रुपन्देही उद्योग संघ औषधी बस्तुगत समितिको संयोजकमा :लम्साल

स्वास्थ्यसमाचार /रुपन्देही उद्योग संघमा आवद्ध औषधी उद्योगीहरुको भेलाले औषधी वस्तुगत समिति गठन गरेको छ ।

संघका द्वितीय उपाध्यक्ष कृष्ण प्रसाद पराजुलीको अध्यक्षतामा सम्पन्न औषधी उद्योगीहरुको भेलाले नेपाल रेमिडिज प्रा.लि.का देवनाथ लम्सालकोे संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको हो ।

गठित समितिको सह संयोजकमा समिरा कटन उद्योगका इरसाल वली सलमानी, सचिवमा सिफेस होम एण्ड हेल्थ केयर प्रा.लि.का गंगा प्रसाद पन्थी सदस्यहरुमा ज्ञवाली आयुवेर्दिक औषधी उद्योगकी कल्पना ज्ञवाली केयर हर्बल प्रोडक्ट प्रा.लि.का नारायण सापकोटा, बायोगन रेमेडिज प्रा.लि.का कमला घिमिरे र निम आयुर्वेद फर्मास्यूटिकल्सका धर्म भण्डारी चयन भएका छन।

भेलाले समितिको सल्लाहकारहरु समेत चयन गरेको छ । सल्लाहकारहरुमा संघका प्रथम उपाध्यक्ष दिलिप सापकोटा, कार्यसमिति सदस्य युवराज आचार्य, सन्दिप सापकोटा, ऋषिराम भण्डारी यमलाल भट्टराई, पूर्व कार्यसमिति सदस्य चन्द्रकान्त खनाल र उद्योगी रामचन्द्र पन्थी रहेका छन।

भेलामा नव गठित औषधी वस्तुगत समितिका संयोजक देवनाथ लम्साल भेलाको संचालन संघका महासचिव जिवकान्त काफ्लेले गरेका थिए ।

सम्बन्धित शिर्षक :