अर्घाखाँचीको दुर्गाफाँटमा दादुरा-रुबेला अभियानबारे अभिमुखीकरण

स्वास्थ्य समाचार / अर्घाखाँचीको दुर्गाफाँटमा दादुरा रुबेला क्याम्पियन राष्ट्रिय अभियान कार्यक्रमको अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको छ । उक्त कार्यक्रमबिच दादुरा रुबेला खोप अभियानमा कोही बालबालिका पनि छुट्नु नहुने कुरामा सरोकारवालाहरुले जोड दिएका छन् ।

पाणिनी गाउँपालिका दुर्गाफाटमा आयोजित सरोकारवालाहरुसंगको अभिमुखिकरण कार्यक्रममा बोल्दै सरोकारवालाहरुले उक्त कुरामा जोड दिएका हुन् । पाणिनी गाउँपालिका अन्तर्गतका समुदायमा यहीँ फाल्गुन २३ गते देखी चैत १ गते सम्म सन्चालन हुन गइरहेको अभियानमा सरोकारवालाहरुलाइ जानकारि तथा अभिमुखीकरण गर्ने उद्देश्यले आयोजित कार्यक्रममा सबै वाडका वार्ड अध्यक्ष तथा स्वास्थ्यकर्मी सहित ३० जनाको सहभागिता रहेको थियो।

पाणिनी गाउँपालिका अध्यक्ष अचुत गौतम अध्यक्षतामा संचालित कार्यक्रममा उपाध्यक्ष लक्ष्मी गौतम प्रमुख प्रसासकिय अधिकृत मधुकृष्ण पौड्याल धातिबाङ स्वास्थ्य चौकी प्रमुख मित्रदेब पौडेल लगायतले बोलेका थिए ।

स्वास्थ्य संयोजक शेसकान्त घिमिरेले संचालन गरेको कार्यक्रममा स्वास्थ्यचौकीबाट सेवा दिइरहदा आइपर्ने चुनौतीको बिषयमा समेत छ्लफल भएको संचार सहयोगी मनिस अधिकारीले बताएका छन् ।

सम्बन्धित शिर्षक :