रुपन्देहीमा तेश्रो चरणको दादुरा रुवेला खोप मायादेबिबाट शुरु

स्वास्थ्यसमाचार /रुपन्देहीका सात गाउँपालिकामा आजदेखी तेश्रो चरणको दादुरा रुवेला खोप अभियान शुरु भएको छ ।

तेश्रो चरणको अभियान मायादेबि गाउँपालिकाबाट सुरु गरिएको हो । अभियानको मायादेबि गाउँपालिका अध्यक्ष धुर्बनारायण चौधरी र जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा राजेन्द्र गिरीले बालबालिकालाइ पोलियो थोपा खुवाएर सुभारम्भ गरे।

मायादेबि गाउँपालिका वडा नं ८ का अध्यक्ष चोक बहादुर थापाको अध्यक्षतामा गाउँपालिका अध्यक्ष धुर्बनारायण चौधरीको प्रमुख आतिथ्यमा भएको अभियानमा जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा राजेन्द्र गिरी, मायादेबि गाउँपालिका प्रमुख प्रशाशकिय अधिकृत बिष्णु ढुंगाना लगायतले बोल्दै यो अभियानलाई सबैको सहयोग आबश्यक रहेको बताउँदै बालवालिकालाई खोप लगाउनबाट बञ्चित नगराउन आग्रह गरे ।

मायादेबि गाउँपालिकाको वडा नं ८को उचमी केन्द्रबाट पोलियो खुवाएर अभियान सुरु गरिएको मायादेबि गाउँपालिका स्वास्थ्य संयोजक भाष्कर आत्रेयले बताए ।गाउँपालिकामा ५ ठाउँमा ६९ सय बालवालिकाबाट यो अभियान शुरु भएको बताए । उनले उचमी, सेमरा, धमैली, सुकेली, बरेवा गरि ५ ठाउँबाट यो अभियान शुरु भएको बताए ।

जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माले पहिलो चरणमा ४७ हजारमा खोप लगाउने लक्ष्य भएपनि ५१ हजार भन्दा बढी बालबालिकाले खोप लगाएको बताए ।

दोश्रो चरको भोली १७ गते सम्म र तेश्रो अन्तिम आज मायादेबिबाट शुरु गरिएको शर्माले बताए । उनले रुपन्देहीमा १ लाख ९ हजार ७ सय ९९ जना बालबालिकामा यो दादुरा-रुवेला खोप लगाईने बताए ।

सम्बन्धित शिर्षक :