राजेन्द्र कुमार गिरीले खोप पूर्णतः सुरक्षित रहेकाले यसमा विश्वस्त भई आफ्ना सबै बालबालिकालाई खोप लगाउन अभिभावकलाई आग्रह गरे । साविकका खोप केन्द्र तथा अभियानका लागि थपिने विशेष खोप…
दादुरा रुबेला खोप सम्बन्धि जनप्रतिनिधि र सरोकारवालालाई अभिमुखीकरण
स्वास्थ्य समाचार/ दादुरा रुबेला खोप अभियान सम्बन्धि जनप्रतिनिधि तथा सरोकारवालाहरु लाई पालिकास्तरीय अभिमुखीकरण कार्यक्रम बुटवल उपमहानगरपालिकामा सम्पन्न भएको छ । सन् २०२३ सम्ममा नेपालबाट दादुरा–रुबेला रोग पूर्णरुपमा निवारण गर्नेउदेश्यले बालबालिकाको स्वास्थ्य रक्षा गर्ने लक्ष्यका साथ पाँच वर्षमुनिका बालबालिकाहरुलाई लक्षित गरी संचालन हुन लागिरहेको खोपको बारेमा जानकारी गराईएको हो । बुटवल उपमहानगरपालिकाका काबा प्रमुख गुमादेवी आचार्यको अध्यक्षतामा भएको अभिमुखि करणमा जिल्ला स्वास्थ्य कार्यालय, रुपन्देहीका खोप अधिकृत भेषराज शर्माले अभियानको उद्येश्य तथा अपेक्षित प्रतिफल लगायत स्थानीय तह र समुदायको भूमिकाका बारेमा प्रस्तुतीकरण गरे। तालिममा बुटवल उपमहानगरपालिका जनस्वास्थ्य शाखा खोप कार्यक्रम फोकल पर्सन…
यी ५ किसिमका मानिसहरूको लागि लसुन खतरनाक हुनसक्छ !
रुपन्देही | लसुन निकै गुणकारी हुन्छ । लसुनले खानालाई स्वादिलो मात्रै मात्रै बनाउँदैन, शरीरलाई स्वास्थ्य राख्नपनि सहयोग गर्छ । लसुन नियमित खाँदा स्वास्थ्यमा सुधार आउने र केही खतरनाक शारीरिक समस्याबाट समेत बच्न सकिन्छ । तर लसुनको प्रयोगले सबै मानिसलाई फाइदाजनक छैन । लसुनको प्रयोग गर्दा आफ्नो स्वस्थ्य अवस्थाका विषयमा पनि ख्याल गर्नुपर्छ । यी ५ किसिमका मानिसहरूको लागि लसुन खतरनाक हुन सक्छ:- १. कलेजोको समस्या भएको व्यक्ति ब्याक्टेरियालाई मार्ने एन्टिब्याक्टेरियल र एन्टिभाइरल खानेकुरा भएकोले, मानिसहरूले लसुन खाँदा हेपाटाइटिसलाई ठीक गर्दछ भन्ने विश्वास गर्दछन्। हेपाटाइटिस यस्तो रोग हो, जसले मानिसको कलेजोलाई असर…
भारतले निकासी बन्द गरेपछि १५ सय टन जडीबुटी नेपालगन्जमा ठप्प
नेपालगञ्ज /नेपालमा उत्पादित जडीबुटी सहज रूपमा भारत जान नपाउँदा व्यवसाय ठप्प भएको छ । सूचीकृत नभएको बहाना बनाउँदै भारतले निकासी बन्द गरेपछि नेपालको जडीबुटी व्यवसाय ठप्प भएको छ । भारत निर्यात गर्न संकलन गरेर ल्याइएको जडीबुटी नेपालगन्जका व्यापारीको गोदाममा थन्किएको नेपाल जडीबुटी व्यवसायी संघका अध्यक्ष मोहम्मद याकुव अन्सारीले बताए । ‘नेपालमा उत्पादित जडीबुटी निकासीमा प्रतिबन्ध लगाएपछि व्यवसाय नै ठप्प भएको छ,’ उनले भने, ‘धेरै व्यवसायी पलायनसमेत भइसकेका छन् ।’ उनले प्लान्ट क्वारेन्टाइनमा सूचीकृत नभएका जडीबुटी भारतमा निकासी गर्न नदिएपछि नेपालगन्जको जडिबुटी व्यवसाय ठप्प भएको बताए । ‘अधिकांश जडीबुटी भारत निर्यात हुन्छ, भारतले जडीबुटी निर्यातमा रोक…
