कुनै बच्चाको शारीरिक विकास उसको समूहका बच्चाको वजन चथा मानसिक समाजिक विकासभन्दा कम हुन्छ भने त्यसलाई बच्चा नबढेको भनिन्छ । यदि बच्चाको वजन तेस्रो पर्सेन्टाइलभन्दा कम हुन्छ भने वा ९७ पर्सेन्टाइलभन्दा बढी हुन्छ भने बच्चालाई नबढेको वा बढी भएको भनिन्छ । यसलाई २ भागमा बाँड्न सकिन्छ ।
१ आङ्गिक कारण
२ मनोवैज्ञानिक तथा सामाजिक कारण ।
धेरैजसो कम वजन भएर जन्मेका बच्चाहरु तथा गरिबीको भुमरीमा जन्मेका बच्चाहरु नै यसका शिकार भएका हुन्छन् । आङ्गिक कारण कैयैँ हुन सक्छन् । पाचन प्रणली,मुत्र प्रणाली,मुटु र फोक्सो प्रणली, इन्डोक्राइब, स्नायुजन्म, संक्रमण, मेटाबोलिक, जन्मजात, विविध सामाजिक र मनोजन्य कारणमा बाबुआमाको बीचको झगडा तथा गरिबी नै प्रमुख नै हुन आउँछ । कहिले दुवै कारणहरु पनि हुन सक्छ ।
लक्षण
वचन कम, उचाई कम, कपाल मर्ने, छालमुनि बोसोको कमि, मांसपेशीको मुट्ठा घट्नु, चर्मरोग हुने, बराबर संक्रमण भइरहने, सुकेनास र फुकेनास । विकसित देशमा वृद्धिको कमी शारीरिक परीक्षणबाट थाहा हुन्छ भने विकासोन्मुख देशमा बराबर संक्रमण हुने कुपोषणबाटै पत्ता लाग्छ ।
नबढ्नका कारण वृद्धिका मापदण्डहरुबाट पत्ता लाग्छ वजन, उचाइ तथा वचन, उचाइ अनुपात । नेपालमा हालसम्म अधिकारिक वृद्धि चार्ट छैन । यदि सबभन्दा पहिले जन्मेका बच्चा छन् भने तिनीहरुको वृद्धि र समय पुगेर जन्मेका बच्चाको वृद्धि एकनास हुँदैन ।
सुरुमा वजन घट्छ विस्तारै उसको उचाइ घट्न थाल्छ । दीर्घकालीन कुपोषण भएमा वजन तथा उचाई दुवै घट्न थाल्छ । कुपोषणमा प्रयोगशाला परीक्षणले त्यति सहयोग गर्दैन । सामान्य रक्त परीक्षण पिसाब जाँच आवश्यकतानुसार एक्सरे तथा अन्य जाँच विचारपुर्वक गराउनु पर्दछ । आङ्गिक कारण पत्ता लगाउन त्यो सम्बन्धी विषयको परीक्षण गर्नुपर्छ ।
निदान
रोगको वृत्तान्त, शारीरिक परीक्षण, बाबुआमा र बच्चाबीचको अन्तरक्रिया, खाना कति मात्रामा र कस्तो खान्छ भन्ने मूल्याङ्कन गर्नुपर्दछ ।
पर्याप्त वृद्धि नहुनुका कारण
१ आवश्यक मात्रामा क्यालोरियुक्त खाना नदिनु, नपाउनु
२ आवश्यक मात्रामा क्यालोरियुक्त खाना नखानु
३ आवश्यक क्यालोरी शरीरमा सञ्चित नहुनु
ज्ञानको कमी, बाबुआमाको नैराश्य, खानेकुरासम्बन्धी अवैज्ञानिक धारणा तथा खानाको कमी हुन् । खाना कुन कुन प्रकार र कति–कति खान्छ भन्ने थाहा पाउनु जरुरी छ । बच्चालाई निल्न कठिन हुन सक्छ । शरीरको बनावटमै फरक हुन सक्छ ।
उल्टी हुने,पखला लाग्ने तथा मन लगाएर नखाने र बाहिरी खाना मात्रा खान नरुचाउने चक्लेट,चाउचाउ० आदि पनि नपुग क्यालोरीका कारण हुन् । कति बच्चाहरुको खाना प्रसस्त खाने तर नमोटाउने भएमा पनि हर्मोन वा अन्य कारणको खोजी गर्नुपर्दछ । मधुमेह पनि नकार्न मिल्दैन ।
उपचार
कारण पत्ता लगाउनुपर्दछ । मुख्यतः यसमा खाने बानी र खाना खुवाउने बानी र खाने अभ्यास हो । क्यालोरी नपुग रहेछ भने क्यालोरीयुक्त खाना नै दिनुपर्छ । आङ्गिक कारण भएमा त्यसको उपचार गर्नुपर्दछ । प्रोटिनयुक्त खाना र बोसोजन्य वस्तुहरु बढी मात्रामा दिनुपर्दछ । बच्चालाई खाना खुवाउँदा २०(३० मिनेट लाग्छ । कडा कुपोषण भएमा अस्पताल भर्ना गर्नुपर्ने हुन्छ ।
अन्य रोगको कारण पत्ता लगाउन पनि प्रयास गर्नुपर्छ । खाना खाएन भने भोक लगाउने औषधि वा भिटामिनका बोतल खुवाउँदैमा बच्चा मोटाउने होइन । भर्ना गर्नुपर्ने अर्को कारणमा खानाको तरिका सिकाउने तथा पोषण शिक्षा दिनु जरुरी छ । पहिले ६ महिनामा दिमाग तप्व्र बढ्छ तथा २ वर्षभित्रमा पुरा बढी सक्छ । कुपोषण भएका दिमागको वृद्दिलाई पनि असर गर्ने हुन्छ ।
कुपोषण भएका बच्चाको ज्ञान र आवेगात्मक विकासको पनि मूल्याङ्कन गर्नु जरुरी छ । हाम्रो देशमा क्षयरोग र परजीविलाई प्रमुख कारणमा गणना गर्नुपर्दछ ।हेल्थपोष्टवाट ।
प्रतिकया दिनुहोस्