डायलासिस गर्न आउने बिरामीलाई निःशुल्क बस सेवा

स्वास्थ्यसमाचार/लकडाउनका कारण सवारी साधन नचल्दा डायलाइसिस गर्नुपर्ने विरामी समस्यामा परेपछि बुटवलमा सञ्चालित गौतमबुद्ध सामुदायिक मुटु अस्पताल निःशुल्क बस संचालनको रुट थप गरेको छ । दुईवर्ष देखि नवलपरासीको बर्दघाट, तिलोत्तमाको मणिग्रामसम्म दैनिक निःशुल्क बस सेवा संचालन गर्दै आएको अस्पतालले विहिबारदेखि कपिलवस्तुको वाणगंगा नगरपालिकाको बनगाई सम्म निःशुल्क बस संचालन गर्ने भएको हो । हप्तामा दुईपटक डायलाईसिस गराउनुपर्ने भएपनि कतिपय कपिलवस्तुका विरामी लकडाउनका कारण अस्पतालमा बस्न बाध्य भएपछि बस संचालन गर्न लागिएको अस्पतालका अध्यक्ष एजाज आलमले जानकारी दिए । उनले अधिकांश विरामीहरु हप्तामा दुईदिन मिर्गौला डायलाईसिस गर्नुपर्ने अवस्थाका भएकोले विहिबार र सोमबार हप्ताको…

स्वास्थ्य मन्त्रालयले प्रदेश ५मा डा रमेश खरेलको नेतृत्वमा जनशक्ति र सामग्री टोली खटायो

स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सातै प्रदेशमा कोरोना रोकथाम पहिचान र उपचारका लागि प्रदेश तहमा जनशक्ति तथा बन्दोवस्तीका सामग्री परिचालन गर्न ११ औं तहका कर्मचारीको नेतृत्वमा टोली खटाएको छ। टोलिले खटाइएको प्रदेशमा गई तीन दिनभित्र अनुगमन गरि मन्त्रालयमा प्रतिवेदन दिने बताइएको छ।मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै हरेक प्रदेशमा तीन सदस्यीय टोलि पठाउने र त्यहाँको अवस्थाबारे बुझ्ने जिम्मेवारी दिने भएको हो। टोलिले उपचारका लागि तोकिएको सरकारी वा निजी अस्पतालले आफ्नो जनशक्ति पहिचान गरि उनीहरूबाट काम लगाउने, जनशक्ति अपुग भएमा केन्द्रसँग समन्वय गरि अन्तरप्रदेश जनशक्ति पहिचान र परिचालन गर्ने र अपुग जनशक्ति स्वंयमसेवका…

रुपन्देहीमा एचआईभी संक्रमितलाई घरघरमै औषधि

स्वास्थ्यसमाचार/ लकडाउनले समयमा रुपन्देहीका  लुम्बिनी प्रादेशिक अस्पताल र भिम अस्पतालमा एआरटी सेन्टरएचआइभी संक्रमतिहरुलाई औषधि सेवाबाट वञ्चित नहुन भनेर घरमै औषधि पु¥याइएको छ । एचआईभी संक्रमितहरुलाई सरकारी स्वास्थ्य घरघरमा औषधि पु¥याउनको लागि एड्स हेल्थ केयर फाउण्डेसन नेपाल, नमूना एकीकृत विकास परिषद र आशाज्योति सहयोग समुहसंग संमन्वय गरी औषधी घरघरमा पुराईएको हो । लकडाउनले स्वास्थ्य संस्थामा जान मुस्किल भएको बेलामा घरमै औषधि पाएपछि संक्रमितहरु निकै खुशी भएका छन् । रुपन्देही जिल्लामा हाल लुम्बिनी प्रादेशिक अस्पताल र भिम अस्पतालमा एआरटी सेन्टर छन् । एआरटी एचआईभी संक्रमितले नियमित सेवन गर्नुपर्ने औषधि हो । रुपन्देहीमा…