हरिबोधनी एकादशी: तुलसी धार्मिक मात्र नभै जडिबुटीको रुपमा पनि उपयोगी
स्वास्थ्यसमाचार/ आज हरिबोधनी एकादशी अर्थात तुलसीको विवाह हुने दिन । आजको दिन हरेक हिन्दु धर्मावलम्बीले आ-आफ्नो घरमा रोपेको तुलसीको विवाह गर्ने परम्परा रहेको छ । तुलसी धार्मिक रुपमा मात्र नभै जडिबुटीका रुपमा पनि प्रयोग गरिन्छ । आयुर्वेदमा तुलसीलाई एक बहुउपयोगी औषधि मानिन्छ जति यसको धार्मिक महत्व छ । गुणै गुणले भरिएको तुलसीलाई पुजा गर्नुदेखि लिएर आफूलाई स्वस्थ राख्नलाई हामीले यसको प्रयोग गर्ने गरेका हुन्छौँ । तुलसीले जाडो मौसममा मात्रै होइन गर्मीको समयमा हुने विभिन्न संक्रमणबाट पनि हामीलाई जोगाउँछ । तुलसीमा पाइने १० महत्वपूर्ण विशेषताका बारेमाः ► तुलसीको हरियो पातको रसमा…
जिल्ला अस्पताल भैरहवामा चौबिसै घन्टे फार्मेसी सेवा सुरु
स्वास्थ्यसमाचार /भैरहवास्थित भीम अस्पतालको फार्मेसीले चौबिसै घन्टा सेवा सुरु गरिएको छ। यसअघि अस्पतालको ओपिडी सेवा संचालन हुने समयमा मात्र संचालन हुने फार्मेसी आजबाट चौबिसै घन्टा संचालन हुन थालेको हो। सरकारी अस्पतालमा आउने बिरामी तथा सेवाग्राहीले अस्पतालका पसलहरुमा गएर महङगोमा औषधी किन्न नपरोस् भन्ने उद्देश्यले सेवा सुरु गरिएको अस्पतालले जनाएको छ।अस्पताल सुधार गर्ने अठोटका साथ अगाडि बढेका अस्पतालका मेडिकल सुपरेटेन्डेन्ट डा. नवीन दर्नालले २४ घण्टे फार्मेसी सेवाको शुभारम्भ गरेका छन्। फार्मेसी सेवा सुरु भएसँगै सेवाग्राहीलाई आवश्यक परेको जुनसुकै बेला औषधी पाउने सक्नेछन्।यसअघि अस्पताल भित्रका फार्मेसीहरु ओपिडी अवधिसम्म मात्र सञ्चालन हुँदा इमर्जेन्सीमा…
निशुल्क र छुटमा उपचार पाउने अस्पतालको सुची सार्वजानीक
स्वास्थ्यसमाचार/ सरकारले २५ शैयाभन्दा माथिका ३५ अस्पतालमा निःशुल्क वा सहुलियतमा स्वास्थ्य सेवा पाउने समूह छुट्याएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२ वटा समूहभित्र पर्ने बिरामीका लागि अस्पतालमा रहेका सामाजिक सुरक्षा इकाई मार्फत निःशुल्क वा आंशिक छुट उपलब्ध गराउने गरी मार्गदर्शन तयार गरेको छ ।मार्गदर्शनअनुसार निःशुल्क या आंशिक छुट पर्नेको पहिलो नम्बरमा गरिब, दोस्रोमा असहाय, तेस्रोमा अपाङ्ग भएका व्यक्ति, चौथोमा जेष्ठ नागरिक, पाँचौ लैङ्गिक हिंसा पीडित (बालवालिकासमेत) परेका छन् । त्यसैगरी छैटौमा महिला स्वास्थ्य स्वंमसेविका, सातौमा प्राकृतिक प्रकोपमा परेका (भूकम्प, बाढी, पहिरो), आठौमा सहिद परिवार, नवौमा कुपोषित बालवालिका, दशौमा प्रहरीले…