कोरोनाको खोप परीक्षण सफल भएको अमेरिकी अनुसन्धानकर्ताको दाबी

स्वास्थ्यसमाचार/अमेरिकाको पेनसेलभेनिया राज्यस्थित पिट्सबर्ग विश्वविद्यालयले कोभिड–१९ को खोप परीक्षणमा सफलता मिलको दाबी गरेको छ। यूपीएमसी र पिट्सबर्ग विश्वविद्यालयको आपतकालीन चिकित्सा विभागका अध्यक्ष डोनाल्ड एम येलीले यूपीएमसी मोन्टेफियोरमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएका हुन्। पिट्सबर्ग युनिभर्सिटी अफ मेडिसिनका अन्वेषकहरूले जनावरमा गरेको परीक्षणमा प्रारम्भिक सफलता मिलेको जनाएका हुन्। पशुमा गरिएको परीक्षणबाट उक्त खोपले कोरोना भाइरसलाई निष्प्रभावित पार्ने दावी प्रतिवेदनमा छ। अनुसन्धानकर्ताहरूको निष्कर्ष ब्रिटिश मेडिकल जर्नल द ल्यान्सेटले ईबायोमेडिसिनमा सार्वजनिक गरेको हो। मुसामा गरिएको परीक्षणको क्रममा खोपले सार्स–कोभ–२ विशिष्ट एन्टबडी रोग प्रतिरोधक उत्पादन गर्ने देखायो। जसलाई नयाँ कोरोनाभाइरस भनेर चिनिन्छ। विश्वविद्यालयका अन्वेषकहरूले…

तिलोत्तमाका विभिन्न स्थानमा डिस-इन्फेक्सन स्प्रे छर्कियो

स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिकाले नगरका स्वास्थ्य संस्था, नगरपालिका कार्यालय र क्वारेन्टाइनमा डिसइन्फेक्सन स्प्रे गरेको छ । हाल मानिसको चहलपहल बढी हुने स्वास्थ्य संस्थामा पहिलो चरणमा किटनाशक औषधि छरिएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । लकडाउनका कारण हाल वडा कार्यालयहरुमा सेवाग्राहीको उल्लेख्य उपस्थित छैन । कोरोना संक्रमण जोखिम पूर्वतयारीका लागि नगरपालिकामा जनप्रतिनिधि तथा कर्मचारीको दिनहुँ उपस्थिति हुने गरेको छ । यस्तै शंकरनगर दुर्गादत्त माविमा स्थापना गरिएको क्वारेन्टाइनमा हाल २७ जना छन् । पहिलो चरणमा यिनै क्षेत्रलाई लक्षित गरी डिसइन्फेक्सन स्प्रे गरिएको नगर प्रमुखका स्वकीय सचिव विष्णु अर्यालले जानकारी दिए । शनिबार शंकरनगर…

कोरोना रोकथाम तथा उपचार कोषमा जनउत्थानको २ लाखसहयोग

स्वास्थ्यसमाचार /जनउत्थान बचत तथा ऋण सहकारी संस्थाले कोरोना कोषमा २ लाख सहयोग गर्ने भएको छ । अध्यक्ष ज्ञानु पौडेल सहकारीले तिलोत्तमा, सिद्धार्थनगर, सियारी र ओसतिया गाउँपालिकालाई ५० हजारका दरले सहयोग वताईन । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको सक्रमणबाट बच्न र बचाउनका लागि ति स्थानीय तहले संचालन गरेको कोरोना रोकथाम तथा उपचार कोषमा जनउत्थान साकोषको तर्फबाट सहयोग गरेको सहकारीका अध्यक्ष ज्ञानु पौडेल बताएन ।  

औषधि र चिकित्सक लिएर नेपालगञ्ज उडेको विमान दुर्घटना

स्वास्थ्यसमाचार/काठमाडौंबाट औषधि र चिकित्सक लिएर नेपालगञ्ज उडेको नेपाल एयरलाइन्सको विमान दुर्घटनामा परेको छ । विमान अवतरणको क्रममा दुर्घटनामा परेको हो । औषधि र चिकित्सक लिएर नेपालगन्ज उडेको नेपाल एयरलाइन्सको ट्विनअटर विमान अवतरणको क्रममा नेपालगन्ज बिमानस्थलको धावनमार्गमा चिप्लिएर दुर्घटना भएको नेपालगञ्ज विमानस्थल कार्यालयले जनाएको छ । विमानमा चालकदलका तीन सदस्य र दुई चिकित्सक ९यात्रु रहेका थिए । उनीहरू सबै सकुशल रहेका छन ।

सैनामैनामा अस्थायी आइसुलेसन अस्पताल संञ्चालन

स्वास्थ्यसमाचार/ सैनामैना नगरपालिकामा कोरोना भाइरस कोभिड– १९ विरुद्ध कोरोना अस्थाई आईसुलेसन अस्पताल आज देखी संचालन आएको छ । सैनामैना नगरपालिका वडा नं १ स्थित पदमपाणी योग तथा प्राकृतिक चिकित्सालयमा कोरोना विशेष “अस्थायी आइसुलेसन” अस्पताल निर्माण गरी आजबाट संचालनमा ल्याईएको नगरप्रमुख चित्र बहादुर कार्कीले वताए । अस्पतालको सुभारम्भ गर्दै नगर प्रमुख कार्कीले “सैनामैना कसैलाई कोरोनाको आशंका भएमा अस्पताल तयार रहेकोले बिपदको बेलामा नआतिकन आधिकारीक ब्यतिलाई सम्पर्क गर्न अनुरोध गर्दै कतिपय गम्भिर विरामीलाई आवश्यक्ता अनुसार बुटवल वा काठमाण्डौं रेफर गरिने वताए। विरामीको लक्षण अनुसार विज्ञ चिकित्सकसँग अनलाइन परामर्स लिइने समेत उल्लेख गर्दै…

चिनियाँ कम्पनीले दियो नेपाललाई २ हजार कोरोना जाँच गर्ने किट

बेइजिङ / चीनको एउटा कम्पनीले कोरोना भाइरस परीक्षण गर्ने २ हजार किट नेपाल सरकारलाई सहयोग गरेको छ। चीनको ह्वा खथाई अर्थात् बेइजिङ साभान्ट बायोटेक्नोलोजी कम्पनीले बुधबार बेइजिङस्थित नेपाली राजदूतावासलाई किट हस्तान्तरण गरेको हो। उत्पादक कम्पनीका महाप्रबन्धक वाङ कुओफिङले सहयोगस्वरुप ती सामग्री नेपाललाई निःशूल्क हस्तान्तरण गरेका हुन्। त्यस अवसरमा बेइजिङ नगरपालिका वाणिज्य ब्यूरोका निर्देशक थान छङ्हाइ र बेइजिङ(काठमाडौँ अन्तर्राष्ट्रिय आर्थिक तथा व्यापारिक सेवा केन्द्रका निर्देशक लिउ चियान् ली पनि उपस्थित थिए। प्रति टेस्टिङ किटले एकजनामा कोरोना भाइरस सम्बन्धी परीक्षण गर्न सकिन्छ। हाल विश्वका अन्य मुलुकमा पनि सो कम्पनीद्वारा उत्पादित किटहरू भाइरस…

कोरोना भाइरसको संक्रमण निको पार्नका ४ औषधिको परीक्षण सुरु

एजेन्सी / कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि विश्व स्वास्थ्य संगठन (WHO)ले संसारभरका देशलाई महापरीक्षणका लागि आग्रह गरेको छ । तपाइँका लागि खुसीको खबर छ, महापरीक्षण सुरु भइसकेको छ । डब्ल्युएचओले सबैभन्दा प्रभावकारी चार औषधिको परीक्षणका लागि आग्रह गरेको छ । अहिलेसम्म कोरोना भाइरसको संक्रमण भएका व्यक्तिलाई निको पार्नका लागि प्रयोग भएका औषधिको परीक्षण सुरु भएको हो । ती औषधि कुन कुन हुन् ? विश्व स्वास्थ्य संगठन ले यी चार औषधिको मिश्रण वा यसैको सहायतामा अन्य कुनैको मिश्रण बरदानसावित हुनसक्ने विश्वास लिएको छ । यी चार औषधिबाटै कोरोना भाइरसलाई हराउन…